पाँच हजार वर्षदेखि नबदलिएको मान्छे
मानिसभित्र सेक्स छ, किनभने सेक्स उसको जीवनको स्वभावको हिस्सा हो । ब्रह्मचर्य लिँदैमा सेक्सलाई नष्ट गर्न सकिन्न, दबाउनचाहिँ सकिन्छ । र, त्यो दबेको सेक्स उसको सपनामा आउन थाल्छ, वेलावेला प्रकट हुन थाल्छ । पाँच हजार वर्षदेखि नैतिकतामा जोड दिने शिक्षाले मान्छेलाई केवल पाखण्डी बनाएको छ ।
| ओशो रजनीश |
भन्ने गरिन्छ- यो समय अन्धकारपूर्ण समय हो, यो युग भौतिकवादको युग हो र पतनको युग हो । यो अत्यन्त गलत कुरा हो । सरासर झुट हो । यसबाट यो भ्रम पैदा हुन्छ कि पहिलेका मानिस प्रकाशपूर्ण थिए र अहिलेका मानिस अन्धकारपूर्ण छन्, यसबाट यो भ्रम पैदा हुन्छ कि पहिलेका मानिस अन्धकारमा थिएनन् र हामी अन्धकारमा छौँ । हामी अनैतिक छौँ र पहिलेका मानिस नैतिक थिए भन्ने कुरा कदापि सत्य होइन । पहिलेका मानिस नैतिक थिए भने महावीरले हिंसा नगर, चोरी नगर, असत्य नबोल भनेर कसलाई सम्झाएका हुन् ? बुद्धले कसलाई उपदेश दिए ? राम र कृष्ण कसलाई असल बन्न सम्झाइरहेका थिए ? उनीहरू असल थिए भने यी उपदेश व्यर्थ थिए, यिनको कुनै औचित्य थिएन, आवश्यकता थिएन ।
पुरानो समयमा ठुल्ठूला शिक्षक किन भए ? किनभने जहाँ अँध्यारो हुन्छ, त्यहाँ दियो आवश्यक हुन्छ । जहाँ त्रुटि हुन्छन्, त्यहाँ शिक्षक पैदा हुन्छन् । जहाँ गल्ती हुन्छन्, त्यहाँ सुधारक जन्मिन्छन् । अघिल्ला शताब्दीमा यति धेरै र यति ठूला सुधारक हुनु केको सबुत हो ? यो यस कुराको सबुत हो कि पुरानो समयका मानिस पनि हामीजस्तै थिए । उनीहरू पनि चोरी गर्थे, उनीहरू पनि बेइमान थिए, उनीहरू पनि हिंसा गर्थे र उनीहरू पनि युद्ध गर्थे । उनीहरू बेइमान थिएनन् भने इमानदारीको शिक्षा कसका लागि थियो ? उनीहरू चोर थिएनन् भने चोरी गर्नु हुँदैन भनेर कसलाई सम्झाइएको थियो ? उनीहरू हामीजस्तै मानिस थिए । मानिसमा कुनै परिवर्तन भएको छैन । पहिलेका मानिस प्रकाशमा थिएनन् । वास्तवामा मान्छे आजसम्म अन्धकारमा रहेको छ ।
०००
आज हामी यस पृथ्वीमा छौँ । हजार वर्षपछि हामीलाई याद गर्ने को हुन्छन् ? कोही हुँदैनन् । तर, गान्धी याद गरिनेछन् । हामी सबैको नाम बिर्सिइनेछन्, हाम्रा नीति/अनीति सब बिर्सिइनेछन् । हामीमध्ये केवल गान्धीको सम्झना गरिनेछ । र, हजार सालपछि मानिस सोच्नेछन् कि गान्धी यति असल थिए भने उनको समयका सारा मानिस असल थिए होलान् । तपाईंलाई थाहा छ- बुद्धको समयमा को-को यस धर्तीमा थिए, को-को बाटोमा हिँडिरहेका थिए र को-को गाउँमा बस्थे ? तपाईंलाई थाहा छ- रामको पालामा को-को थिए ? तपाईंलाई थाहा छ- कृष्णको समयमा को-को थिए ? सामान्य