Newsletter
Email:
Home | सप्तरंग | द्वन्द्व र बन्दले लाहुरे बनायो

द्वन्द्व र बन्दले लाहुरे बनायो

Font size: Decrease font Enlarge font
image

फेसबुकबाट पंक्तिकारको सम्पर्कमा आएका पोखराका राज शर्मा -उनकै आग्रहमा नाम फेरिएको) अहिले गोर्खा बि्रटिस आर्मीका हवल्दार हुन् । पत्रकार भन्ने थाहा पाएर सुरुदेखि नै आफ्नोबारे त्यति नखुलेका राजसँग याहु म्यासेन्जरमा गरिएको एकदिने च्याट ः

– नमस्ते ! के छ नेपालकी नारी ?  
    नमस्ते ! ठीक छ । तिम्रो के छ, राज ? किन नेपाली नारी
    भनेको ?
    के भन्नु त ?
    प्रमिला भन न ।
    भन्दिनँ । नेपालकी नारी नै भन्छु ।
    ल, ल । आर्मीको जात ढिपी छोड्दैनन् । मन लागेको भन । के गर्दै छौ ?
    भर्खर ड्युटीबाट आएको । अब खाना खाने हो ।
    के काम गर्नुपर्छ तिम्ले ?
    कसरी भनाँै, तिमी यहाँ छौ र ? देखाउन मिल्दैन ।
 ल नभन ।
 बाई । मोर नेक्स टाइम ल !
 किन बाई ?  हुन्न । गफ गर न ।
 'आई एम नट डग -म मूर्ख होइन )' । तिमीसँग बोल्न डर लाग्छ । पत्रकारहरू राम्रा हुन्नन् ।
 किन त्यसो भनेको ?
 मलाई नम्रता श्रेष्ठको समाचार छापिएपछि नेपालका पत्रिका मन पर्दैनन् । पत्रकार पनि मन पर्दैन ।
 जे भए पनि समाचार त हो नि । पत्रकारले जनतालाई सूचना दिने आफ्नो धर्म निर्वाह गर्नुपरेन ?
     अर्काको निजी जिन्दगीमा घुस्ने, त्यस्तो पनि धर्म हुन्छ ?
     त्यो पुरानो कुरा भयो । तिम्रो भन ।
     म नेपाल आउने दिन आउन लाग्यो नि ! अब २४ दिन बाँकी छ ।
     दिन कन्ठै छ ?
     अँ, अबको २४ दिनपछि म नेपालको एयरपोर्टमा हुन्छु । बिहान एघार बजे । तिमी आउँछ्यौ ? मेरी ममी र दादा आउँदै हुनुहुन्छ ।
 ए ! म आउँदिनँ । मलाई देखेर तिमी भाग्यौ भने ।
 किन भाग्ने ?
 अस्ति नै म बाँदर्नी थिएँ । अहिले चिम्पान्जी भएकी छु ।
 आब्बुइ ! के भनेको ?
 छोड यो सब । तिमी बिहे गर्न आउन लागेको होइन ?
 हो, माघ २४ गते राम्रो लगन छ रे । तिमी पनि आऊ है मेरो बिहेमा ।
 सबै मिलिसक्यो ?
 केटी बाँकी छ ।
 हा हा हा ...यस्तो पनि हुन्छ र !
 एउटी केटी छ । आमाले हेरेको । मैले हेरेपछि फाइनल ।
 नर्स होला होइन ?
    हो । कसरी जानेको ?
 बाहिर गएका अधिकांश केटा नर्सको पछि लाग्छन् ।
     अनि केटी अमेरिका र पैसाको पछि लाग्छन् ।
     मलाई भनेको तिम्ले ?
     तिमी त नेपाली नारी भइहाल्यौ नि ! मलाई मेडिकल पढेको केटी मन पर्छ । तिमी पनि पढ न बरु ।
     किन पढ्ने ? मेरै पेसा राम्रो छ ।
     पत्रकारिता मन पर्दैन मलाई । ल म भात खान गएँ ।
     किन मन पर्दैन, त्यो त भनेर जाऊ । 
     गोप्य हुन्न त्यसैले ।
     त्यो त तर्क भएन नि !
