Newsletter
Email:
Home | सप्तरंग | कठोरता नै पुरुषको सौन्दर्य

कठोरता नै पुरुषको सौन्दर्य

Font size: Decrease font Enlarge font
image

भनिन्छ, फिल्म उद्योग सपनै-सपनाको उद्योग हो । नेपालको मायानगरी त्यति ठूलो छैन, तर ठुल्ठूला सपना बोकेर यस मायानगरीमा हामफाल्ने धेरै छन् । सपनाहरूको यस उद्योगमा 'नायिका' धेरै युवतीका लागि पि्रय र आकर्षक शब्द हो । धेरै युवती नायिका बन्ने सपनाका पछाडि हत्ते हालेर लागेका छन् । तर, नायिका गौरी मल्ललाई हिरोइन या नायिका कहिल्यै न सपनाको कुरा बन्यो न रहरको । 'म त आर्मी बन्ने सपना देख्थेँ,' उनले हाँस्दै भनिन् ।

आर्मी परिवारमा जन्मिएकी गौरीको सपना कुनै सामान्य महिलाको रुमानी सपनाभन्दा भिन्न थियोआर्मी बनेर स्यालुट मार्ने र परेड खेल्ने । एकप्रकारले गौरी सानैदेखि पुरुष बन्ने सपना देख्थिन् । तर, मान्छेको जीवन कहाँ सोचेजस्तो हुन्छ र ? जीवनका असंख्य घुम्ती र मोडले मान्छेलाई नयाँ गोरेटोमा पुर्‍याइदिन्छ । आर्मी बन्ने सपना बोकेकी गौरीको जीवनमा पनि यौटा यस्तो मोड आयो, जसले पत्तै नदिई उनलाई हिरोइन बनाइदियो । 'हिरोइन बन्ने न मेरो सपना थियो, न रहर नै,' उनले सुनाइन्, 'जे सोचिनँ त्यही भएँ, अर्थात् नायिका बनेँ । नसोचेको भइदिने, जिन्दगी यस्तै त रहेछ ।'

पुरुषजस्तै आर्मी भएर परेड खेल्ने सपना बोकेकी गौरीले अभिनयबाट बनाएको उचाइ देख्दा डाहाले भुतुक्कै हुनेहरूको कमी छैन यहाँ । तर, गौरीलाई भने परेड खेल्न नपाएकामा कहिलेकाहीँ पश्चात्ताप हुन्छ रे । भन्छिन्, 'बाबा र मेरो सपना आर्मी बन्ने थियो । आर्मी बन्न नपाएकामा कहिलेकाहीँ पीडाबोध हुने गरेको छ । पुरुषजस्तै आर्मी बनेर परेड खेल्ने मेरो अधुरो सपना हो ।'

gauri-malla-_--_--गौरी मल्लले आफ्नो सपनाविपरीत हिरोइन बनेर साढे दुई दशक बिताइन् । आर्मी बनेर पुरुषसँगै परेड खेल्ने सपनालाई एकातिर थन्काएर अभिनयमा लागेकी गौरीको जीवनमा अहिलेसम्म कति पुरुष आए होला ? 'थाहै छैन,' गौरीले भनिन्, 'अनेक रूप र सम्बन्धमा कति पुरुष आए कति ? कुनै हिसाबकिताब छैन । हिसाबकिताब राखेर साध्य पनि हुँदैन ।' त्यसो भए उनका लागि योग्य पुरुषहरूचाहिँ कति भेटिन् होला त उनले ? 'यो प्रश्न नै गलत छ,' उनले 'गलत' प्रश्नको सही उत्तर दिँदै भनिन्, 'कुनै पनि पुरुष योग्य र अयोग्य भन्ने हँुदैन । कुनै एकजनाका लागि अयोग्य पुरुष, अरूका लागि योग्य बन्न सक्छ । मसँग लोकसेवा वा अरू कुनै विश्वविद्यालयले योग्यताको मापन गरेजसरी पुरुषको योग्यता मापन गर्ने कुनै साधन छैन ।'

