Newsletter
Email:
Home | अन्तिम पृष्ठ | एउटा गीत गाएको १५ हजार

एउटा गीत गाएको १५ हजार

Font size: Decrease font Enlarge font
image

संगीतकार शम्भुजित बास्कोटाले एउटा गीत गाएको पारिश्रमिक कति लेलान् ? पाँच-सात हजार । कसैले यही आँकलन गर्छ भने त्यो अनुमान गलत छ । सुन्दा अचम्म लाग्ला, उनले एउटा गीत गाउनका लागि आफ्नो पारिश्रमिक तोकेका छन्- पन्ध्र हजार !

सोभित बस्नेतको निर्देशनमा निर्माण हुन लागेको राज फिल्मको घरमा हेर्‍यो घरमै टेन्सन बाहिर हेर्‍यो बाहिरै टेन्सन... बोलको एउटा गीत गाउन फिल्मका निर्माता गजेन्द्र रञ्जित र मोहनकृष्ण श्रेष्ठले शम्भुजितलाई 'अफर' गर्दा सुरुमा उनले 'म गाउँदिनँ । मेरो रेट हाई छ । निर्माताले तिर्न सक्दैनन्' भनेर तर्किए । उनको 'रेट हाई' भएको सुनेपछि निर्माताद्वय मुखामुख गर्न थाले । कुनातिर गएर एकछिन कानेखुसी गरेपछि दुवै निर्माता शम्भुजितसामु आई बोले, 'भन्नुस् न त तपाइर्ंको रेट कति हो ? हामी तिर्न तयार छाँै ।'

निर्माताको आँट शम्भुजितले पत्याएनन् । दुवैलाई तलदेखि माथिसम्म हेरेर उनी बोले, 'उदितनारायणले एउटा नेपाली गीत दस हजारमा गाउँछ । अरू नेपाली गायकले चार पाँच हजार पाउँछन् । मेरो रेट अझै धेरै छ । कुरै नगरौँ ।'

आफ्नै फिल्मको संगीतकारले भाउ खोजेपछि निर्माता पनि के कम ? फेरि सोधे, 'भन्नुस् न त तपाइर्ं कति लिनुहुन्छ ? जति भने पनि हामी दिन तयार छौँ ।' त्यसपछि भने शम्भुजित मुखै फोर्न बाध्य भए । भने, 'म पन्ध्र हजार घटी गाउँदिनँ ।' शम्भुजितको 'रेट' सुनेर निर्माताद्वय फेरि मुखामुख गर्न थाले । अनि छायो शम्भुजितको मुहारमा कुटिल मुस्कान । बोले, 'मैले भनेको होइन । म अलि चर्काे छु...' उनको कुरा भुइँमा खस्न नपाउँदै निर्माताद्वयले खनखनी पन्ध्र हजार रुपैयाँ उनकै अगाडि गनिदिए ।

आफूले डिमान्ड गरेको दाम आँखैअगाडि गनिएपछि शम्भुजित एकछिन अलमल्लमा परे । अनि घाँटी मिलाएर पैसा गोजीमा हाल्दै बोले, 'रेकर्डिङ सेड्युल कहिलेलाई राखौँ ?'

मंगलबार स्टुडियोमा गीत गाइरहेका शम्भुजितलाई एउटा गीत गाउनका लागि चर्काे रकम लिएको बारेमा जिज्ञासा राख्दा 'निर्माता भाइहरूले तपाइर्ंकै स्वर चाहिन्छ भनी जिद्दी गरेकाले गाएको' बताए । भने, 'म जस्तो- तस्तो गीत गाउँदिनँ । नयाँ आएका गायक भाइहरूले पनि गरेर खाऊन् भनेर 'चुजी' भएको हुँ । करै गरेर मेरो रेट तिरेपछि त गाउनै पर्‍यो नि !'

