Newsletter
Email:
Home | अन्तिम पृष्ठ | चलचित्रका गीत लेख्दै सिवाकोटी

चलचित्रका गीत लेख्दै सिवाकोटी

Font size: Decrease font Enlarge font
image

सुगम संगीतमा जमेका मोहन भुषाल, रामकृष्ण ढकाल मात्र होइन अग्रज पुस्ता फत्तेमान राजभण्डारी र दीप श्रेष्ठको स्वरमा पनि उनका शब्द घन्किएका छन् । ती शब्द जनजिब्रोमा झुन्डिएका पनि छन् । वर्षगणना गर्ने हो भने उनले गीत लेख्न थालेको २३ वर्ष भइसकेछ । आधुनिक र सुगम संगीतमा २३ वर्ष खर्चिएका उनै गीतकार विजय सिवाकोटी अहिले चलचित्र संगीततिर तानिएका छन् च्यालेेन्जबाट ।

चलचित्र च्यालेन्जमा उनले पाँचवटा गीत लेखेका छन् । त्यसमा उनका पार्टनर रहेछन् गायक नवीन के भट्टराई । ०४३ मा गायक सुनील उप्रेतीको स्वरमा सजिएको 'बिहानीको शीत बनी' बोलको गीतबाट गीत लेखन-यात्रा सुरु गरेका सिवाकोटीले करिब एक सय ५० गीत रेकर्ड गराइसकेका छन् । उनका अधिकांश गीत जनजिब्रोमा झुन्डिएका पनि छन् । रामकृष्ण ढकालले गाएको 'थाहा छैन कुन मोडमा' होस् या मोहन भुषालले गाएको 'मेरो माया छोडी आए' र 'हात बाँधी पछ्यौरीभित्र' जस्ता गीतहरू उनकै शब्द हुन् ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?