माई डिजायरमा माया बैगुनी
काठमाडौं/ गायक पुष्कर जंगमले आफ्नो नयाँ एल्बम माई डिजायरमा प्रसिद्ध गायक उदीतनारायण झाको चर्चित गीत माया बैगुनी, नभै नहुने रिमिक्स गरी समावेश गरेका छन् । टाइम्स म्युजिकले बजार व्यवस्थापन गरेको उनको एल्बममा रिमिक्स र आधुनिक गरी नौ गीत छन् । गायक पुष्करले यस एल्बममा आफ्ना संगीतकर्मी दाइ दीपक जंगमले गाएको त्यो दिन याद आयो बोलको गीतलाई पनि रिमिक्स गरेका छन् । एल्बमका सबै गीतको संगीत संयोजन राहुल प्रधानले गरेका छन् भने शब्द-रचना वासु ढकाल, अनुप श्रीवास्तव, देवकुमार श्रेष्ठ र हरि अधिकारीको छ । हालै विमोचन भएको उक्त एल्बमका अन्य गीतमा आऊ मायालु, यो कस्तो नशा, रात ढल्यो, रक्तिएको मुटुलगायतका छन् । बजारमा आएको छोटो समयमै आफ्ना गीत श्रोतामाझ चर्चित बन्दै गएको उनको दाबी छ ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment