भुइँचालो आउने
काठमाडौं/ हास्य कलाकार रवि डंगोल र पूर्ण थापाको संयुक्त निर्देशनमा निर्माण भएको हास्यटेलिशंृखला भुइँचालो मंगलबारदेखि कान्तिपुर टेलिभिजनबाट प्रसारण हुदै छ ।
वल्र्ड भिजन र की एड्भरटाइजिङमार्फत प्रसारण हुन लागेको सो टेलिशृखलामा पूर्ण थापा, रवि डंगोल, मुनाल घिमिरे, पल्पसा डंगोल, जानुका केसी, राजन थापा, देविका केसी, कुमार कार्कीलगायत कलाकारले अभिनय गरेका छन् । भुइँचालोमा चेतन सापकोटाको संगीत र वनझाँक्रीको कान्छो बाउको लेखन रहेको छ । आफ्नो शृखला पृथक हास्यरसले भरिएको दाबी निर्देशकमध्येका एक रवि डंगोलको छ ।
नवौँ संस्करणमा 'अन्तर्मनको यात्रा’
काठमाडौं/ जगदीश घिमिरे लिखित मदन पुरस्कार विजेता पुस्तक अन्तर्मनको यात्राको नवौँ संस्करण बजारमा आएको छ । नयाँ संस्करणको आवारण भने परिवर्तन गरिएको छ ।
बजारमा आएको डेढ वर्षभित्रै नवौं संस्करण प्रकाशन भएको घिमिरेको उक्त आत्मालापले यसवर्षको उत्तम शान्ति पुरस्कार पनि पाएको थियो । 'नयाँ संस्करणमा केही पृष्ठ पनि थपिएका छन्,' लेखक घिमिरेले भने, 'केही नाम र मितिमा भएका त्रुटि पनि सच्याएको छु ।' किताब सर्वाधिक बिक्री भएको दाबी जगदीश घिमिरे प्रतिष्ठानले गरेको छ । 'डेढ वर्षमै १४ हजारप्रति बिक्री भयो,' लेखक घिमिरेले भने, 'नयाँ संस्करण पनि १२ सयप्रति बिक्री भइसकेको छ ।'



del.icio.us
Digg
Post your comment