Newsletter
Email:
Home | सप्तरंग | ख्यातिका हत्यारा वीरेनको १६ दिने डायरी

ख्यातिका हत्यारा वीरेनको १६ दिने डायरी

Font size: Decrease font Enlarge font
image

ख्यातिका हत्यारा वीरेनको १६ दिने डायरी

हत्यापछि कोठामा त्यत्तिकै सुत्न डर लाग्यो । बाहिर निस्केर रक्सी पिएँ । भगवान्को तस्बिर खोजेर सँगै राखेर सुतेँ ।

पैसाको भोक

जुवा खेल्ने लतले मेरो सबै रकम क्यासिनोमा स्वाहा भयो । तर पनि यस्तो बानी रोकिएन । क्यासिनो नेपालमा मात्र एक लाख १२ हजार रुपैयाँ ऋण लिएको थिएँ ।श्रीमती क्यानाडामा छिन् । उनले पनि पैसा पठाउन छाडिन् । त्यसैले पैसा जुटाउने उपायतिर लागे । जेठ ५/६ गते होला दुई छोरीसहित ख्यातिको कोठामा खाना खान गएँ । उनको बुबाले छोरीलाई के पढाउने होला भनेर सल्लाह मागे । कुरै कुरामा पाइलट पढाउने विषयमा कुरा भयो । उनका बुबाले पाइलट पढाउन चाहिने २०/२५ लाख जुटाउन सक्ने कुरा बताए । यो सुनेपछि मैले ख्यातिको अपहरण गरेर उनका बाबुसँग १० लाख असुल्ने योजना बनाएँ ।

एक्लै अपहरण गर्न सक्दिनथेँ । त्यसैले सहयोगी खोज्न थालेँ । यसका लागि मेरिना शाक्य उपयुक्त लाग्यो । र, मैले उनलाई सबै योजना सुनाएँ । त्यस्तै, असार १७ गते मेरिनालाई बोलाएर भ्वाइस अफ ओमेनको बारेमा सबै बताएँ । योजनाअनुसार मेरिना भोउ म्यागेजिनको संवाददाता बनिन् र म कमिटी एड्भाइजर ।मेरिनाले २१ गते ख्यातिलाई फोन गरेर बोलाइन् । ख्यातिले २२ गते पुतलीसडकमा भेट्ने प्रस्ताव गरिन् ।

यसरी भयो हत्या
जेठ २२

बागबजारमा रहेको कोरोना इन्टरनेसनल बि्रजकोर्स गर्दै गरेकी मेरिनालाई भेटेँ । र, चिया खाँदै ख्यातिसँग गर्ने कुरा सिकाएँ । पत्रिकाको नक्कली परिचयपत्र र ख्यातिलाई कोठासम्म ल्याउन पाँच सयको नोट दिएँ । एउटा केटाको बाइकको पछाडि ख्याति आइरहेकी थिइन् । मैले टाढैबाट मेरिनालाई चिनाइदिएँ, त्यही हो ख्याति भनेर ।उनीहरू कोठामा आइपुग्नुअगाडि नै म कोठामा पुगिसकेको थिएँ । दुवैजना कोठामा छिरे । ख्यातिले मलाई चिनिहालिन् । 'अंकल तपाइं पनि यहाँ' भनेर सोधिन् । मैले आफू भोउ पत्रिकाको सल्लाहकार भएको बताएँ ।

मैले एनजिट नामकको औषधिको १० वटा ट्याबलेट पिसेर कफीमा हालेर ठीक पारिसकेको थिएँ । त्यसैले कफी खाने प्रस्ताव गरेँ । कफी पिउने क्रममा ख्यातिलाई तीतो लागेछ । औषधि त घोलिएको रहेनछ । कामै गरेन । फेरि म बाहिर निस्केर स्लाइसको बोतलमा १० वटा एनजिट ट्याबलेट हालेँ ।स्लाइस खाएपछि 'अब इन्टरभ्यू दिऊँ' भन्न थालिन् ख्याति । मैले तयार पारेको प्रश्नपत्र दिएँ । बल्ल औषधिले काम गर्न थाल्यो । ख्याति निद्रा लाग्यो भन्न थालिन् । मैले आराम गर भनेर बेड देखाएँ । उनी सुतिन् ।

मैले उनको हात-खुट्टा बाँधे । मुखमा टेप बाँध्न खोज्दा ख्याति त कराउन पो खोजिन् । डर लाग्यो । चिच्याएको सुनिएमा योजना चौपट हुन सक्थ्यो । त्यसैले उनको टाउकोमा पटक-पटक हानेँ । हातले घाँटी र मुखमा थिचेँ । मेरिना सोफामा बसेर सबै हेरिरहेकी थिइन् । उनी 'न गर न बाबा' भन्दै रोक्न आइन् । मैले हुत्याइदिएँ । ख्याति त चलमल गर्न छाडिन् ।

