Newsletter
Email:
Home | झन् नयाँ | दुवैजनाले उम्मेदवारी फिर्ता लिनुपर्छ

दुवैजनाले उम्मेदवारी फिर्ता लिनुपर्छ

Font size: Decrease font Enlarge font
image

सिपी मैनाली

नेकपा माले

प्रधानमन्त्री चयनमा भइरहेको विलम्बलाई कसरी लिनुभएको छ ?

हाम्रो पार्टी सहमतिको सरकार निर्माणका लागि अझै प्रयासरत छ । एमाले पनि सहमतीय सरकारकै पक्षमा छ । त्यसैले अहिलेसम्म हामीले बहुमतीय प्रधानमन्त्रीको चुनावमा भोट हालेका छैनौँ 

सहमतीय सरकार निर्माण हुनुपर्छ भन्ने अडानमा हामी कायम रहने हो भने त्यो अझै सम्भव छ । माओवादी अध्यक्ष प्रचण्डले आप\mनो उम्मेदवारी फिर्ता लिने वचनबद्धताका साथ नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्नुपर्छ । दुवैले उम्मेदजारी फिर्ता लिएर वार्तामा बस्नुपर्छ । यसैका लागि हामीे लागिपरेका छौँ । सहमतिका विषयमा एमाले र कांग्रेसका नेतासँग कुराकानी गरिरहेका छौँ । माओवादीसँग पनि कुरा गछौर्ं 

बहुमतीय प्रणालीबाट समेत प्रधानमन्त्रीको चयन हुन नसकिरहेका वेला सहमतिको सरकार कसरी सम्भव होला र ?

संविधान लेख्न र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सहमतिको सरकार चाहिन्छ भनेर माओवादीले माधव नेपालको सरकारको पालादेखि नै आवाज उठाएको हो । सहमति नै अहिलेको आवश्यकता हो । प्रधानमन्त्रीको पहिलो चुनावमा माओवादीले सहमतीय सरकारका लागि नै झलनाथ खनाललाई समर्थन गर्ने निर्णय गरेको थियो । खनालको नेतृत्वमा सहमतीय सरकार बन्छ कि भन्ने आशाले नेकपा माले, संयुक्त जनमोर्चालगायतका दलले पनि उनलाई सहयोग गर्ने निर्णय गरेका थिए । तर, एमालेले चार सय एक पुर्‍याउनैपर्ने सर्त राखेकाले उनी निर्वाचित हुन सकेनन् 

अहिले पनि सहमतीय सरकार बनाउने स्थिति आओस् भन्ने हाम्रो प्रयत्न हो । प्रचण्डले आप\mनो उम्मेदवारी फिर्ता लिँदै रामचन्द्रलाई उम्मेदवारी फिर्ता लिएर वार्तामा बस्न आह्वान गर्नुभयो भने सहमतीय सरकार बन्छ 

जित्ने सम्भावना हुँदाहुँदै उम्मेदवारी फिर्ता लिन माओवादी तयार होला र ?

यदि त्यस्तो भएन भने माओवादी अवसरवादी सावित हुनेछ । सहमतिको नारा दिने अनि बहुमतीय सरकारको प्रधानमन्त्री ताक्ने प्रवृत्ति उसका लागि अत्यन्त अशोभनीय र अनुचित हो 

माओवादीले मधेसवादी र साना दलहरूको सहयोग लिएर बहुमतीय सरकार बनाउने अभिलाषालाई त्याग्नुपर्छ । यदि उसले सहमतीय सरकार बनाउन पहल गरेन भने नेकपा मालेलगायत साना दलले पनि सोच्नुपर्ने हुन्छ 

बहुमतीय सरकार नै बनाउने हो भने शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउने, संविधान लेख्ने र माओवादीलाई समेत सहमतिमा ल्याउने सर्तमा बाम-लोकतान्त्रिक सरकार बनाउनुपर्ने स्थिति आउन सक्छ । त्यसकारण अहिले हामी सहमतीय सरकार बनाउने हो कि वामलोकतान्त्रिक सरकार बनाउने भन्ने मझदारमा छौँ 

सहमति सम्भव भएन भनेचाहिँ के गर्ने ?

माओवादी अध्यक्ष प्रचण्डले उम्मेदवारी फिर्तार् लिने कबुल गर्दै रामचन्द्र पौडेललाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्नुभयो भने सहमतीय सरकार बन्छ । तर, त्यो हुन सकेन भने शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउने, संविधान लेख्ने र माओवादीलाई समेत समेटेर अगाडि बढ्ने सर्तमा बहुमतीय भए पनि सरकार बनाउनुपर्छ 

तपाईंले भनेजस्तो वामलोेेकतान्त्रिक सरकारको नेतृत्व कसले गर्ने त ?