     के भनेको तिम्ले ? म तिम्रो कुरै बुझ्दिनँ ।
     म पनि तिम्रो कुरा बुझ्दिनँ ।
     नबुझेकै राम्रो ।
     किन ?
     मलाई मेडिकलकी केटी मन पर्छ । तिमी त पत्रकार । तिम्रो र मेरो अब अर्काे जुनीमा ।
     हा...हा...हा... मैले कहिले तिम्रो र मेरो कुरा गरँे ?
     किन कुरा लामो गर्छौ त तिमी मसँग ?
    मलाई आर्मी राम्रो लाग्छ । तिमी मलाई बि्रटिस आर्मीको बारेमा भन न ।
     मैले भनेकै थिएँ नि— पत्रकारहरू जोसँग पनि समाचार बटुल्न कुरा गर्छन् ।
     हे...हे... त्यसो होइन । तिमी साथी भएर सोधेको ।
     कस्तो साथी ? मैले तिम्लाई कहिले साथी भनेँ ?
     ल अहिलेसम्म के भनेर गफ गरेको त ?
     तिमी मसँग यति धेरै किन बोल्छ्यौ ? म त्यस्तो केटा होइन ।
     अघि भनेँ त आर्मी राम्रो लाग्छ ।
     म त्यस्तो केटा होइन । यति लामो गफ कुनै केटीसँग गरेको थिइनँ । मलाई केटीसँग गफ गर्न आउँदैन ।
     हे..हे.. गुड जोक ! मसँग गर्न आउँछ त गफ । म जित्न सक्दिनँ तिम्लाई ।
     म भात खाएर आउँछु के !
     हुन्न, नजाऊ ।
     तिमीले किन यति साह्रो गरेको बिहे हुन लागेको केटालाई ?
     मलाई थोडी बिहे गर्नु छ र ? तिमीसँग गफ पो गर्नु छ । तिमी युएईभन्दा अघि कहाँ थियौ ?
     अफगानिस्तानमा ।
     ए, कति मार्‍यौ त तालिवान ?
     अहिले मारेको कुरा नगर न । मलाई घरको याद आइरहेको छ । बन्दुकदेखि रिस उठिरहेको छ ।
     कति भयो तिमी गएको ?
     दुई वर्ष एघार महिना ।
     बि्रटिसको सेवा गरेछौ मजाले  ।
     पैसा हो नि त सबै कुरा । तिमी पनि पैसा देखे गछ्र्यौ ।
 सायद ! मलाई भन त तिमीलाई अर्काको देशको आर्मी बन्नु राम्रो लाग्छ ? आफैँसँग रिस उठ्दैन तिम्लाई ?
     मैले नेपालमा गर्न नचाहेको हो र ? हेर न कति बन्द हुन्छ । पहिले द्वन्द्व भएर भाग्नुपर्‍यो । अहिले बन्द भएर भाग्नुपर्ने अवस्था छ ।
     हामी त बन्दभित्र पनि गर्न खोज्दै छौँ । बाहिर बसेर गाली गर्नुसट्टा यतै आएर केही गरे हुन्थेन ? सरकारलाई दबाब दिए हुन्थेन ?
     के बनेर दबाब दिने ? वाइसिएल बनेर कि युथफोर्स ? मैले कति दुःख गरेको छु, मलाई नै थाहा छ ।
     कस्तो दुःख ?
     किन भनँू ? छाप्यौ भने ? तिम्रो त डर लाग्छ ।
        म गएँ अहिले अफिसरले मार्छ ।
     को अफिसर ?
     नाम भन्दिनँ । राई छ एउटा तिमीजस्तै घमण्डी ।
     ल ! किन घमण्डी भनेको ?
     त्यो विष्णुलाई तिम्ले मेरो आइडी किन देको ?
     साथी बन भनेर नि । तिमी राम्रो लागेर ।
     मलाई चेक गर्न देको । म सोझो भए पनि कुरा बुझ्छु ।
    तिम्रो र मेरो भेट अर्काे जुनीमा । पत्रकार मलाई मन पर्दैन ।
     हुन्छ अर्काे जुनीमै भए पनि ।
     तिमीलाई के ल्याइदिऊँ ? म भोलि सपिङ जाँदै छु ।
     केही पर्दैन । टन्न पैसा छ कि क्या हो ?
