Newsletter
Email:
Home | अन्तिम पृष्ठ | १५ सरकारी कार्यालय प्रमुखविहीन

१५ सरकारी कार्यालय प्रमुखविहीन

Font size: Decrease font Enlarge font
image

सल्यान/ सल्यानका १५ सरकारी कार्यालय झन्डै तीन सातादेखि प्रमुखविहीन भएका छन् । कार्यालयप्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।

असार मसान्त सकिनेबित्तिकै कार्यालयका प्रमुखहरू घरतिर गएपछि कार्यालयहरू खाली भएका हुन् । साउन महिना लाग्नासाथ जिल्ला विकास समिति, जिल्ला वन कार्यालय, महिला विकास कार्यालय, जिल्ला भूसंरक्षण, जिल्ला आयुर्वेद, जिल्ला पशु सेवा कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला खानेपानी, जिल्ला प्राविधिक कार्यालय, जिल्ला अदालतलगायत १५ कार्यालय प्रमुखविहीन भएका छन । सेवाग्राहीसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय नै लामो समय प्रमुखविहीन भएपछि सरकारी काम ठप्पजस्तै भएको छ ।

कुपिण्डे- ९ भँगेरीका टेकबहादुर बस्नेत जिल्ला खानेपानी कार्यालयमा धाउन थालेको १० दिन बितिसक्यो तर कार्यालयमा कर्मचारीको अभावले उनीको काम हुन सकेको छैन । फाँटवाला छैनन् भन्दै फर्काउने गरेको मूलखोलाका गुमान विष्टले बताए । जिल्ला प्रशासन, मालपोत, कृषि कार्यालयमा प्रमुख भए पनि अन्य कर्मचारीको अभावमा काम हुन सकेको छैन । मालपोतमा १९ कर्मचारीको दरबन्दी भए पनि हाल तीनजना मात्र रहने गरेका छन् । कार्यालयमा तीनजना मात्र कर्मचारी भएपछि सेवा प्रभावकारी दिन नसकेको प्रमुख पवित्रकुमार शर्माले बताए ।

Subscribe to comments feed Comments (4 posted):

rabin kumar bhusal on 09/08/2009 07:49:25
avatar
haina sampadak jue aba harek kuram hero heroni photo bahek khi nai chhal daina ki kaso?
Thumbs Up Thumbs Down
0
T-RAJ KOIRALA on 08/08/2009 07:51:52
avatar
ANI YO PICTURE KINA NI? SARKARI KARYALAYA BANDA VAYEKO KHABAR SANGA YO PICTURE KO K SAMBANDHA CHHA?? YO KASTO LAPARBAHI HO NAYA PATRIKA KO??
Thumbs Up Thumbs Down
1
kanchi on 08/08/2009 05:38:17
avatar
pic not match in news
Thumbs Up Thumbs Down
0
puspa on 08/08/2009 05:34:13
avatar
k garako yesto pani huncha ta
pic ra news ko match vayana
Thumbs Up Thumbs Down
0
total: 4 | displaying: 1 - 4

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?