मानिसको कुनै कथा बाँकी रहँदैन । केवल अपवाद बाँकी रहन्छन् । र, ती अपवादका आधारमा निर्णय गरिन्छ- पहिलेका मानिस असल थिए किनभने बुद्ध असल थिए, महावीर असल थिए । निःसन्देह, गान्धी असल थिए । तर, गान्धीका समयका हामी असल छौँ त ? सत्य के हो भने सबै असल हुँदा हुन् त गान्धीलाई याद गर्नुपर्ने आवश्यकता नै रहने थिएन । महावीरको समयका सारा मान्छे असल हुँदा हुन् त महावीर उहिल्यै बिर्सिइन्थे । सम्पूर्ण अँध्यारोमा उनी एकजना मात्र चम्किरहेका थिए, त्यसैले उनलाई देख्न सकियो । सबै चम्किरहेका हुन्थे भने महावीर उहिल्यै हराउँथे ।
यस संसारमा केवल दस-पन्ध्रजना मानिसका नाम हामीलाई सम्झना छ भने त्यसको एउटै कारण हो- अँध्यारो रातमा उनीहरू मात्रै चम्किरहेका तारा थिए । तर, मानिसको जिन्दगी आजसम्म अँध्यारोमै छ ।
पाँच हजार वर्षमा पन्ध्र हजार युद्ध भएका छन् । पन्ध्र हजार युद्ध कसले लडे ? यदि उनीहरू असल मानिस थिए भने यी युद्ध को लडिरहेको थियो ? हिन्दुस्तानको जमिनमा मात्रै दुई हजार राज्य थिए र हरेक दिन यस जमिनमा लडाइँ चलिरहेको थियो । को लडिरहेको थियो, यो लडाइँ ? के लडाइँ प्रेमले लडिन्छ ? इमानदारीले लडिन्छ ? महाभारत भयो हाम्रो मुलुकमा । जसलाई हामी आज असाध्यै राम्रा र असल मानिस भन्छौँ उनीहरू आफ्नी पत्नीलाई जुवाको दाउमा राख्न सक्थे । यी कस्ता असल मानिस थिए होलान् ? असल मानिस थिए भने उनीहरूले किन मुलुकका लागि लडेनन् ? सिंगो मुलुकलाई सायद दुई चार/हजार वर्षको ऋण लगाएर लडे । जुवा खेल्थे र पत्नीलाई दाउमा लगाउन सक्थे किनभने असल मानिस थिए !
आजसम्म यस धर्तीमा जति किताब लेखिएका छन्, सबैको एउटै भनाइ छ । पुरानाभन्दा पुराना किताब पनि यही भन्छन् कि पहिलेका मानिस असल थिए । तर, पहिलेका मानिस कहिले थिए ? तपाईंले कुनै यस्तो किताब पढ्नुभएको छ जसले आजका मानिस असल छन् भनेको होस् ? चीनमा भेटिएको संसारको सबभन्दा पुरानो किताब (छ हजार वर्ष पुरानो)ले पनि पहिलेका मानिस असल थिए, आजका मानिस नष्टभ्रष्ट भए भन्छ ।
०००
पहिलेका मानिसलाई असल भन्नुको कारण यो होइन कि उनीहरू असल थिए । अहिलेका मानिसका निन्दा गर्न, उनीहरूलाई तल्लोस्तरका देखाउन पहिलेका मानिसलाई असल भनिएको हो । पहिलेका मानिस असल थिए भने उनीहरूबाट आजका खराब मानिस कसरी पैदा भए त ? पहिलेको संस्कृति र सभ्यता राम्रा थिए भने आज यी दुष्परिणाम कसरी आए ? यी तिनैका त फल हुन्, तिनैका त परिणाम हुन् ।
मैले भन्न खोजेको के हो भने यो सवाल कुनै युगको होइन कि मान्छे अन्धकारमा छ । मानिसको चित्त जो आजसम्म उस्तै छ, त्यसको कारण यो अँध्यारो पैदा भएको हो । यो युगको भूल होइन । मानिसको चित्तको परिणाम हो । र, जबसम्म हामी मान्छेको मन बदल्ने तरिका र विधि पत्ता लगाउँदैनौँ र जबसम्म ठूलो परिमाणमा मानिसको चेतनालाई बदल्ने उपाय गर्दैनौँ, धर्तीमा अन्धकार रहनेछ । यो कुनै युगको सवाल होइन । यो सत्य युग र कलियुगको सवाल होइन । यो सवाल मानिसको मनको हो । र मानिसको मन पाँच हजार वर्षदेखि उस्तै छ । यसमा अलिकति पनि परिवर्तन भएको छैन ।
यी पाँच हजार वर्षमा मानिसको मन बदल्ने लाखौँ प्रयास भए । तर, यी प्रयास किन विफल
भए ? र, आज पनि मानिसलाई बदल्न हामी तिनै चिज गरिरहेका छौँ जो पाँच हजार वर्षदेखि असफल भएका छन् । हामी यिनैलाई दोहोर्यारहन्छौँ भने आउने समय पनि अन्धकारपूर्ण नै हुनेछ ।
०००
के कारणले मानिसको मन बदलिन सकेको छैन ? के कारणले मानिस गोल-गोल घुमिरहेको छ ? शताब्दी बित्छन्, तर मानिस जहाँको त्यहीँ रहन्छ । ती कारणमध्ये एक यो हो कि हामीलाई निरन्तर भनिन्छ- मानिस नैतिक हुनुपर्छ । यो शिक्षा धेरै पुरानो हो । तर, मानिस किन नैतिक भएन त ?
धार्मिक नभईकन मानिस नैतिक हुन सक्दैन । तर, हामीलाई त बताइएको छ कि नैतिक भएपछि धार्मिक भइन्छ, नैतिक नभई धार्मिक हुन सकिन्न । यो विल्कुल उल्टो र गलत कुरा हो । नैतिकता धार्मिक मान्छेको सुगन्ध हो । भित्र, चित्तमा धर्म छ भने जीवनमा नीति हुन्छ । अन्तष्करण परिवर्तित भयो भने आचरण बेग्लै हुन्छ । नीतिको सम्बन्ध आचरणसँग हुन्छ, धर्मको अन्तष्करणसँग । तर, पाँच हजार वर्षदेखि हामी भनिरहेका छौँ कि मानिस नैतिक हुनुपर्छ । अन्तष्करण नबदली आफ्नो आचरण बदल्ने मानिस नैतिक त हुन सक्दैन, बरु विकृत अवश्य हुन्छ । त्यो मान्छे आफ्नो जीवनलाई नैतिक बनाउन के गर्छ जसको भित्र सेक्स छ, जसको भित्र सेक्स हुन्छ, हुनु पनि पर्छ किनभने सेक्स उसको जीवनको स्वभावको हिस्सा हो । त, त्यो मान्छे के गर्छ ? ब्रह्मचर्य लिन्छ । ब्रह्मचर्यले के हुन्छ ? यति कि ऊ सेक्सलाई दबाउँदै जान्छ, दबाउँदै जान्छ । त्यो दबेको कामुकता, त्यो दबेको सेक्स नष्ट हुँदैन । बरु, उसको अचेतन मनका पत्रमा घुम्न थाल्छ, सपनामा आउन थाल्छ, कमजोर क्षणमा प्रकट हुन थाल्छ । ऊभित्र निरन्तर अवस्थित सेक्सले उसलाई भयभीत बनाउन थाल्छ । यस भयले उसलाई टाढा लैजान्छ, मानवबस्ती छोड्न लगाउँछ र जंगल पुर्याउँछ । स्त्री देख्यो भने ऊ आँखा बन्द गर्छ, ब्रह्मचर्य टुट्ला कि भनेर डराउँछ । किन डराउँछ ? किनभने सेक्सका लहर उसलाई धक्का दिइरहेका हुन्छन् ।
०००
दुई भिक्षु नदी तर्न खोजिरहेका थिए । एक युवा थियो भने अर्का वृद्ध । तीस वर्षदेखि ब्रह्मचर्यमा रहेको थियो, वृद्ध । एक युवती नदीकिनारमा उभिइरहेकी थिई । उसलाई पनि नदी पार गर्नु थियो । तर, नदी गहिरो भएकाले एक्लै तर्ने आँट गर्न सकेकी थिइन । युवतीको हात समातेर नदी पार गराइदिनुपर्ला भन्ने सोच आउनासाथ वृद्ध भिक्षु पसिना-पसिना भयो । तीस वर्षदेखि उसले जुन सेक्सलाई वशमा गरेँ भन्ठानेको थियो, त्यही सेक्स ऊभित्र अत्यन्त तीव्रताका साथ खडा भएको थियो । उसका हातपाउ कामिरहेका थिए, ऊ भयभीत थियो । जब कि उसले त्यस युवतीलाई छोएकोसम्म थिएन । आँखा झुकाएर, राम-राम जपेर उसले नदी पार गर्यो । तर, ऊभित्र राम थिएन, थिई त त्यही युवती ।
नदी पार गरेपछि उसले र्फकेर हेर्यो- उसको युवासाथी युवतीलाई काँधमा हालेर नदी तर्दै थियो । वृद्ध भिक्षुलाई रिस उठ्यो, 'भिक्षु भएर काँधमा युवती बोक्ने ! आश्रममा गएपछि यसको झाँको झार्नेछु ।'
आश्रममा उसले युवा भिक्षुलाई खुब हपार्यो, 'ब्रह्मचर्यको प्रतिज्ञा लिएको मानिसले स्त्रीजातिलाई छुनु पनि हुन्न । तैँले त काँधमा बोकिस् । यो कुरो गुरुलाई नभनी छाडि्दनँ ।'
युवा भिक्षुले हाँसेर भने, 'हे वृद्ध भिक्षु, मैले त त्यस युवतीलाई नदी तर्नासाथ काँधबाट उतारिदिएको थिएँ, तर तपाईंले त अहिलेसम्म उसलाई काँधमा बोकिरहनुभएको रहेछ ।'
०००
जसलाई हामी दबाउँछौँ, त्यो नष्ट हुँदैन । भित्र लुकेर बस्छ । जति दबाउँछौँ, त्यति भित्र गएर बस्छ र वेला-वेला प्रकट हुन्छ ।
हामी सत्य बोल्ने ब्रत लिन्छौँ, तर हामीभित्र असत्य लुकेर बसेको हुन्छ । हामी इमानदार हुने कसम खान्छौँ, तर भित्रबाट बेइमानी धक्का दिइरहेको हुन्छ । यो दबाउने प्रक्रियामा मानिस दुई हिस्सामा बाँडिन्छ, देखिने हिस्सा र हुने हिस्सा । देखिने र हुनेबीचको संघर्ष जीवनभर चलिरहन्छ । र, यस संघर्षले जीवनलाई नर्क बनाइदिन्छ । अब दुइटा बाटा हुन्छन् । यदि त्यो मानिस बाठो छ भने पाखण्ड यौटा बाटो हुन्छ । बाहिरबाट जस्तो देखिन्छ, ऊ त्यसैमा कायम रहन्छ, तर यौन कामनाको लुकिछिपी परिपूर्ति गर्छ । नैतिक शिक्षाको अनिवार्य परिणाम पाखण्ड भएको छ । सिंगो मानवजाति पाखण्डी भएको छ ।
कदाचित सेक्सलाई दबाउने मानिस पाखण्डी बनेन भने उसका लागि दोस्रो बाटो हो- पागल हुनु । किनभने, अतृप्त सेक्सको तनाब झेल्दा-झेल्दा ऊ टुट्न थाल्छ र विक्षिप्त हुन्छ ।
रजनीशको एक प्रवचनमा आधारित



del.icio.us
Digg
He used to declare nirvana for some people eg Actor Binod Khanna too but later did not keep his words and told he was joking (after lots of criticism from others)... If he has not obtained nirvana how is he to declare nirvana for others...