सरकारको नेतृत्व कांग्रेसले पनि गर्न सक्छ, एमालेले पनि गर्न सक्छ । मालेले पनि गर्न सक्छ । तर, माओवादीले गर्न सक्दैन । माओवादीले शान्ति-सम्झौता र अहिलेसम्म भएका सहमति उल्लंघन गरेकाले सबै दल ऊप्रति सकारात्मक छैनन् । त्यसैले माओवादी नेतृत्वको सरकार बन्ने अवस्था मैले देखेको छैन । अग्रगामी परिवर्तनमा सहभागी भएका दलले नै सरकारको नेतृत्व गर्न पाउनेछन् । पार्टीहरूबीच सहमतिका आधारमा नयाँ सरकारको नेतृत्व जुनसुकै पार्टीले पनि गर्न सक्छ 

तपाईंको भनाइ माओवादीलाई बाहिर राखेर सरकार बनाउनुपर्छ भन्ने हो ?

त्यस्तो पनि होइन । माओवादी नेतृत्वमा सरकार बन्न सक्दैन भन्नुको मतलव माओवादीलाई बाहिर राखेर सरकार बनाउने भन्ने होइन । माओवादी ठूलो पार्टी भएकाले उसले सहमति र सम्झौता कार्यान्वयन गर्न इमानदारी र प्रतिबद्धता देखाउनुपर्ने थियो । तर, त्यो देखाएन । त्यसैले अरू दल माओवादीको नेतृत्व स्वीकार गर्न तयार भएका छैनन् । तर, माओवादीलाई सरकारमा समावेश गर्न सबै दल तयार छन् 

कांग्रेस नेताहरूसित तपाईंको के कुरा भयो ?

हामीले सहमतिकै सरकार देशलाई आवश्यक रहेको कुरा जोडतोडका साथ राख्यौँ । होइन भने शान्ति र संविधान लेखनलाई केन्द्रमा राखेर वामलोकतान्त्रिक सरकार बनाउनुपर्छ भन्ने कुरा पनि राख्यौँ । वामलोकतान्त्रिक सरकारले माओवादीलाई पनि समेट््नुपर्ने हुन्छ भन्ने मैले कांग्रेस नेतासँग राखेँ 

के रामचन्द्र पौडल उम्मेदवारी फिर्ता लिन तयार देखिए ?

रामचन्द्रले उम्मेदवारी फिर्ता लिनुको कुनै अर्थ छैन । माओवादीले उम्मेदवार फिर्ता लिने प्रतिबद्धतासहित कांग्रेस उम्मेदवारलाई आह्वान गर्नुपर्छ 

माओवादीले उम्मेदवारी फिर्ता लियो भने कांग्रेसले लिने के ग्यारेन्टी छ ?

माओवादीले फिर्ता लिइहाल्ने होइन । फिर्ता लिने वचनबद्धताका साथ कांग्रेसलाई पनि आह्वान गर्नुपर्छ । र, वार्तामा बस्नुपर्छ । माओवादीले फिर्ता लियो भने कांग्रेसको उम्मेदवारी फिर्ता लिन लगाउन हामी पहल गछौर्ं । यसअघि माओवादीले झलनाथ खनालको नेतृत्वमा सहमतिको सरकारमा जाने प्रतिबद्धता जनाएकै हो । माओवादीले जुन लक्षण देखायो त्यसलाई हामीले शुभ मानेका हाँै । यसलाई सकारात्मक मान्दै हामीले पनि समर्थन गर्ने निर्णय गरेका थियौँ । अब माओवादीले फेरि पनि त्यही नीतिलाई स्वीकार गर्दै अगाडि बढ्ने हो भने सहमतिको राष्ट्रिय सरकार बन्न सक्छ । त्यसका लागि माओवादीले पहिला प्रचण्डको उम्मेदवारी फिर्ता लिने प्रतिबद्धता जनाउनुपर्छ 

माओवादीले उम्मेदवारी फिर्ता लिने हो भने कांग्रेसले पनि फिर्ता लिनैपर्छ । नत्र हामी सहमतिको सरकारमा अलमलिरहन्छौँ 

त्यसो भए १७ गतेको चुनावमा पनि तपाईंहरू तटस्थ नै बस्नुहुन्छ ?

अहिलेसम्म हामी कुनै टुंगोमा पुगेका छैनौँ । अर्को निर्णय नभएकाले तटस्थ बस्ने कुरा कायम छ । तर, पुरानो निर्णय जारी राख्नुपर्ने हो कि होइन भन्ने कुरा माओवादीको निर्णयमा भर पर्छ 

भोट हाल्नैपर्ने अवस्थामा कसलाई दिने ?