सुरुमा अन्कनाएका निर्देशक सोभितले शम्भुजितको स्वरका लागि पन्ध्र हजार तिरिएको स्विकारे । भने, 'निर्माताले कम्प्रोमाइज गर्न चाहेनन् ।' शम्भुजितले गाइरहेको उक्त गीतमा पपगायक राम श्रेष्ठले पनि स्वर दिएका छन् ।

स्टुडियोका एक प्राविधिक शम्भुजिततिर हेरेर खुस्खुसाए, 'धन देखपछि महादेवको त तीन नेत्र हुन्छ भन्छन्, यी त झन् शम्भु न परे । त्यसमाथि जित । किन छोड्थे यिनले नगदनारायण !'

Subscribe to comments feed Comments (14 posted):

on 19/08/2009 12:30:44
avatar
for the voice of sambhujit, 1500. its little expensive .............isn't????
Thumbs Up Thumbs Down
0
Rabindra on 19/08/2009 10:11:28
avatar
Thanks Baskota ji tapailai , tapaile garda aru kalakar lai pani kehi had samma sajilo hune bho yao mahanji ko duniya ma teti pani ali kam nai bhayana ra jya hos mehanat garne le phal ta pauna nai paryao ni ta hoina ra ki kaso
Thumbs Up Thumbs Down
0
anurag on 19/08/2009 09:59:56
avatar
i am agree with shambhujit bro its better for new singer at least they have also rate of singing
Thumbs Up Thumbs Down
0
dinesh on 19/08/2009 09:16:22
avatar
नेपाली गीतको धेरै राम्रो मार्केट छ भन्छ । एउटा पप गायकले एउटा चक्का निकाले लाखौं कमाउछ, चक्का निकालेर घर वनाउछ भन्छ भन्ने एउटा राम्रो गायकले पन्ध्र हजार पारिश्रमिक लिनु धेरै हो त ? मलाई संगीत क्षेत्रको कुरा थाहा नभएर यस्तो लेख्नु पुगेको हुनसक्छ । यदि मेरो भनाई गलत हो भन्ने क्षमा गर्नु होला ।

शम्भुजीत वास्कोटा राम्रो र उच्चकोटीका संगीतकार हुनुहुन्छ, वहाप्रति मेरो सम्मान छ । वहां कुमार वस्नेत जस्तो गायक होइन । होइन यो कारणले हो कि चत्याङ्ग मास्टरले कान्तिपुर टि भीमा कार्यक्रम संचालन गर्नु हुदा वहांले कुमार वस्नेतलाई विभिन्न नेपाली भाषाको गीत वारे सोध्नु भएको थियो । कुमार वस्नेतले उक्त प्रश्नको जवाफमा देशमा नेपाली भाषा राष्ट्रभाषा हुदाहुदै अरु भाषाको गीत गाएर हामीले देश वचाउन सक्छ ? भन्ने खालको जवाफ दिएर वहांले चीनको राष्ट्रगीत सुनाउनु भएको थियो । वहांको त्यस्तो कुरा सुनेर वहां प्रति भएको मेरो सारा श्रद्धा धूलोमा मिल्न गयो । नेपालको लोकगीत सम्राट भन्न सुहाउने गायकले त्यस्तो खालको जवाफ आउंदा म आश्चर्यमा परेको थिए ।
तर शम्भुजीत कुमार वस्नेत जस्तो गायक होइन, वहांले नेपालभाषाको गीतमा समेत संगीत दिई स्वयं आफैले गाउनु पनि भएको छ । वहांको उक्त साधना देखेर वहां वहुभाषिक मुलुकका लागि उपयुक्त गायक हुनुहुन्छ जस्तो लाग्छ । वहांले नेपाली भाषाको साथै देशका अन्य भाषामा पनि संगीत दिंदै जानुहुन्छ भन्ने आशा गर्न सक्छु ।
Thumbs Up Thumbs Down
0
sagarkharal on 19/08/2009 08:17:07
avatar
1500 hajar ta thikai ho 1 geet ko lagi tara sambhujeeet ko teti ramnro voice ta 6 jasto lagdaina so i will say finally low quality high price..haha
Thumbs Up Thumbs Down
1
nepali baje on 19/08/2009 07:39:27
avatar
yo gajendra ranjeet lai share dalali
garera(gajendra ranjeet nepal share market ko share dalal number 21 hun) kamayeko dherai bhaye jasto chha.sangeet ramrai hale pani tyo besura gaune sambhujeet lai kina gaunu launu pareko ho kunni

