अभिनयसँगै फिल्म निर्माण
जुत्ता खाने बुहारी, कसले चोर्यो मेरो मन, घरपरिवार, जन्तरलगायतका फिल्म तथा टेलिशंृखलामा अभिनय गरेकी अभिनेत्री एलिजा रिजाल निर्मात्रीसमेत बनेकी छिन् । उनले निर्माण गरेको फिल्म वष्ा आकाश गंगा अर्काे सातादेखि उपत्यकाबाहिरबाट प्रदर्शन हुने भएको छ ।
फिल्मप्रतिको मोहका कारण अभिनयसँगै निर्माणमा समेत हात हालेको बताउने एलिजा वषर्ा आकाश गंगाको प्रदर्शनसँगै राजु गिरीको निर्देशनमा दोस्रो फिल्म दिलमाया निर्माण गर्ने योजना बनाएको सुनाउँछिन् ।
परमाणु प्रधानको निर्देशनमा तयार भएको सो फिल्ममा दिलीप रायमाझी, रन्जु लामिछाने, सुनील थापा, काजोल झा तथा एलिजा स्वयं मुख्य भूमिकामा छन् । आफ्नो फिल्म नारी संवेदनाले युक्त भएको दाबी उनको छ । फिल्म एक्सन, कमेडी, नारी संवेदना, ग्ल्यामर सबै मसला समावेश भएकाले दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको उनले बताइन् ।
प्रहार बन्ने
काठमाडौं/ अर्जुन, चाँदनी र दोबाटोपछि निर्माता टंक लम्सालले प्रहार नामक फिल्म निर्माण गर्ने भएका छन् । सानु शाक्यको निर्देशनमा मंसिरको पहिलो सातादेखि छायांकन सुरु हुने सो फिल्ममा विराज भट्ट तथा रेखा थापा प्रमुख भूमिकामा अनुबन्ध भएका छन् ।



del.icio.us
Digg
Post your comment