एउटा महिलाको जीवनमाथि सधैँ पुरुष नै हाबी हुने सामाजिक व्यवस्थामा बाँचेकी छिन् गौरी । जुनसुकै सम्बन्ध र स्वरूपमा आए पनि गौरीको जीवनमा पनि सधैँ पुरुष नै हाबी भयो । उनले पनि पुरुषसँग भेटिनुको आनन्द भोगेकी छिन् । र, पुरुषसँग छुट्टनुको पीडा पनि बेहोरेकी छिन् । कुनैवेला उनी पनि कसैकी श्रीमती र कसैकी बुहारी थिइन्, तर अहिले उनी ती साइनाबाट मुक्त छिन् । पुरुषसँग महिलाको सम्बन्ध किन टुट्ने गर्छ होला ?

'पुरुषकै कारणले,' उनले दाबीका साथ भनिन्, 'ईश्वरका नाममा पुरुष पण्डितहरूले बनाएको सामाजिक मान्यताका कारण महिला प्रताडित छन् । त्यही प्रताडना सहन नसक्दा महिलाले सम्बन्ध र साइनो तोड्छन् ।'

गौरीले फिल्म सुटिङका क्रममा देशका धेरै जिल्लाका गाउँमा गएर नजिकबाट महिलाका समस्या नियाल्ने मौका पाएकी छिन् । 'धर्म र सामाजिक मान्यताका नाममा पुरुषबाट यहाँ हजारौँ महिला प्रताडित छन्,' कुनै समाजशास्त्रीले झैँ विश्लेषण गरिन् उनले, 'हाम्रा दिदी-बहिनी कुनै विकल्प नभएपछि त्यही प्रताडना सहेर बाँचिरहेका छन् ।' धर्म, संस्कृति र सामाजिक मान्यताका आधारमा पुरुषले महिलामाथि गर्ने विभेदको घनघोर विरोधी देखिइन् उनी, 'म त विरोधै-विरोधले भरिएकी मान्छे हुँ । पुरुष पण्डितहरूले बनाएका धेरै मान्यतासँग असहमत छु म ।' 

गौरीसँग पुरुषप्रति आक्रोश र असहमति मात्रै छ कि माया र आत्मीयता पनि छ ? 'यो पुरुषप्रतिको आक्रोश होइन,' उनले भनिन्, 'पुरुषप्रधान मान्यताप्रतिको अहसमति हो । माया र आत्मीयताविनाको त मान्छे नै हुँदैन ।'

उनलाई पुरुषको के कुराले प्रभाव पार्छ त ? 'पुरुषको बौद्धिकताले,' उनले भनिन्, 'बाहिरी आवरणले मलाई केही प्रभाव पार्दैन । लुगाले मान्छे जस्तो पनि देखिन सक्छ, तर उसलाई बौद्धिक भने ऊ आफूबाहेक कसैले बनाउन सक्दैन ।'

गौरीलाई बाहिरी आकर्षण सबै भ्रम लाग्छ । अहिलेसम्म उनले धेरै पुरुषको संगत गरिन् । फिल्म लाइनमा धेरै पुरुषसँग काम गरिन् र गरिरहेकी छिन् । अहिलेसम्मको उनको अनुभव र बुझाइमा पुरुषको सबैभन्दा सुन्दर विशेषता के होला ? 'कठोरता नै पुरुषको सबैभन्दा सुन्दर विशेषता हो,' उनले सुनाइन्, 'यस कठोरताभित्र सुन्दरता लुकेको हुन्छ ।' सबै पुरुष कठोर नै हुन्छन् र ? 'मात्रा कम र धेरै होला, तर प्रत्येक पुरुषभित्र कठोरता लुकेको हुन्छ,' सिंगो पुरुषजगत्लाई कठोर बनाइदिइन् उनले । कठोरता पुरुषको सुन्दर विशेषता हो भने पुरुषको सबैभन्दा कुरूप विशेषता या प्रवृत्तिचाहिँ के हो त ? 'उसको अहम् । आफूलाई सबैभन्दा सर्वोच्च ठान्ने प्रवृत्ति हुन्छ उसको,' उनी यस्ता अप्ठ्यारा प्रश्नका यति छिट्छिटो जवाफ दिइरहेकी थिइन् कि मानौँ उनी वर्षांदेखि गम्भीरतापूर्वक पुरुषमाथि अध्ययन गरिरहेकी हुन् ।  

उनी नेपाली फिल्म उद्योगकी पुरानी नायिका हुन् । ७० भन्दा बढी चलचित्रमा अभिनय गरेकी गौरी पर्दामा धेरै पुरुषका प्रेमिका बनिन्, कतिकी श्रीमती पनि बनिन् । धेरै हिरोसँग अभिनय गरेकी उनी कसबाट प्रभावित छिन् ? 'भुवन केसी र शिव श्रेष्ठ,' उनले सुनाइन्, 'उहाँहरूको अभिनय र व्यक्तित्वबाट धेरै प्रभावित छु ।' भुवनको रोमान्टिक अभिनय र शिवको हास्य रोलबाट प्रभावित छिन् रे उनी ।

उनलाई पुरुष नेताहरूमा को-को प्रभावशाली लाग्दा हुन् ? 'गणेशमान सिंह, गगन थापा र डा. बाबुराम भट्टराई,' उनले भनिन्,

'उहाँहरूको बौद्धिकताबाट प्रभावित छु ।' यीमध्ये पनि उनलाई सबैभन्दा सुन्दरचाहिँ गणेशमान लाग्छन् रे । 'व्यक्तिगत स्वार्थविना देशका लागि सोच्ने नेपालको एउटै मात्र नेता गणेशमान हुन्,' उनले गणेशमानप्रति असीम श्रद्धा प्रकट गरिन् । गणेशमानसँग नजिक रहेर बस्ने धेरै अवसर पाएकी रहिछिन् उनले । 'मैले उहाँ बिरामी हुँदा धेरैपल्ट औषधी र भात खुवाएकी छु,' उनले भावुक हुँदै भनिन् ।

सबै महिलाको एउटा न एउटा सपनाको राजकुमार हुन्छ, त्योसँग जीवन बिताउन पाए यस्तो हुन्थ्यो, त्यस्तो हुन्थ्यो भन्ने तर्कना र कल्पना हुन्छ । गौरी मल्लको सपनाको राजकुमार को होला त ? 'पावेल,' उनले सुनाइन्, 'म्याक्सिम गोर्कीको आमा उपन्यासको हिरो पावेल मेरो सपनाको राजकुमार हो । पावेलजस्तो क्रान्तिकारी र जुझारु पुरुष पाए अहिल्यै बिहे गर्थें ।' तर, पावेलजस्तो कुनै पुरुष अहिलेसम्म उनले भेटेकी छैनन् रे ।

गौरी वैवाहिक जीवनबाट टाढिएको ६ वर्ष बितिसकेको छ । फेरि पनि पुरुषसँगको जीवनको सपना उनीसँग छ कि छैन ? 'सपनाविनाको पनि मान्छे हुन्छ र ?' उनले भनिन्, 'तर सबै सपना पूरा नहुन सक्छन् । म आफ्ना सपनालाई गोप्य नै राख्न चाहन्छु ।'

उनको अब फेरि घरजम हुने/नहुने कुनै टुंगो छैन । 'बिहे गर्छु भनुँला, नहोला । गर्दिनँ भनुँला, होला,' उनले भनिन्, 'जिन्दगीको कुनै टुंगो हुँदैन । भविष्य कसले पो देखेको हुन्छ र ?'

