कहाँ गए तपस्वी ?
बारा/ पशुबलि रोक्नका लागि पहल गर्न ५ मंसिरमा गढीमाई जाने तयारी गरेका चर्चित तपस्वी रामबहादुर बम्जनको अवस्था अज्ञात बनेको छ । गढीमाई मेला जाने क्रममा बम्जनले बिहीबार साँझ ६ बजे तपस्यास्थल हलखोरियाको जंगल छाडे पनि अहिलेसम्म मन्दिर पुगेका छैनन् । नेपाल राष्ट्रिय तामाङ महासंघले गत मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा र जिल्लास्थित तामाङ संघसंस्थाले पर्चा-पम्पप्लेटमार्फत तपस्वी मंसिर ५ गते गढीमाई जाने जानकारी गराएका थिए । जिल्लाको बरियारपुर गाविसस्थित गढीमाई मेलामा बलि रोक्न जान्छु भनेर तपस्यास्थल छोडेपछि तपस्वीको अवस्था अज्ञात रहेको नमोबुद्ध तपोवन संरक्षण समितिका सचिव एकानन कुँवरले बताए । 'सम्पर्कबाहिर रहेकाले तपस्वीको अवस्थाबारेमा समितिका सदस्यहरूलाई समेत जानकारी छैन,' उनले भने । बम्जनले पशुबलि रोक्न गढीमाईमा जाने बताएपछि संरक्षण समितिले बम्जनको सुरक्षाको माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालय कलैयामा पत्राचारसमेत गरेको थियो । 'जसरी पनि आउनुहुन्छ भनेका थिए । तर, शुक्रबार साँझसम्म तपस्वी मेलास्थलमा देखिनुभएको छैन,' बाराका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले भने । बम्जनको अवस्थाबारेमा प्रहरी प्रशासनलाई समेत पत्तो नभएको उनले बताए । प्रजिअ गौतमका अनुसार मंसिर ५ गते गढीमाई मन्दिरमा बम्जनको सुरक्षाका लागि समितिले केही दिनअघि लिखित निवेदन दिएको थियो । 'आवश्यकता महसुस हुनु स्वाभाविक हो, त्यसैले विशेष सतर्कताचाहिँ अपनाइएको थियो,' प्रजिअ गौतमले भने । निवेदन बुझाउन आएलगत्तै उनले तपोवन समितिका सचिवलाई तपस्वी बम्जन कसरी आउने र कतिबेला आउने बताइदिन आग्रह गरेका थिए । 'गुरु ५ गते गढीमाई आउने पक्का हो, अन्य कुरा मलाई पनि थाहा छैन,' सचिवको भनाइ उद्धृत गर्दै प्रजिअ गौतमले भने । यसअघि तपस्वी बम्जन मन्दिर क्षेत्रमा आए प्रहरीको कडा सुरक्षा घेराभित्र राखिने जिल्लास्थित सुरक्षा निकायले बताउँदै आएका थिए । मेलामा तपस्वी आउने सूचना पाएपछि मन्दिरपरिसर र नजिकका गाविसहरूमा प्रहरीले सुरक्षा व्यवस्था कडा परेको छ । तपस्वी र मेला क्षेत्रको सुरक्षाका लागि दुईवटा बेसक्याम्प स्थापना गरेर एक हजार दुई सय प्रहरी परिचालन गरिएको छ । प्रहरीले गढीमाई मन्दिरको बधशाला क्षेत्रमा विशेष निगरानी राखेको छ । तपस्वी बम्जनले बधशालाको मूलढोकामा नै आसन जमाउने बताइएको थियो । तपोवन संरक्षण समितिले भने तपस्वी जसरी पनि मेलामा पुग्ने र बलि रोक्ने दाबी गरिरहेको छ । 'सम्पर्कबाहिर भए पनि तपस्वीले दुई दिनभित्र आफ्नो शक्ति देखाउनुहुनेछ,' समितिका सदस्य राजकुमार साहले भने । तपस्वीले देखाउने भनिएको शक्तिको बारेमा भने साहले थप कुरा बताउन चाहेनन् । गढीमाई मेला समितिका सचिव मोलीलाल कुशवाहाले भने तपस्वी मन्दिर आए स्वागत गरिने, तर बलि नरोकिने बताए ।
मेला हेर्न आएका दुई भारतीयसहित तीनजनाको मदिरा सेवनबाट मृत्यु गढीमाईमा मेला भर्न आएका दुई भारतीय नागरिकसहित तीनजनाको विषाक्त मदिरा सेवनबाट शुक्रबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेमा भारत मोतिहारीका लल्लु साह महतो, हरि महतो र बारा बरियारपुर-२ का छोटेलाल साह रहेका छन् । बरियारपुर गाविसका व्यापारी नेमीलाल साहको पसलमा मदिरा सेवन गरेपछि बिहीबार राति बिरामी परेका साहका भाइ छोटेलालको जिल्ला अस्पताल कलैया र दुईको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रम मृत्यु भएको हो । सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्प गढीमाईका प्रहरी नायब उपरीक्षक जेएन श्रेष्ठले तीनैजनाको विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको पुष्टि गरे । घटनापछि प्रहरीले साहको पसलमा दिउँसो छापा मारेर कामदार धुमली साहलाई पक्राउ गरी पसलमा रहेको सबै मदिरा जफत गरेको छ । मेला व्यवस्थापन समितिले गढीमाई क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको भए पनि कार्यान्वयन हुन सकेको छैन ।



del.icio.us
Digg
i would like to know where is ram bahadur thesedays ! as soon as i need reply pls. thanks.
That so called Buddha wants to disturb on Gadhimai Mela. Why that man is trying to intervance in Hinduism and ther culture ? better is going to Tamang community and stop slutting cow, buffalo, bull and other animals.
this is my warning to u ok , if u cannot be civilized than u don't have a right to degrade other om .
And listen like u those an animals are also the creature of the earth also they have a right to live in this world .the way u guysz are kiling the animals in the name of sacrefition it look like ur looting ther right of aan animals .
The small buddha is trying to save the right of living of animals and so called social animals like u .So i think u better shut ur mouth , ok
ok if not ......................thenm.................................
Post your comment