आफ्नै फिल्मका निर्देशकले पिटे यिनलाई
आफ्नो फिल्मका निर्देशकले आफैँलाई बीच बाटामा निर्घात कुट्यो भने त्यस निर्मातालाई कस्तो होला ? यो न कुनै फिल्मको 'सबस्टोरी' हो न त कुनै 'टर्निङ प्वाइन्ट' नै । यो दृश्य हो शनिबार बिहान, कमलपोखरीस्थित सिटी सेेन्टर प्रांगणको । जहाँ तिमी मेरो म तिम्रो फिल्मको सुटिङको तयारी भइरहेको थियो ।
सुटिङ हुँदै छ भन्ने थाहा पाएर झुम्मिएका दर्शकले एक्कासि जिब्रो टोके जब निर्देशकले एकजना युवतीलाई एक्कासि लछारपछार गर्दै निर्घात चड्कन हान्न थाले । 'लाइभ' कुटाइको दृश्य देखेर रमितेहरू नै छक्क परे ।
उक्त दृश्यमा मुक्केबाजका रूपमा देखापरेका थिए, निर्देशक रामराजा दाहाल । अनि पिटाइ खाने पात्र थिइन्, कसम हजुरको फिल्मकी निर्मात्री कृषा चौलागाईं । 'ट्याक्सीमा रहेकी कृषालाई एक्कासि निर्देशक रामराजाले तान्दै दनादन मुक्का हान्न थाले । हामी त हेरेको हेर्यै भयौँ,' तिमी मेरो म तिम्रोको सुटिङमा संलग्न एक प्राविधिकले नाम नछाप्नुहोला भन्दै घटनाको बेलीविस्तार लगाए, 'उनीहरूबीचको लफडा के हो हामीलाई के थाहा ? फेरि रिसाएका निर्देशकलाई सोध्ने आँट पनि त भएन नि ।' प्रत्यक्षदर्शी र प्राविधिकका अनुसार राजारामले पिट्न थालेपछि निर्मात्री कृषा उनको पन्जाबाट फुत्किएर भाग्न सफल भएकी थिइन् । निर्देशकको कुटाइबाट निर्मात्री कृषाको निधार तथा घाँटीमा चोट लागेको प्रत्यक्षदर्शी प्राविधिकले बताएका छन् ।
कृषालाई रामराजाले किन पिटे ? कुरा बुझ्न कृषालाई फोन गर्दा उनी फोनमै भक्कानिइन् । अवरुद्ध गलामा बोलिन्, 'म साह्रै पीडामा छु । उसले मलाई हिजो मात्र होइन पहिला पनि त्यसरी नै पिट्ने गरेको थियो । यसबारे म अरू केही भन्न चाहन्नँ ।' यति भन्दा नभन्दै कृषाले फोन काटिन् । घटनाका बारेमा निर्देशक रामराजालाई सोध्दा उनले आफू र कृषाबीच केही तनाब नभएको दाबी गरे । फोनमा भने, 'मेरो सुटिङमा उनी आएकी थिइन् । भेटघाट गरेर गइन् । मैले उनलाई केही गरेको छैन ।' तपाईंले कृषालाई पिटेको देख्ने साक्ष्ाीहरू पनि छन् नि ? 'होइन, यो भ्रम हो । मैले कसैलाई पिटेको छैन ।' आफू चोखिने प्रयास गर्दै रामराजाले भने, 'अरू कोही होला । म होइन ।'
कैदी फिल्ममा सहनिर्माता भइ सहनायकको भूमिकामा देखापरेका काभ्रेका रामराजा दाहाल पछिल्लो समयमा निर्देशकका रूपमा परिचित छन् । यसअघि इन्साफ फिल्म निर्माण गरेकी अविवाहिता कृषा र विवाहित, तीन सन्तानका पिता रामराजा प्रेमी-प्रेमिका हुन् भन्ने कुरा फिल्म क्षेत्रका सबैलाई थाहा छ । एक-अर्कालाई प्रेमी-प्रेमिका मान्ने रामराजा र कृषाबीच यति गहिरो सम्बन्ध स्थापित भयो कि कृषाले आफ्नो फिल्मको निर्देशकमा आफ्नै ब्वाइपेन्ड रामराजालाई लिइन् । गर्लपेन्ड निर्मात्री र ब्वाइपन्ड निर्देशक भई कसम हजुरको सुटिङ पनि सिध्याए । उनीहरूको फिल्ममा संलग्न एक प्राविधिकले बताएअनुसार फिल्मको छायांकन सिद्धिएको तीन महिना पुग्दा पनि निर्देशक रामराजाले फिल्मको पोस्ट प्रोडक्सनमा रुचि देखाएका छैनन् । त्यसकारण निर्मात्री र निर्देशकबीच विवाद बढेको हो । आफ्नो प्रेमी निर्देशकले फिल्मलाई वास्ता गर्न छाडेपछि प्रेमिका निर्मात्री कृषा फिल्मको सम्पादन तथा पोस्टर, स्टिकर डिजाइनमा आफैँ लागेकी छिन् । बारम्बार सम्पर्क गर्न खोज्दा पनि निर्देशक रामराजा सम्पर्कविहीन भएपछि कृषा तनाबमा थिइन् । पछिल्लो समयमा आफ्नो प्रेमी रामराजा अर्कै हिरोइनको प्रेममा डुबेर आफूलाई वास्तै गर्न छाडेको सुइँको पाएपछि कृषाको तनाबको पारो बढेको दाबी उनीहरूको छ । शनिबार कृषा आफ्नै कामले कतै गइरहेको बेला एक्कासि रामराजालाई देखिछन् । ट्याक्सी रोकेर उनलाई आफ्नो फिल्मको पोस्ट प्रोडक्सनको काम गरिदिन अनुरोध गर्ने क्रममा उनले रामधुलाइ पाएकी रहिछन् । आफूले निर्देशक लिएको, त्यसमाथि पनि आफ्नै ब्वाइेन्ड निर्देशकले खुलेआम पिटेपछि कृषा निकै तनाबमा छिन् । कृषा आफ्नो प्रेमी निर्देशकले आफूमाथि गरेको अत्याचारविरुद्ध मुद्दा हाल्ने तयारीमा लागेको उनका निकटवर्ती फिल्मकर्मीले बताएका छन् ।



del.icio.us
Digg
केटी मान्छे लाई हात हल्न नहुने हो ।
अनि पत्रकारले समाचार लेख्दा बिचार आव्स्य गर्नु पर्छ । यो एउटा कुनै फिल्म को कथा भन्दा कम तरिकाले
प्रस्तुत गरेको छैन । अनि अर्को कुरा सार्वजनिक ठाउँमा यसरी हात पात गर्दा त्यो माथि एउटा केटी मान्छे लाई, किन कसैले केही गर्दैनन ? ?
केही सोद्ने आट भएन रे ? ? के भनेको त्यो ?
brisbane,aus
Post your comment