'त्यो इकु म होइन’
काठमाडौं/ मेरी बास्सै टेलिशृंखलामा निभाएको वनमान्छेको काल्पनिक भूमिका इकुबाट सुलेमान शंकर चर्चित बने । इकु नामक फिल्म निर्माण गरेर अझ चर्चा बटुल्न सफल भए । त्यही इकु पुनः मेरी बास्सैमा देख्दा अचम्म परे टिभी-दर्शक । इकुको पुनरागमनलाई केहीले राम्रो माने भने अधिकांशले पहिलाको इकुको जस्तो स्तर नभएको प्रतिक्रिया दिए । तर, यो कुरा वास्तविक इकुले पछि पो थाहा पाएछन् ।
अचम्म पर्दै सुलेमान इकुले भने, 'दर्शकले हेरेर फोन गर्दा पो थाहा पाएँ । मलाई पुनः इकु बन्नुपर्यो भनेका थिए । आफ्नो फिल्म चलाउने धपेडीका कारण काम गर्न नभ्याउने बताएको थिएँ, पछि उहाँहरूले अर्कै कलाकारलाई इकु बनाउनुभएछ । चित्त दुख्यो ।' दर्शक भने मेरी बास्सैमा सुलेमान नै इकु भएको भ्रममा पर्न पुगे, जसकारण उनलाई पहिलाको जस्तो हाउभाउ, कटाक्ष नै नभएको तथा इकु बनेको नसुहाएको प्रतिक्रिया दिएको बताउँदै सुलेमानले आफूलाई उक्त कारण साहै्र तनाब बेहोर्नुपरेको बताए । सोमबार गोपीकृष्ण सिनेमा हल पूर्वपट्टकिो माउन्टेन रुफ-टफ क्याफेमा भेटिएका इकुले भने, 'कतिलाई भनिसक्नु त्यो म होइन, नझुक्किनुहोस् भनेर ?' उनले हैरानी पोखे, 'उहाँहरूले मलाई इकुको क्यारिकेचर गरेका छौसमेत भन्नुभएन । तनाब भो ।' आफ्नो लोगो बनेको इकु दुरुपयोग गरिएको भन्दै उनी मेरी बास्सैका निर्देशकविरुद्ध मुद्दा हाल्ने प्रक्रियामा लागेका थिए । सुलेमानले लफडा गर्लान् भन्ने भयले मेरी बास्सैका निर्देशकद्वयले नक्कली इकुकै भूमिका तीन भागमै टुंग्याएका छन् । सुलेमानले भने, 'हो, उहाँहरूको कन्सेप्ट हो जंगली मान्छेको चरित्र । तर, इकु, उसले बोल्ने भाषा त मैले सिर्जेको हो नि । त्यही कुरामा तनाब लागेको हो ।' आफ्नो फिल्म इकुले प्रदर्शनको ५१आंै दिन मनाउन सफल भएकोमा उनी निकै प्रफुल्ल छन् । अझै पनि केही हलमा प्रदर्शन भइरहेको उनको इकु पुनः केही हलमा लाग्दै छ रे । 'उपत्यकाबाहिर अझै धेरै ठाउँमा प्रदर्शन गर्न बाँकी छ ।



del.icio.us
Digg
jai equ......
congratulation for your movie celebrrating 51 days.
from. sandeep koirala.
Post your comment