Newsletter
Email:
Home | अन्तिम पृष्ठ | यसरी तिज मनाउँदै छन् नायिका

यसरी तिज मनाउँदै छन् नायिका

Font size: Decrease font Enlarge font
image

ीतजको मौसम । सहरमा रातो साडी लगाएर समूहमा हिँडेका देखिन्छन् महिलाहरू । सधैं सहरकेन्दि्रत फिल्मका नायिका तिज कसरी मनाउँछन् ? हाम्रो जिज्ञासा थियो ।

बितेका तिजमा रातो साडी लगाउने गरेकी रेखा यो तिजमा पनि पहिलेझैं देखिएकी छिन् । रातो सारी लगाएरै उनी फिल्मको सुटिङतिर दगुर्छिन् । तिजमा व्रत नबसे पनि उनले रातो साडीमै सजिएर पशुपति जाने योजना बनाएकी छिन् । यसै वर्ष आफ्ना बुबा गुमाएकाले तिजको व्रत भने नबस्ने उनले सुनाइन् ।

गएको शुक्रबार आफ्नो जन्मदिनमा घरमा साथीहरू नै बोलाएर दर खाइन् रेखाले । 'मज्जा लाग्यो,' रेखाले भनिन्, 'तिजका वेला र जन्मदिन एकैचोटि पर्‍यो ।'

रेखा माइती नेपालले आयोजना गरेको तिज विशेष कार्यक्रममा भारतबाट फर्काइएका चेलीहरूसँग कम्मर मर्काएरै नाचिन् पनि । नेपालकै चर्चित नायिकालाई अहिलेकोे तिज निकै विकृत हुँदै गएको भन्ने लाग्दोरहेछ । 'दरमा मासु खाने चलन बढेको छ,' उनले भनिन्, 'यो विकृत चलन हो, यसलाई निरन्तरता दिनुहुन्न, भोलिपल्ट पतिको दीर्घायुको कामना गर्नुछ, अघिल्लो दिन मासु खाएर के गर्नु ?' तिजले महिलालाई स्वतन्त्रता दिएको तर अहिले महिलाहरू स्वतन्त्रताको नाममा विकृत हुँदै गएको बताउँछिन् रेखा । तिज आउनु महिनौंअघिदेखि सहरमा अर्कै रौनक देखिन्छ । दर खान महिलाहरू ठुल्ठूला होटलतिर पुगेका हुन्छन् । तर, रेखालाई तिज 'तीन दिन मात्र मनाए हुन्छ' भन्ने लाग्छ । 'महिनौंअघिदेखि तिज मनाएर विनाकाममा श्रीमान्लाई तनाब दिएका छन् महिलाहरूले,' रेखाले भनिन् ।

तिजमा खाली पेटै नाचगान गरेर श्रीमान्को खुट्टाको पानी खाने चलन छ । खाली पेट बस्नु उचित हो ? 'खाली पेट बस्नुहुन्न फलफूल र दूध खाए भइहाल्यो नि,' रेखाले भनिन्, 'अहिले अरूको करकापमा व्रत बस्ने चलन हुर्केको छ । कसैको करकापमा र देखावटी रूपमा व्रत बस्नुहुन्न ।'

***********

'सानो संसार'की नायिका नम्रता श्रेष्ठको तिजमा कुनै योजना छैन । 'दर खाएँ,' उनले भनिन्, 'तर, रातो साडी लगाउँदिनँ ।' तिजमा साथीहरूसँग नाचगान गर्ने पनि उनले सुनाइन् । उनी तिजमा व्रत बस्ने कुरासँग भने सहमत छैनन् । 'सानोमा पनि व्रत बसिएन्,' उनले भनिन्, 'यसपटक पनि व्रत बस्ने योजना छैन ।'

तिज पहिले एउटा जातिको मात्र थियो । अहिले सबैको भएको छ । 'अहिले तिज सबैले मनाउँछन्, यो सांस्कृतिक चेतनाको राम्रो संकेत हो,' उनले भनिन् ।

************

नायिका निशा अधिकारी दर खान आमाको पछि लागेर मामाघर हिँडेकी थिइन् । तिज आउँदा हौसिएकी उनको मामाघर पुगेर पनि नाच्ने सोचाइ भने रहेनछ । 'नाच्न त मन लाग्छ, तर तिजको गीतमा नाच्नै आउँदैन,' हतारमा उनले सुनाइन् । उनले थाहा पाएदेखि नै घरमा खाइने दरमा मासु थियो । 'तिजको दरमा मासु खाँदा अनौठो लाग्दैन,' उनले भनिन् ।

समयसँगै हाम्रो मौलिकता पनि बगेर गयो । यो वेगले हुत्याएर हाम्रो संस्कृतिलाई निकै पर पुर्‍यायो । निशा पहिले र अहिले बज्ने तिजका गीतमा निकै अन्तर भएको बताउँछिन् । 'पहिलेका तिजका गीतमा नारीको वेदना मिसिएका हुन्थे,' उनले भनिन्, 'अहिले समयले कोल्टे फेर्‍यो, तिजको गीतमा बीचबीचमा 'भ्वाइलेन्ट फुटेज' हालिन्छ, त्यो मन पर्दैन ।'

