Newsletter
Email:
Home | अर्थ | ५ जनालाई वल्र्डकप ट्रफी हेर्ने अवसर

५ जनालाई वल्र्डकप ट्रफी हेर्ने अवसर

Font size: Decrease font Enlarge font
image

 

काठमाडौं/ कोकाकोला ट्रफी टुरअन्तर्गत पाँच जनाले आउँदो २०१०, १७ जनवरीमा कोलकातामा हुने फिफा वल्र्डकप हेर्ने अवसर पाउने भएका छन् । टुरअन्तर्गत ३ दिने कार्यक्रममा नेपालबाट कोकाकोला अन्तरविद्यालय फुटबल टुर्नामेन्ट विजेता तथा दुई फोटो पत्रकारका साथै फुटबल खेलाडी विकास मल्लले टुरमा सहभागिता जनाउने बोटलर्स नेपालले जनाएको छ । बोटर्लस नेपालका प्रबन्ध निर्देशक सौमिन्द्र भट्टाचार्य नेपालमा सबैभन्दा बढी फुटबल लोकपि्रय खेल भएकाले कोकाकोलाले ५ भाग्यशाली नेपालीलाई ट्रफी टुरमा सहभागी बनाइने बताए ।

कम्पनीले सर्वसाधारणलाई पनि ट्रफी टुर वल्र्डकप ट्रफी हेर्न सहज होस् भन्ने उद्देश्यसहित काठमाडौका १२ सुपरमार्केटमध्ये कुनै ठाउँमा १.५ लिटरको कोकाकोला फ्यान्टा, स्प्राइट, अथवा किन्ले क्लब सोडा खरिद गरी त्यसमा राखेको नेक रिङमा आफ्नो निजी विवरण भर्ने, सुपरमार्केटमै राखिएको ड्रप बक्समा खसाल्ने र त्यसको नतिजा जनवरी ५ तारिखमा लक्की ड्रमार्फत सार्वजनिक गर्ने जनाएको छ ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?