This cheat was banned in many Americans and European country due to his provoking speech for earning money money and money... He is a philosopher for people having money..
His logic seems good which was his major weapon to confuse people... For this knowledge he spent 5-10 years in libraries in India just collecting information..
akoj1521@hotmail.com
My logic is:-
(1) Your logic may be 100% right only for SHADHUS and YOGIS.
(2) Moral or religion do not say not to do sex, it says sex should be done within moral means with your wife only.
तर भ्रममा पर्नु हाम्रो मूर्खता सिबाय केहि हैन ......l
ओशो कति सम्म उत्फत्यांग र झुटको खेति गर्छन भने उनि मुखमा जे आउछ तेही भन्छन अनि तेही कुरा जबर्जस्त पुस्टि गर्न कुनै कसुर बाकी राख्दैनन्..; उनको सम्पूर्ण ध्यानाकर्सन त्यहिँमा जान्छ l
जस्तो माथिको कुरा पढौ,
एकातिर नैतिकता भन्ने महिमाय र भगवान पुज्ने भन्ने फरक कुरालाई भगवान पुज्नेको पियो हो नैतिकता भनेर सर्बाधिक बलनडर मिस्टेक गरेका छन् वोशोले ....; र सरासर बिज्ञान र डारविनलाई च्यालेन्ज गर्ने वोशो प्रति चिन्ता लाग्नु स्वभाबिकै मेरो अटो स्रधान्जली हो,...उनको ज्ञानको छितिज प्रति ...!!!
जगत किन बुझ्दैन ...??संसार कै सबै भन्दा बिस्वसिलो फ्याक्ट भनेको बिज्ञान हो भनेर ...??
वास्तब मा धर्म केहि हैन ..भगवान पनि केहि हैन र हुदैन ...यो अन्धता बाट कहिले हट्ने ....भनेर बिज्ञान ले हजारौ पटक प्रशटाउदा पनि ??..यो मानब को इभुलुसनको क्रममा बनेको ...मानबिय दैनिकी संस्कृति र अभ्यासको ... बन्न गएको दैनिकी ह्याविट मात्र हो धर्म l बिज्ञान बोलेकै छ नबुझ्ने को मुर्खता .....कसले क्यालकुलेट गरेर बस्ने फुर्सद मिलाई रहोस ??
धर्मक़ा र भगवानका कुरा बच्चाको लागि सुनाउने राम्रो दन्त्य कथा पक्कै पनि हो ...अबुझ मानिस लाई एउटा कसिलो घेरामा बाध्ने पक्कै पनि हो ...; तर सत्य पक्कै होइन l तर अझै कति दन्त्य कथा साचिकै हो भनेर पत्यायाएको नाबालक जगमा हुर्केको तिम्रो दैनिकता हेरेर मा कति दिन रमाउ मानब ???....
धर्म को महिमा गाउने वोशो ...आर्को तिर भने ...ब्रह्मचारी जो धर्म लाई सब ठोक ठान्छ उसको मुखमा भगवान राम राम भन्दा अरु केहि छैन ...त्यो भगवान जस्तो भक्तिको आस्था लाई कति सजिलै राम नाम जपेको हैन सेक्स र केटिको नाम जपेको भनेर कति नमिठो उपहास गरेका छन् धर्म को ???
भने पछी यो कुरा बुझ्नुस ओशो तर्कक़ा लागि मात्र तर्क एउटा वक्ता थिए तर तुक चाही नभएको ......
सत्यतामा जादुगर ले मान्छे काटेको हुदैन.. हेर्दा अचम्म र सहि नै लाग्छ ...तर के त्यो सत्य हो ???हो त्यस्तै हो ओशोको गफ.. मिठो हुन्छ र अचम्म लाग्छ..; तर ...त्यो केवल एउटा सुन्दर गफ हो "वोशो " l गिर रोदन
Others: Be watchful when you read his books. There is a good chance that you will be brain-washed. My suggestion: apply caution, listen to everyone, but decide yourself.
Post your comment