     वाउ ! कति ज्ञानी । मेरो भाइलाई गाडी चाहियो रे । अझ गन पनि भन्दै थियो ।
     गन ? त्यो पनि ल्याइदिन्छौ ।
     हुन्न । नेपालको एयरपोर्टमा समाउँछ ।
     कति कमायौ पैसा भन त ?
     किन भन्ने तिमी मेरो को हौ र ? आजकल शंका लाग्छ मलाई तिमीसँग ।
     शंका नगर, मेरा धेरै साथी छन् तिमीजस्ता ।
     मैले धेरै केटीसँग गफ गरेको छैन । त्यसैले शंका गरेको ।
     तिमी पेन्सन पाकेपछि के गर्ने ?
     सायद पोलिटिक्समा आउँछु । मलाई मन पर्छ ।
     राम्रो कुरा गर्‍यौ । सँगै पार्टी खोलाँैला ।
     हुन्न, तिमीलाई म विश्वास गर्न सक्दिनँ ।
     किन ?
     तिमीले त्यो विष्णुलाई मेरो आइडी किन देको ?
     कति विष्णुको पछि लाग्छौ । मलाई इन्टरभ्यु देऊ न ।
     ऊ फेरि त्यही कुरा । म बोल्दिनँ भनेको थाहा छैन ? सुन न मलाई टीका विष्टको 'तीर्था सिन्दुर' भन्ने आर्टिकल पठाऊ न । कस्तो पढ्न मन लागेको छ । टेन्सनै भयो । 
     मसँग छैन  । गुगलमा सर्च गर ।
 ***
        कता हरायौ ?
    लोडसेडिङ भयो के ! अनि नेट गयो ।
    कस्तो छ है नेपालमा, अरू देश कहाँ पुगिसके ?
 यो सब सोच्न छोडिसकेँ मैले । मलाई त लाइट नगए पीर पर्छ । प्रेम बस्यो लोडसेडिङसँग !
    कसरी चल्यो त अहिले ? तिमीसँग ल्यापटप छ हो ?
    छैन, म त गरिब पो छु त । अफिसको जेनेरेटर चलाएको  के !
     ए ! समाचार के छ आजको ?
     धेरै छन् । कुनचाहिँ भनौँ ?
     मुख्य भन न ।
     मुख्य नसोध । समाचार सम्झेर राति निन्द्रा लाग्दैन ।
     त्यही त मैले भनेको पत्रकारिता छोडेर मेडिकल पढ अनि  विदेश आऊ । बरु म सहयोग गर्छु ।
     छोड, मलाई विदेशी सपनाले छँुदैन । आर्मीमा गएपछि रोएको दिन छ कुनै ?
     नसोध । त्यो सम्झेर मलाई रुन आउँछ । मेरा साथीहरू पनि कोठामा छैनन् । म पछि भन्छु तिम्लाई ।
     तिम्रो फेसबुकको कविता राम्रो थियो ।
     थ्यांक यु !
     तर, मैले बुझिनँ ।
     मेरो लभलेटर पनि छ नि । पढेर भन्नू है कस्तो लाग्यो ? मेरो लाइफको फस्र्ट हो ।
     लभलेटर कि प्रेमिका ?
     लभलेटर । भनेँ त केटीसँग बोल्न लाज लाग्छ । मेरो केटीसाथी छैनन् । तिमीसँग हो म धेरै बोलेको । तिम्रो कम्प्युटरमा भाइरस छ हो ? मेरो ल्यापटप ढिला भयो ।
     बोल्न नमान्नेकहाँ मेरो कम्प्युटरले भाइरस पठाउँछ ।
     हा... हा... हा... ! बोलेकै छु त  ?
    मेरो प्रश्नको उत्तर खोइ त ?
    तपाईं  युएइको कुन सिटीमा हो ?
    भन्दिनँ । कुरै नगर ।
    मलाई थाहा छैन र तिमी पत्रकारहरूले...
    (कम्प्युटर अचानक बन्द भयो, सायद जेनेरेटरमा डिजेल सकियो ।)


pamee.devkota@gmail.com

Subscribe to comments feed Comments (29 posted):

Kamali from Germany on 28/01/2010 11:34:55
avatar
Malai ta achamma lagyo. Kasto interview hola.
