रेखा नाचेकोमा माओवादी खुसी
बुटवल, १४ मंसिर : एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डसँग नायिका रेखा थापा नाचेकोमा माओवादी खुसी भएको नेत्रविक्रम चन्द 'विप्लव' ले बताएका छन् ।
एकीकृत माओवादी स्थायी समिति सदस्य विप्लवले नायिका थापाले प्रचण्डसँग नाच्दा गाएको गीत लालुपाते नुग्यो भुइँतिरलाई जनताको साहित्यको गीतका रूपमा विश्लेषण गर्दै खुसी व्यक्त गरेका हुन् । आइतबार बुटवलमा पत्रकारमाझ उनले भने, 'माओवादीले आफ्नो मात्र गीत गाउँछ भन्ने छैन । पार्टीभित्रको संस्कार पार्टीभित्र हुनुपर्छ, जनतासँगको संस्कार जनतासँगै हुनुपर्छ । त्यसलाई त्यहीअनुरूप लिनुपर्छ,' उनले माओवादीको आन्दोलनमा नेपाली फिल्मका कलाकारले साथ दिएकोमा पार्टी निकै खुसी भएको बताए ।
माओवादीद्वारा गठित संयुक्त राष्ट्रिय जनआन्दोलन समितिका महासचिव रहेका विप्लवलेे माओवादी सांस्कृतिक क्रान्तिको पक्षमै रहेको प्रस्टयाउँदै आन्दोलनका क्रममा सामना परिवारले आमा दिदीबहिनी हो बोलको क्रान्तिकारी गीत र नायिका थापाले मायाको गीत गाउनुलाई पनि जनताकै साहित्य भएको विश्लेषण गरे ।
माओवादी सधैँ छाडा संस्कृतिको विरोधमा रहेको बताउँदै नेता विप्लवले नायिका थापासँग आफ्ना अध्यक्ष प्रचण्ड नाच्दैमा माओवादी कथित सुन्दरी प्रतियोगिताको पक्षमा खडा भने नहुने प्रस्टयाए । उनले भने, 'सुन्दरी प्रतियोगिताले महिलालाई मनोरञ्जनको साधन बनाउँदै आएकाले माओवादीले त्यसको विरोध गर्दै आएको हो ।'
माओवादीले जनयुद्धको वेला पाइन्ट लगाउने युवतीका पाइन्ट नकाटिदिएको जिकिर गर्दै नेता विप्लवले उल्टो पाइन्ट लगाएकालाई सुल्टो लगाउने सल्लाहमात्र दिएको दाबी गरे । भने, 'हाम्रो पार्टी सांस्कृतिक क्रान्तिको पक्षमा छ । त्यसका लागि सभ्य सांस्कृतिक आचरण अपनाउनु जरुरी भएकाले समाजमा उपद्रो गर्नेलाई मात्र कारबाही गरिएको हो ।'



del.icio.us
Digg
Aba RAJNEETI nagar Prachand, filmki harulai kaaadhma rakhera nachdai hid, tero samaye aba sakiyo, budho syaal dherai ufrane hoina,aba rekhale ta haat samai holi pakkai, aru filmki nayikaharule ta jhan k k samatna dinchhan, hahahaha..la la moro prachandele pani moj garechha,k garnu bichara 10 barsha khaderima paryathyo, tehi byaaj nikaleko hola...hahahaha..good luck prachand ani aru prachandeko bharute harulai ni..ALL THE BEST..
Walin Syangja ko KHUNKHAR GUNDO.
Post your comment