Newsletter
Email:
Home | अन्तिम पृष्ठ | पालो अब निशानाको

पालो अब निशानाको

Font size: Decrease font Enlarge font
image

काठमाडौं/ नायक निखिल उप्रेतीले निर्माण गरेको दोस्रो फिल्म निशाना १६ असोजबाट राजधानीको विश्वज्योतिलगायतका एक दर्जन हलमा प्रदर्शन हुने भएको छ । लामो समयदेखि प्रदर्शनको पालो पर्खेको सो फिल्मका निर्देशक सुरेशदर्पण पोखरेल हुन् ।

दर्पण क्रिएसनको ब्यानरमा निर्माण भएको निशाना पूर्ण मनोरञ्जक फिल्म भएको लेखकसमेत रहेका निर्देशक सुरेशले बताएका छन् । 'भरपुर मनोरञ्जक कमेडी फिल्म हो । एक्सन, सेन्टिमेन्ट सबैको सम्मिश्रण छ,' फिल्मबारे निर्देशक सुरेशले भने, 'नेपाली फिल्मको परम्परागत निर्माण शैलीभन्दा अलि पर हटेर आधुनिक फिल्म बनाएका छौँ ।' आफ्नो निर्देशनमा बनेको पहिलो फिल्म भएकाले निशाना प्रदर्शनको मिति नजिकिँदै जाँदा कस्तो परिणाम आउने हो भन्नेबारेमा आफू निकै उत्साहित भएको कथा उनको छ । 'यतिका वर्ष यो क्षेत्रमा मैले गरेको कामको अनुभव खन्याएको छु,' सुरेश भन्छन्, 'यो मेरो अग्निपरीक्षा हो ।'

निर्माता नायक निखिल उप्रेती पनि आफ्नो फिल्मले कस्तो व्यवसाय गर्छ भन्ने विषयमा सोचमग्न भएको बताउँछन् । 'निशानाको रिलिज डेट नजिकिएका कारण यसपालिको दसैँमा घर -सर्लाही) नजाने भएको छु,' उनले भने, 'फिल्म रिलिजको चाँजोपाँजो मिलाउन दौडधूप छ ।'

निशानामा निखिलका अलावा राजेश हमाल, दिलीप रायमाझी, रेजिना उप्रेती, नन्दिता केसी, सुनील दत्तलगायतका कलाकारको अभिनय छ । निखिल उप्रेती र निखिल श्रेष्ठको प्रस्तुति रहेको यो फिल्ममा सुरेश अधिकारीको संगीत रहेको छ ।

Subscribe to comments feed Comments (1 posted):

nepali movie lover on 02/10/2009 06:05:54
avatar
Best Of Luck for your movie nikhel!!!!!!!!!!!!!!!!!!!!!I wish it will be a super duper hit nepali movie......
Thumbs Up Thumbs Down
0
total: 1 | displaying: 1 - 1

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
5.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?