Thumbs Up Thumbs Down
0
KRISH on 26/01/2010 04:42:21
avatar
dharai ramro interview
Thumbs Up Thumbs Down
0
saan rai on 24/01/2010 09:31:48
avatar
haina yop news ki interview?man pare pani ramro bhayena samachar ta sabaiko akha kholne hunuparchha.
Thumbs Up Thumbs Down
0
raju singh on 23/01/2010 23:33:44
avatar
kalpana ji 2barsh 11 mahina ma nepal ko force ma ta hawaldar hudain ke ko bBRG ma hun6. improtent kura ta raj sharma name grako manchhe AFGAN brit.GR ma aako malai ta thaa chainai hai .
Thumbs Up Thumbs Down
0
Hindu on 23/01/2010 22:55:50
avatar
Uk ra UAE 6000 miles durr cha ra Gurkha British army Ko battalion le UAE ma duty pardaina just moments chai folkland,afganistan,brunei, barrack chai german ka some Thau ma cha but traning Ko lage ho bhane Canada,belize jasta desma jani gardacha...ka je pai tei lekhne yaar..boring chating even kunai interesting topics nai chaina..
Thumbs Up Thumbs Down
0
meku on 23/01/2010 22:17:11
avatar
tyo lahure bhanne le gaf laayachhan pramila lai coz british armya afgan baata aayara kahile uae jadeinan arko chai 2 and half year ma sgt or haldar banna sakinna pakka british gurkha army
Thumbs Up Thumbs Down
0
Prem Shreesh on 23/01/2010 16:57:46
avatar
KHASSAI RAMRO SAMBAD BHAYENA. VISWASAI LAGENAA UAE HO KI UK HO. BAKAMFUSE GAF
Thumbs Up Thumbs Down
0
Krish on 23/01/2010 13:47:55
avatar
Pramila Gee, Tapainko kathit mitra British Army ka hoinan.Sambhawat uni Nepalko Manpower company baata UAE gayeka laure hun. Kinaki British Army maa 2 barsa 11 mahinamaa Haldar hune sambhawana dekhidain.
Thumbs Up Thumbs Down
1
Bishnu on 23/01/2010 13:40:23
avatar
Hi Bashanta ji British Army are in all over the world. He may be in British Army Base camp in UAE.
Thumbs Up Thumbs Down
-1
bonod k shah on 23/01/2010 12:55:05
avatar
kura sai ho matheko sathe ko yasto bakbas k chapeko yar cheeeeeeeeee yasto pani news huncha haina ajkal news paper le samachar pauna chadeyo ke k ho??? khale yasto bakamfuse kura matra chapchaaaaaaaaaaaaaa????
Thumbs Up Thumbs Down
1
sherpa kt on 23/01/2010 12:26:27
avatar
alik kaam lagne article chhape hunchha ni jabo yesto kaam nabayeko chhapera chhayaaaaaaaaaaaaaaaaaa.
Thumbs Up Thumbs Down
0
sayang, uk on 23/01/2010 10:10:09
avatar
अलीक यो च्याट बार्ता देखेर अली कता कता नसुहएको जस्तो लाग्यो। किन भने यहाँ उल्लेख गरिएका वाक्यहरु जे पायो त्यही छ साथै जुन लाहुरे भएर जस्ले च्याट बार्ता गरेको छ अलिक लाहुरे नभएर नेपालमा नै भएको नेपाल आर्मी जस्तो लाग्यो।
Thumbs Up Thumbs Down
2
manju G.C. on 23/01/2010 09:34:03
avatar
tato na 6aro ko gaf
Thumbs Up Thumbs Down
0
Wolla ghare Ban Kailo on 23/01/2010 09:06:07
avatar
lekhna aauchha bhandaima bakamfuse kura matrai nalekhau na Patrakaar mahodaya ! Yatharthaparak lekh haru ma yatharthaharuko khoji pathak le garna naparos. sabai kura pakka ani yathartha hun bhanne aafailai biswas chhaina bhane tapai jasta patrakaarle kalam chalauna chhode hunchha !!!