nepali baje
Thumbs Up Thumbs Down
1
Nepali on 19/08/2009 07:17:13
avatar
thikai ho yo field kam gaharo chhaina bhanne yes field ma lageko lai matra taha hunchha so good job paunai parchha malai ta aja thorai bhayo .... dinahu riyaz nagari hunna marunjel .... so good
Thumbs Up Thumbs Down
-1
on 19/08/2009 06:43:39
avatar
बांस्कोटा जूलाई मेरो हार्दिक अभिवादन छ!
वास्तवमा तपाईले पारिश्रमिकको हकमा एउटा गीतको जम्मा २५ देखि ३० हजार लिनु भयो भने तपाईको अहिलेको खर्च चल्ने मैले देख्दछु।यो संसारमा कुनै चिज पनि सित्तैमा पाउन सकिन्न।मोल तिर्नु पर्छ।त्यसरी तपाईहरुले एउटा स्तर राखिदिनुभयो भने साधारण गाएक हरुको पनि जीवनस्तर माथि उठ्न सक्दछ।तपाईको फ़्यान
डा.जेम्स तथा जूडि किम परिवार
कोरिया
1
Thumbs Up Thumbs Down
0
Ramji Balami,rbalami2008@gmail.com on 19/08/2009 05:51:07
avatar
kalakar ra sangitkar ko samman hunupar6.
Thumbs Up Thumbs Down
0
menuka on 19/08/2009 05:32:45
avatar
afno gala ko mol 15000
Thumbs Up Thumbs Down
-2
menuka shrestha on 19/08/2009 05:29:36
avatar
kasto film nirmata ho tapai ta sambhujit sanga sodhnus ta tapaile afno mrs. sasura baa sanga kati paisa diyera lyaunu bho bhanera afno gala ko vau ta bhannu bho srimati ani afno chora chori ko vau pani sodhnus hai
Thumbs Up Thumbs Down
-4
डा.जेम्स तथा जूडि किम परिवार on 19/08/2009 04:18:03
avatar
बांस्कोटा जूलाई मेरो हार्दिक अभिवादन छ!
वास्तवमा तपाईले पारिश्रमिकको हकमा एउटा गीतको जम्मा २५ देखि ३० हजार लिनु भयो भने तपाईको अहिलेको खर्च चल्ने मैले देख्दछु।यो संसारमा कुनै चिज पनि सित्तैमा पाउन सकिन्न।मोल तिर्नु पर्छ।त्यसरी तपाईहरुले एउटा स्तर राखिदिनुभयो भने साधारण गाएक हरुको पनि जीवनस्तर माथि उठ्न सक्दछ।तपाईको फ़्यान
डा.जेम्स तथा जूडि किम परिवार
कोरिया
Thumbs Up Thumbs Down
3
s on 19/08/2009 02:46:52
avatar
NEPALma akseak playback singerharu chhan ra kam pricema geet gaauchhan tyasta singerharu hudahudai kina tyati kharcha gareko hola tyo pani bora udhareko jasto swarko laagi ?
Thumbs Up Thumbs Down
0
Gahan on 18/08/2009 21:59:45
avatar
विगतका ज्ञाने र रानीको मलको स्तुती गान र धनुषटन्कार फुर्ती भन्दा बरु यस्तै गीत गाए मेरो पनि शुभकामना शम्भुजीतको साथमा रहनेछ| एक लाखै लिए पनि त्यो सचचा कमाइको धन हुनेछ|
Thumbs Up Thumbs Down
1
total: 14 | displaying: 1 - 14

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
1.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?