उनलाई वर्षमा एकपटक आउने तिजले महिलाको स्वतन्त्रता दर्शाउँछ भन्ने लाग्छ । 'तिज यस्तो चाड हो, जसमा आफ्ना दिदीबहिनीहरू एकापसमा भेट हुन्छन् र सुख-दुःखका गफ गर्छन्, यही हो हाम्रो स्वतन्त्रता ।'

तिजमा श्रीमान्को लामो आयुका लागि व्रत बसिन्छ । 'तर, भोको पेटमा व्रत बस्नु उचित होइन,' निशा भन्छिन् । 'श्रीमती भोको बस्दा श्रीमान्लाई टेन्सन मात्र हुन्छ,' निशाले भनिन्, 'त्यसैले भोको पेट नबसी शुद्ध खानेकुरा जे खाए पनि हुन्छ ।'

 

Subscribe to comments feed Comments (9 posted):

govinda adhikari on 27/08/2009 12:16:04
avatar
aghillo raat tanna khayo 12 baje agadi ani voli palta barta basyo. darkhane vaneko tanna khane hoina alikati khaye jasto garne ho prasad khaye jasto gari. ani yo nisha lai disco ko vako vaye nachna authiyo hola bichari lai teej ko geet ma nachna ayenacha. hindi geet ra remix ma nachne baani cha Nisha ko ani kasari aucha teej ma nachna. Arki Namrata chai teejma raato sari nalagayera k seto sari lagauchau ta.Yati ho Nisha ra Namrata ko acting chai ramro cha filmma.
Thumbs Up Thumbs Down
0
Govinda Adhikari on 25/08/2009 18:17:51
avatar
k vo ha
Thumbs Up Thumbs Down
0
chiranjibi Timalsina on 23/08/2009 05:43:10
avatar
Yo news ramro 6. sachikai nepali chad bad and mauliktama din prati din Bikriti aaudai 6 . jasle nepali kala saskriti ma chhada pan dekhiyeko 6 , aba ka dinma nepali kalakar pani bikriti ra bisangati birudha lagne ho bhane sachi nai ramro kura lina sakinchha .
thanks
Thumbs Up Thumbs Down
0
niranjan,Malaysia on 23/08/2009 05:26:58
avatar
Sabai ko kura sunda sabai ramro lagcha ramro nai hola ni
Thumbs Up Thumbs Down
0
Sayash Shrestha(sayah_shrestha@yahoo.com) on 23/08/2009 04:49:14
avatar
sano sansarko nayika hoina yaar mero nayika maile nai usalai brat nabasna bhaneki thiye kina bhane malai tyasto man pardain aba ma nepal aauchhu bhaneko chhu heru ke hunchha nepal aaye pachhi u sanga bihe garne soch chha bihe pachhi bhane ke garchhe heru usali basna man lagchha bhane baschin. ani patrakar ji arko year pani yasari nai namrata sanga sodhnu aaunu hai .....
Thumbs Up Thumbs Down
0
shuvas sapkota on 23/08/2009 02:25:16
avatar
Thank for naya patrika.
Thumbs Up Thumbs Down
0
Sugam (The Facilate) on 23/08/2009 01:53:09
avatar
k ho Rekha ji tapai lai pani teej jasto pabitra parba ma aadhunikta chirako jasto lagcha ra?tapai haru jasto nayaka nepal ma bhaya pachi yastai ho?
ani k ho Namrata actress bhayo bhandaima nepal ko parampara lai ni bhulna khojako ho?aaile ko youth le aafno saskarati lai na bachya k bideshi aayara hamro saskarati lai bachaune kaam garchan ra?
ani Nisha bhanne actress pani hunu hudyo raicha film ma aardha nangha bhayara nachna chai aaune ani teej ko geet ma nachna chai na aaune re kasto majak garako hola?
jasle j bhane pani hamro kala ra saskarati ma naramro paan lai aagalna badhya garauna ma flimi chitra ka manish ko thulo haat 6.I heat that thing.
Thumbs Up Thumbs Down
0
shalu on 22/08/2009 21:19:30
avatar
raat bhari bihanai din bhari lai pugne gari khan6au k ko brata ho ra tyo?brata basera ramro poi bhetin bhane ko ta jhan mero budhale keti pherekai phere gar6 ma ta dikk bhai sake
Thumbs Up Thumbs Down
0
kausalya,europe on 22/08/2009 20:06:01
avatar
yesta chhada taruni ketiharu ko sadhai khusimai teej manau6an,uta pharkera samjhanus ta garib pariwarka chhori haruma sayad k rato cholo,sindur,chura,6adke tilhari pani sapanamai kalperama lagayera baseka holan,eniharu ko pani rahar thiyo hola lagaune ani nachne,saharka ketiharuma k sundarta 6ra?gauka ketiharuko ma chahi sundarta 6ena ra?vergin pani rahan6an,e mathiko ketiharu ko thauma gauka ketiharu photo dekhauda ramro hunthyo haina patrakar mahodaya kaso???
Thumbs Up Thumbs Down
0
total: 9 | displaying: 1 - 9

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?