Thumbs Up Thumbs Down
1
SAMIR, DOHA, QATAR on 23/01/2010 07:53:45
avatar
Kya Patrkar jyu , UAE Ma kunai war nai chhain , UAE bhaneko ta dubai , abudhabi , sharjah ra aru miler baneko chh, tapai ko kura le ta yo banawati jasto po lagyo malai
Thumbs Up Thumbs Down
0
dipesh on 23/01/2010 07:04:33
avatar
ramro lagyo kurakani tara ma pni confused bhaya uk ki uae????
Thumbs Up Thumbs Down
0
Tibat on 23/01/2010 06:59:51
avatar
lekh bakbas matra ho.kina bhane ma pani army ko manchhe ho.B Army uae jadaina.ra havaldar lai Sgt bhanchha.ani Sgt le 2nd dulahi herna nepal gaeko? sgt huda age kati pugchha thaha chha patrakarlai?
Thumbs Up Thumbs Down
0
sangpang on 23/01/2010 06:40:56
avatar
comments!!!!!!!! k lekhau chat samabad thikai cha.tar location le alik kura bhujiyena ni devkota ggggg.
Thumbs Up Thumbs Down
0
aktpau on 23/01/2010 03:39:16
avatar
मलाई विश्वास लागे न पमी जी हजुर आफै खुलेर कुरा गरे को कहिले थाहा भएन. ब्रिटिश लाहुरे र अरु लाहुरे मा फरक पनि छनी होइन र??
Thumbs Up Thumbs Down
1
Hindu on 23/01/2010 01:59:10
avatar
UAE ??????uk.., confused
Thumbs Up Thumbs Down
3
karna malla on 23/01/2010 00:58:51
avatar
I'm very happy to read your conversation. ok,bye.
Thumbs Up Thumbs Down
-3
Mukhale Maila on 22/01/2010 22:44:52
avatar
I think Ms Pramila does not have better topic to discuss about? She is doing like 'Kaam payenas buhari, pada ko ke ho kana' bhaneko jasto bhako chha. And she has insulted RAI community also by unassumingly bringing the topic in the middle of conversation? Please do not waste yours as well as others time like our Sabhasadh do in the house.
Thumbs Up Thumbs Down
0
Dhiraj Ale on 22/01/2010 22:09:55
avatar
The theme of this article is good.
But Gurkha British Army is not representating UAE.
UAE is a Gulf country. There should be UK instead of UAE.
Thumbs Up Thumbs Down
0
makar pun on 22/01/2010 20:42:11
avatar
majja lagyo
Thumbs Up Thumbs Down
-3
prem on 22/01/2010 20:18:52
avatar
Bakwas kura kina chapey ko hola.
Thumbs Up Thumbs Down
0
purna on 22/01/2010 20:18:39
avatar
u did good job
Thumbs Up Thumbs Down
-3
basant on 22/01/2010 19:31:04
avatar
हैन के हो येस्तो ताई न तुई को कुराकानी ? अनि बि्रटिस आर्मी को हरु चाही युएइ चाही जान्छ ? युके मा पो हुन्छन त बिर्टिस आर्मी हरु त ! कहाँ देखि सम्बाद मा युएई को कुरा गरेको ? जस्तै बिचमा :- "तिमी युएईभन्दा अघि कहाँ थियौ ?" ,"तपाईं युएइको कुन सिटीमा हो ?"
पत्रकार ज्यु भ्रम नपरोस युएई र युके कहाँ कहाँ छन् भनेर! अनि ब्रिटिश आर्मी हरु युएई मा छैनन् उनीहरुको पल्टन ! अनि हावामा नाछाप्नुस येस्ता बेक्म्फुसे कुराकानी, धन्यवाद!
Thumbs Up Thumbs Down
5
Rai on 22/01/2010 19:10:32
avatar
History says that baahun chhetry are only fit for Indian and Nepal army,baahun chhetry cannot be British army.now adays lots baahun and chhertys are changing their cast,to join in the british army to grasped the Nepalese aadibaasis occupation,So they are chreating and changing thier cast. like saarki,damaai,kaami,etc,to enter in the british army,
Thumbs Up Thumbs Down
0
Kedar Shrestha'Gagan' on 22/01/2010 19:00:50
avatar
Yas samacharko artha ke ho ? Maile ta bujhina ni ?
Thumbs Up Thumbs Down
2
total: 29 | displaying: 1 - 29

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?