अब गौरीले पुरुषसँगको जीवन सुरु गरिन् भने उनी कस्तो पुरुष रोज्दी हुन् ? 'बौद्धिकता, अरूको भावनाको कदर गर्ने क्षमता, समाज र परिवारप्रतिको उत्तरदायित्वबोध भएको पुरुष,' उनले भनिन् । यी विशेषता या गुण भएका पुरुष नपाएर बिहे नगरेकी त होइनन् उनले ? 'होइन,' उनले भनिन्, 'तर मैले अहिले बिहेतिर ध्यान दिएकी छैन ।' त्यसो त अहिले पनि उनको घरमा बिहेको प्रस्ताव लिएर आउने धेरै छन् । व्यापारी, कर्मचारी, उद्योगपतिदेखि कलाकारसम्मलेे बिहेको प्रस्ताव लिएर आइरहेका छन् रे ! गौरीलाई नयाँ जीवनको सुरुवात गर्न कसले रोकेको छ त, अथवा के ले रोकेको छ त ? 'थाहा छैन, कसले र केले भन्नु अब,' उनले सुनाइन्, 'प्रेम गर्न, बिहे गर्न कसले र केले रोकेको छ भन्ने कुरा थाहै हुन्न रहेछ ।'

कविता र गीत लेख्नु गौरी मल्लको सोख हो । उनी राम्रो गाउँछिन् पनि । उनी अहिले कवि, गीतकार र गायिकाको परिचय बनाउने ध्याउन्नमा छिन् । 'मलाई राम्रो कविता र गीत लेख्न सक्छु भन्ने आत्मविश्वास छ र लेखिरहेकी छु ।

उनले अहिलेसम्म पुरुषमाथि कुनै कविता र गीत लेखिन् कि लेखिनन् होला ? 'किन नलेख्नु, धेरै लेखेकी छु ।'


उनले सुनाइन्, 'मेरो कुनै रचनामा पुरुषप्रति आक्रोश छ भने कुनैमा प्रेम ।'

बजारमा चाँडै नै उनको एल्बम आउँदै छ । त्यस एल्बमको शीर्षगीत एउटा पुरुषलाई सम्बोधन गरेर लेखेकी छिन् । त्यो गीत उनले गाएरै सुनाइन्

हिजोसम्म आफूलाई बिर्सेर

तँमै हराएकी थिएँ

तेरो झुटो विश्वासमा

म नै गुमाएकी थिएँ

आफ्नै शब्द र संगीतमा उनले गाएको यस गीतमा प्रयोग गरेको 'तँ' शब्द पुरुषलाई नै सम्बोधन गरिएको हो । उनले सुनाइन्, 'यो कुनै पुरुषको बन्धनबाट मुक्त भएपछि लेखिएको गीत हो ।' को होला त्यो पुरुष जसमाथि उनले यसरी आक्रोश पोखेकी छिन् ? 'यो कुराचाहिँ गोप्य नै रहन दिँदा राम्रो होला,' उनले भनिन्, 'यस गीतको गोपनीयता खोल्दा गीतको सुन्दरता लुटिन्छ ।' गोपनीयता र सुन्दरताका विपक्षमा जाने मलाई के अधिकार ?

writer_bhumiputra@yahoo.com

 

Subscribe to comments feed Comments (13 posted):