हामी छलफल गरिरहेका छौँ, के गर्ने भन्ने विषयमा । अहिलेसम्म तटस्थ नै बस्ने निर्णयमा छौँ । यही स्थितिमा रामचन्द्र पौडेल र पुष्पकमल दाहाल दुवैलाई भोट हाल्दैनाँै । यसमा माओवादीले के भूमिका खेल्छ त्यसमा भर पर्छ । सहमतीय सरकारका लागि माओवादीले प्रयास सुरु गर्‍यो भने हामी त्यसमा सहयोग गछार्ंै । तर, माओवादीले केही गरेन भने देशलाई सरकार दिन के गर्नुपर्छ त्यसका लागि तयार छौँ । माओवादीले गर्ने निर्णय हेरेर हामी अघि बढ्छाँै 

अहिलेसम्मको स्थिति हेर्दा १७ गते प्रधानमन्त्रीको टुंगो लाग्ने अवस्था छ कि छैन ?

अहिलेसम्मको स्थिति हेर्दा दुईवटै उम्मेदवारले जित्ने स्थिति छैन । तर, सहमतीय सरकारको आशा मरेको पनि छैन 

१७ गते पनि प्रधानमन्त्री चुनिएन भने विकल्प के त ?

त्यो त त्यतिखेरै सोच्नुपर्छ । तर, हामी अझै पनि सहमतीय सरकारको पक्षमा छाँै । सहमतीय सरकारको ढोका बन्द भयो भने हामी वामलोकतान्त्रिक सरकारका लागि पहल सुरु गछौर्ं । शान्ति, संविधान र सुशासनका लागि बहुमतीय भए पनि सरकार बनाउनुपर्ने बाध्यता रहन्छ ।

संविधानअनुसार त दुईवटै उम्मेदवारले उम्मेदवार फिर्ता नलिएमा निरन्तर चुनाव भइरहने भयो नि ?

त्यो स्थिति त हँुदै हँुदैन । एउटा विकल्प त आउँछ-आउँछ । उम्मेदवारी फिर्ता लिए भने पनि विकल्प आउँछ र नलिए पनि विकल्प त जसरी पनि आउँछ 

कस्तो विकल्प ?

त्यही वामलोकतान्त्रिक सरकारको विकल्प 

अहिलेको राजनीतिक गतिरोधमा साना दल कति जिम्मेवार छन् ?

प्रधानमन्त्री चुनिन नसक्नुमा साना दल विल्कुल जिम्मेवार छैनन् । साना दलले धेरै पहिलेदेखि सहमतीय सरकार बनाउनुपर्छ भन्दै आएका हुन् । साना दलले तपाईंहरू प्रधानमन्त्री चुन्न सक्नुहुन्न भने हामीलाई अवसर दिनूस् पनि भने, तीन ठूला दललाई । तीनवटा दलले उम्मेदवारी दिएपछि तपाईंहरू मिलेर आउनुहोस् भने । हामी राष्ट्रिय सहमतिको सरकार बनाउन खोजिरहेका छौँ र त्यसका लागि हामीले प्रयास गरिरहेका छाँै । त्यसको हामी पुजारी हाँै, तर प्रचण्डजीले ढोका बन्द गर्नुभयो भने हामी अर्को बाटो लिन्छाँै 

सबैभन्दा ठ्लो दल भएको हैसियतले माओवादीले सहमतीय सरकारको नेतृत्व गर्न किन सक्दैन ?

अहिलेको स्थितिमा माओवादीले सरकारको नेतृत्व गर्न सक्दैन । माओवादीले हिजोको सहमति सम्झौतालाई पालन गरेन । ऊ आफूले गरेका प्रतिबद्धता प्ालना गर्न पूर्णरूपले इमानदार देखिएन । त्यसकारण उसलाई अरू दलले पनि पत्याएनन् । हामीले पनि पत्याउन नसक्ने अवस्था छ । अहिले माओवादीसहितको सरकार बनाउनुपर्छ, तर उसको नेतृत्वमा होइन । हिजो माओवादीले झलनाथ खनाललको नेतृत्वलाई स्वीकार गर्‍यो भने भोलि ऊ अरूको नेतृत्वमा पनि सरकारमा आउन तयार हुनुपर्छ 

प्रमख तीन दल असफल भए साना दलले प्रधानमन्त्रीमा दाबी गर्छन् कि फेरि ?

यदि, तीन दलले आफूबाहेक अरू कसैलाई स्वीकार गर्छन् भने हामी बाइस दलबाट छानेर प्रधानमन्त्रीमा उम्मेदवारी दिन्छौँ । तर, यसका लागि तीन दलले भन्नुपर्‍यो 

मधेसवादी दलको भूमिकालाई कसरी लिनुभएको छ ?

यो अस्थिरता मधेसवादी दलको कारणले होइन, एकीकृत माओवादीको कारणले आएको हो 

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?