आलोकश्रीलाई संगीत चोरेको आरोप
सगीतकार चेतन सापकोटाले आफ्नो गीतको मेलोडी चोरी भएको बताएका छन् । आफूले सिर्जिएको खलनायक फिल्मको मागेर पाउने भए म तिम्रै लागि खुसी माग्थेँ बोलको गीत अर्का संगीतकार आलोकश्रीले हुबहु नक्कल गरेको आरोप उनको छ । चेतनका अनुसार आलोकश्रीले संगीत दिएको लुकेर लाएको माया एल्बमको तिम्रो आगमन... बोलको गीतको मेलोडी मागेर पाउने भएसँग हुबहु मिल्छ । आफ्नो मेलोडी चोरिएको थाहा पाएपछि आफू निकै तनाबमा परेको उनले बताए । 'म हेटौँडामा थिएँ । संगीतकर्मी साथीहरूले फोन गरेर मेरो गीत चोरी भएको सुनाएपछि मलाई निकै तनाब भयो,' उनले भने, 'काठमाडौं आएपछि आलोकश्रीजीले गरेको गीतको प्रोमो टिभीमा हेर्दा त आफैँ अचम्ममा परेँ ।' आलोकश्री भने आफूले कसैको संगीत नचोरेको दाबी गर्छन् । 'मैले आफ्नै परिचय बनाएको छु । मलाई अरू कसैको मेलोडी चोर्ने आवश्यकता छैन,' उनी भन्छन्, 'एउटै सरगमबाट उठाएको सुर मिल्न सक्छ । तर, मैले त्यसो गरेको छैन । फेरि सरगम कसैको पेवा पनि त होइन ।' आफूले संगीत सिर्जिएको विकास राणाको उक्त गीतको दस सेकेन्डको प्रोमो मात्र सार्वजनिक भएकाले पूरा गीत नसुनी चेतनले आफूमाथि आरोप लगाएकामा आफू तनाबग्रस्त भएको आलोकश्रीको कथन छ । 'अहिलेसम्म त्यो पूरा गीत सावर्जनिक भएको छैन । पूरा गीत नसुनी त्यसै आरोप लगाउन मिल्दैन,' आलोकश्रीले भने, 'मेरो गीत बिल्कुलै फरक छ । मलाई कसैको संगीत सापटी लिनु जरुरी छैन ।' आलोकश्रीको उक्त गीतको प्रोमोबाट नै आफ्नो संगीत चोरिएको प्रमाणित भएको बताउँदै चेतन भन्छन्, 'एक कराही हलुवाको स्वाद एक चिम्टी खाँदैमा थाहा हुन्छ ।' अचेल फिल्म तथा संगीत वृत्तमा पनि आलोकश्रीले चेतनको संगीत हुबहु नक्कल गरेको चर्चा चल्न थालेको छ । आलोकश्री भने यो कुरा मान्न तयार छैनन् । आफ्नो मेलोडी चोरिएकामा त्यसविरुद्ध मुद्दा दायर गर्ने तयारीमा लागेको चेतन बताउँछन् । 'मेरो मेलोडी पाइरेसी भएको छ । पूरा गीत सुनेपछि प्रतिलिपि अधिकार ऐनअन्तर्गत मुद्दा हाल्छु । उनको मुद्दाको माग के हुनेछ त ? भने, 'प्रतिलिपि अधिकार हनन भएको छ । त्यसको क्षतिपूर्ति पाउनुपर्यो । साथै, त्यो गीतमाथि तत्काल प्रतिबन्ध लगाइनुपर्छ ।' आलोकश्रीले भने पूरा गीत नसुनी बेहोसीमा योजना बनाउनुको घाटा आफूलाई नपर्ने बताए । लिक्ष्मण सुवेदी अभिनयसँगै निर्माण मोह ०३९ सालमा बालकलाकारका रूपमा कलाकारिता सुरु गरेकी सुर्खेतकी बिनु रोकाया खतरनाक जंगलबाट फिल्म निर्मात्री बनेकी छिन् । राजु गिरीको निर्देशनमा बनेको उक्त फिल्म प्रदर्शनका लागि तयार भएको छ । फिल्म निर्माण गाह्रो काम भएको अनुभव छ उनीसँग । खतरनाक जंगलको एउटा दृश्य छायांकनका क्रममा भारतबाट ल्याइएको सर्पले निर्देशक तथा कलाकार राजु गिरी र पवन बस्नेतलाई टोकेर केही दिन सुटिङ स्थगित गर्नुपर्दा उनलाई साह्रै नमज्जा लाग्यो रे ! भनिन्, 'त्यतिबेला मलाई फिल्म बनाउनु त फलामको चिउरा चपाउनुसरह रहेछ भन्ने लाग्यो । निकै तनाब हुँदोरहेछ ।' तैपनि, उनले हरेस खाएकी छैनन् रे ! यो फिल्म प्रदर्शनपछि अर्काे फिल्म सुरु गरिहाल्ने तयारीमा जुटेको बताउँछिन् उनी । केही म्युजिक भिडियो, खुला किताब, अल्छी तिघ्रो स्वादे जिब्रो, जंगलयात्रालगायतका टेलिशंृखला तथा सानो संसार, वषर्ात्, भाग्य आदि फिल्ममा अभिनय गरेकी बिनु आफूले थुप्रै स्टेज शो गरेको बताउँछिन् । फिल्म निर्माणलाई व्यवसायका रूपमा लिएको बताउने उनको फिल्ममा सरिता गिरी सहनिर्मात्री रहेकी छिन् ।



del.icio.us
Digg
alok is my fav composer dont ever blame him.i dont think he need to copy ur ****** music.
i think after few days u may blame AR rehman also.
pandey suresh
Post your comment