मेरिना घर जान्छु भन्न थालिन् । मैले जान दिइनँ । यहीँ बस भनेँ । 'कतै ख्याति त मरिन ?' भन्दै झकझक्याएँ । कुनै प्रतिक्रिया आएन । डर लाग्यो । कतै योजना बीचैमा तुहिने त होइन ? उनको नाक र मुखमा हात राखेर सास लिएको छ कि छैन हेरेँ । अँ हँ थिएन । नाडी र छाती छामेँ । मुटुको चालसमेत छैन । ख्यातिको सास गइसकेछ ।मेरिना जान्छु कि जान्छु भनेर ढिपी गर्न थालिन् । मैले उनलाई घटनाबारे कसैलाई नभन्नू, भन्यौ भने आमा, बाबा, भाइ सबैलाई मारिदिन्छु भनेर धम्क्याएँ । उनले कसैलाई भन्दिनँ भनिन् । ११ बजे मैले मोटरसाइकलमा राखेर मेरिनालाई घरसम्म छाडिदिएँ । कोठामा एक्लै बस्न मन लागेन । के-के सोचेँ के-के । फेरि, मेरिनाको घर गएँ र, उनलाई ल्याएँ । उनलाई अमेरिकी दूतावासमा पुर्‍याएँ । पसलबाट प्लास्टिक किनेँ अनि कोठामा आएँ । ख्यातिको सेल-सिम त्यत्तिकै थियो । त्यसलाई आफ्नो मोबाइलमा हालेँ । फोन आयो । मैले 'कौन ख्याति ?' भनेर मोबाइल नै 'अफ' गरेँ ।

लास कसरी तह लगाउने टेन्सन त्यही थियो । मोटरसाइकल झिकेर लास फाल्ने ठाउँ खोज्न हिँडेँ । वनस्थली, स्वयम्भू, डल्लु, क्षेत्रपाटी घुमेँ । यही बीचमा मोबाइल 'अन' गरे । फोन आयो । ख्यातिको दाइ हो भन्यो, कसैले फोनमा । मैले बुबालाई दिनुस् भनेँ । मैले हिन्दीमा 'तुम्हारा बेटी मेरे कब्जेमे है और उसको जिन्दा चाहिए तो १० लाख तयारी रखना' भनेँ । कता जाने ? पुनः कोठामै फर्किएँ । फेरि मेरिनालाई लिन अमेरिकी एम्बेसी गएँ । उनलाई कोठामा ल्याएपछि लास तह लगाउने विषयमा कुरा गरेँ । उनी डराइन् । तन्नामा लास बेरेर कतै लगेर फाल्ने योजना बनाएँ । मेरिनाले सुत्ने कोठाबाट तन्ना ल्याइन् । मैले लास बेरेँ ।लास फाल्न बाहिर निकालेर मोटरसाइकलमा बाँध्न लागेको मात्र थिएँ, घरबेटी आइपुगे । हतार-हतार लास भित्र लगेर राखेर बाहिर हिँडे । बेचैनी बढिरहेको थियो । बालाजु चोकमा पुगेर दुई बोतल हि्वस्की किनेर कोठामा फर्किएँ । टिभी हेर्दै हि्वस्की सिध्याएँ । र, सुतेँ ।

लास गन्हायो
२३ जेठ :
लास हल्का गन्हाउन थालिसकेको थियो । तन्ना र कार्पेटले बेरेर कोठामा त्यत्तिकै राखेको थिएँ । मरेको मान्छेको तौल बढी हुने रहेछ । एक्लै बोक्नै सकिनँ । दोस्रो व्यक्ति कोही थिएन । सोह्रखुट्टे फलफूल चोकमा पुगेर फेरि प्लास्टिक र केही कार्टुनबक्स लिएँ । सामान कोठामा राखेर बाहिर गएँ ।

भगवान्सित सुतेँ
२४ जेठ
सिंगो लास टुक्रयाउने योजना बनाएँ । कोठाबाहिर गएर थप दुईवटा कार्टुन बोकेर आएँ । त्यतिखेर नौ बजिसकेको थियो । भान्छामा गएर मासु काट्ने चुप्पी ल्याएँ । धारिलो थियो चुप्पी । पहिला हातको कुहिनाको ज्याइन्टमा काटेर दुवैहात छुट्याएँ । अनि कुमबाट काटेर चार 'पिस' बनाएँ । घुँडा र फिलाको ज्वाइन्टमा काटेर खुट्टा पनि छुट्याएँ । अनि प्लास्टिकमा बेरेर गन्हाउने डरले फ्रिजमा राखेँ । शरीरका बाँकी भागलाई पनि प्लास्टिक र कार्पेर्टले बेरेर राखेँ । धुप बालेँ । अत्तर हालेँ । पंखा चलाएँ ।चार बजेतिर मेरिनालाई लिन बबरमहल गएँ । स्कुलमा गएर छोरीहरू लिएर उनीहरूको मामाघरमा लगेर छाडिदिएँ ।यो हुँदै गर्दा, ख्यातिका परिवारसँग मोबाइलमा कुरा भइरहेको थियो । एसएमएसमार्फत उनीहरूसँग १० लाख मागिरहेको थिएँ । तर, उनीहरू यत्रो पैसा छैन भन्दै थिए । कोठामा त्यत्तिकै सुत्न डर लाग्यो । बाहिर निस्केर रक्सी पिएँ । भगवान्को तस्बिर खोजेर सँगै राखेर सुतेँ ।

