Newsletter
Email:
Home | अर्थ | एसएलएफ दर उच्च रहने

एसएलएफ दर उच्च रहने

Font size: Decrease font Enlarge font

काठमाडौं, ५ पुस : नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकले लिने स्थायी तरलता सुविधाको ब्याजदर उच्च रहनेगरी ब्याजदर गणना विधिमा परिमार्जन गरेको छ । तरलता अभावले अर्थतन्त्रमा समस्यामा पर्न थालेपछि राष्ट्र बैंकले ब्याजदर बढाउन नीतिमा परिमार्जन गरेको हो ।

राष्ट्र बैंक अधिकारीले वाणिज्य बैंकले राष्ट्र बैंकबाट सस्तो दरमा कर्जा लिई अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको बताउँदै आएका थिए । राष्ट्र बैंकले ब्याजदर बढ्नेगरी नीतिगत निर्णय गरेको छ । यसअघि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई रियल स्टेट तथा घरजग्गा कारोबारमा प्रवाह गर्ने कर्जाको सीमा तोक्दै निर्देशन जारी गरेको थियो ।

स्थायी तरलता सुविधाका लागि वाणिज्य बैंकले तिर्ने ब्याज कम्तीमा बैंकरदरभन्दा ३ प्रतिशत बढी हुनैपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ । हालसम्म एक महिनाभित्रको रिपो दर र ट्रेजरी बिल्सको औसत भारित ब्याजदरमध्ये जुन बढी हुन्छ, त्यसमा ३ प्रतिशत थप गरी राष्ट्र बैंकले स्थायी तरलता सुविधा -एसएलएफ)को ब्याज लिने गरेको थियो ।

विगतमा कहिलेकाहीँ ट्रेजरीको बट्टादर र रिपोको दर कम भएको बेला एसएलएफको दर बैंक दरभन्दा कम पनि भएको थियो । राष्ट्र बैंकले आइतबार निर्देशन जारी गरी ट्रेजरी, रिपो र बैंकदरमध्ये सबैभन्दा बढी जुन छ, त्यसमा ३ प्रतिशत जोडेर एसएलएफ दर तय हुने व्यवस्था गरेको छ ।

वाणिज्य बैंकहरूले सरकारी बन्ड धितो राखेर राष्ट्र बैंकबाट ९० प्रतिशतसम्म लिन पाउने कर्जालाई स्थायी तरलता सुविधा भनिन्छ । अहिले बैंक दर साढे ६ प्रतिशत तोकिएको छ । बैंकदर राष्ट्र बैंकले तोक्ने गर्छ ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?