govinda adhikari on 23/01/2010 23:26:44
avatar
Great actress in nepali movie industry. thanks for this nice article.
Thumbs Up Thumbs Down
0
Navix Ghimire Bista on 22/01/2010 00:06:06
avatar
नेपाली फिल्मकी कुनै बेलाकी जल्दोबल्दो नक्षत्र । सायद कसैले जीवनले पनि नक्षत्र पाएको अनुभव गरेको थियो । यो त गौरी जीको विगत हो । नकोट्याउनु मै बेश होला कि ।
तर पुरुषमा हुनुपर्ने अत्यावशकीय विशेषण र अलंकारको प्रयोग गौरीजीले गर्नुभएको छ यसको तारिफ गर्नै पर्छ । हुनसक्छ उहाँको अनुभव र भोगाई भोली कुनै पुरुष वा महिलाको लागि संसार बुझ्ने आँखा बनोस् । आखिर अनुभवको डिग्री त गौरीजीको अनुपम नै रहेछ । धन्यवाद गौरी जी ।
Thumbs Up Thumbs Down
0
samaye on 21/01/2010 16:51:34
avatar
gauri timile jasari nirbhaye ra satte bolna sakchhau tesko lagi mutu chahinchha bhagwanle timilai sadhai sath dewos .
Thumbs Up Thumbs Down
0
samaye on 21/01/2010 16:00:28
avatar
gauri bhane manis nepalko shan ho bujhyou sarvan ra sritaji aja butwalko kura garecha timiharule tara ma pani butolmai bhako bhaera yeti bhanchu gaurilai aaja pani butwalma ijjatle naam linchhan , usko nam bata bato ko naam samet rakhiyeko chha .na hijoko din ma usle naramro kam garin na ajako din ma . u ek ijjatdaar babu amaki chhiri thin ra hun pani ra timi harulai yo pani bhanidiu ki rajan bhandari le gauri lai chhadeko haina gaurile tyo 10 thauma keti khelaudai hidnelai chhadeko ho. aba timiharu afai afno anuhar ekfera ainama hernu natra euta euti simple manchhelai jpt nabhannu . pida lukayera arulai khusi badne shikchya gauri bata matra lina sakincha . timiharulai jun kurako ghyan chaina tesma jhuthko sahara liyera arkako byektitwo mai ghat hune gari comments nagara . ma gaurilai dherai ramro chinchu. god bless her.
Thumbs Up Thumbs Down
0
rb on 21/01/2010 05:57:35
avatar
very good view of gauri ji
Thumbs Up Thumbs Down
0
rikhu on 20/01/2010 23:44:35
avatar
bichara didi
Thumbs Up Thumbs Down
0
rikhu on 20/01/2010 23:42:11
avatar
gauri didiko kurale malai pani kasto chitta dukhyo.yestai ho flowery world in flowery eyes vaneko. i have a great sympathy on her pain ...
Thumbs Up Thumbs Down
0
shiva on 20/01/2010 15:49:10
avatar
only timi malla ma adhikari k vo ra ma timro saath dina chhu usa bata farkapachi vatula 2 barsa vitrai natra naparkhnu ..........
Thumbs Up Thumbs Down
-2
Ramesh karki on 20/01/2010 15:40:54
avatar
nice article
Thumbs Up Thumbs Down
2
Nirja Pratiksha janu on 20/01/2010 15:20:21
avatar
thanks gauri di tapaiko kurama ma pani sahamat 6u. tapaile aaphulai nabujhe purus lai 6oder ramro garnu bhayo. tapai lai ma pani satta din6u.
Thumbs Up Thumbs Down
2
P J karki on 20/01/2010 14:35:26
avatar
i agree with Gauri, she is right.there is no absolute right or wrong not only person everything in this world.
i found her intellectual and good analysis.
Thumbs Up Thumbs Down
2
sarvan on 20/01/2010 14:22:57
avatar
Tapaiko geetma ketamanchelai ta vani sabda use garnu vayeko rahe6 khusi lagyo rajan bandarilai vaneko hola ek choti tapaiko anuhar enama hernus la tapailai chodnuko karan derai6 hola tapai pani pahilako butwal ko namud nam chaleko sabailai tha6 tehi karan rajanlay chodekohola tehi rislay getma ta vani sabda use gareko hola afu gatilo hunu paryo la gauri ta afulai ramro nathan bye
Thumbs Up Thumbs Down
-1
sritaji on 20/01/2010 14:18:08
avatar
Gauri ji, hami tapai jasato hun chadainau kinki Butwalma tapaiko sab kura tha6 tapai nepali filimko acteres haru kasto6 vanera tapai ramrota hunhun6 tar tapai ramro vayeko vay husbandlay tesai divoresed dini thiyena hola nepali hiroen haru kasto6an vanera ta astiko news bat tha paunau vayo hola nepali heroinharu sab khatam6an la furty nagranus la bye
Thumbs Up Thumbs Down
-3
total: 13 | displaying: 1 - 13

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
5.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?