लास धोएँ पनि
२५ जेठ
बिहान उठेर चिया बनाएर खाएँ । पैसा थिएन साथमा । कोठामा लास थियो । यसो हेरेको ख्यातिको औँलामा सुनको औँठी रहेछ । बालाजुमा रहेको एक सुन पसलमा गएर पैसा भएन यो आैठी राखेर केही पैसा दिनुस् भनेर पच्चीस सय बोकेर आएँ ।बागबजार गएर मेरिनालाई लिएर कोठामा आएँ । लास बैठक कोठामा थियो । लास अरू गन्हाउन थाल्यो । लासको गन्ध भगाउन धुप बालेर पंखा चलाइदिएँ । लासलाई धोयो भने गन्हाउँदैन कि भनेर टाउकोसहितको जिउलाई ट्वाइलेटमा लगेर साबुन-पानीले धोएँ । कोठामा पानी थिएन । त्यसैले लास धुन मेरिनाले बाहिर पम्पबाट पानी ल्याइन् । चक्कुले टाउको छुट्याएर प्याक गर्न थालेँ । मेरिनाले प्लास्टिक समातेर सहयोग गरेकी थिइन् । टाउको साबुन-पानीले पखालेर प्लास्टिकले बेरेर फ्रिजमा हालेँ । अनि जिउलाई कार्पेटले बेरेर राखेँ । मेरिनालाई घरमा लगेर छाडिदिएँ ।

यसरी फालियो शव
२६ जेठ
बिहानै चार बजेतिरै निद्रा खुल्यो । लास गन्हाइरहेको थियो । आज त जसरी पनि लास तह लगाउनु थियो नै । नत्र लास गन्हाएर अरूले थाहा पाउने डर बढिरहेको थियो । आज जसरी पनि लास फाल्छु भनेर ट्याक्सी खोज्न निस्किएँ ।सोह्रखुट्टेमा ट्याक्सी फेला पारेँ । कोठामा सामान छ भनेर ड्राइभरलाई कोठाबाहिरसम्म ल्याएर लास राखेको बोरा बोकेर बाहिर आएँ । त्यसवेला बिहानको ६ बजेको थियो होला । बोरा ट्याक्सीको पछाडिको सिटमा राखेर म ड्राइभरसँगै बसँे । कहाँ जाने पत्तो थिएन । विष्णुमती खोलानजिक, कालीमाटी हुँदै बल्खु निस्किएँ । नख्खु भैंसेपाटी हुदै कार्यविनायकतिर गएँ । कार्यविनायक पुग्नुअगाडि नै ट्याक्सीबाट ओर्लिएँ । अनि डिलमा गएर उभिएँ । यसो हेरेको खोंच रहेछ । लास फाल्न त्यही ठाउँ सुरक्षित हुन्छजस्तो लाग्यो अनि डिलमा पुगेर बोरा झुन्ड्याउन बाँधेको डोरी फुकाई गिँड डिलबाट खसाले ।

मनमा बेचैनी बढिरहेको थियो । त्यसैले विनायकको मन्दिर गएर गणेश भगवान्को दर्शन गरे । मिनीबस चढेर कोठामा आएँ । गिंड त तह लाग्यो । हात-खुट्टा र टाउको के गर्ने होला ? फ्रिजमा राखे पनि गन्ध आइरहेको थियो । हात-खुट्टाको टुक्रालाई झिकेर ट्वाइलेटमा लगेर साबुनपानीले धोएँ, अनि कपडाले राम्ररी पुछेर अर्को प्लास्टिकमा पोको पारेर काटुर्नमा हालेँ ।कतै गन्हाउला कि भनेर कार्टुनमा राख्नुअगाडि कार्टुनभित्र प्लास्टिक राखेर सेन्ट छरे । हातखुट्टा र टाउको छुट्टाछुट्टै कार्टुनमा हालेर कार्टुनटेप लगाएर प्याक गरे । कार्टुन झुन्ड्याउन मिल्नेगरी डोरी बाँधेको थिएँ । आज त जसरी पनि फाल्नैपर्छ । त्यसैले कार्टुन बोकेर हिँडेँ म । कलंकी आइपुगे । त्यसवेला माओवादीले १० बजेदेखि १२ बजेसम्म चक्काजाम गरेको थियो । त्यसैले हतार-हतार नारायणघाट जाने माइक्रो चढँे । हातखुट्टा भएको कार्टुन माइक्रोको छतमा राखेँ ।

कहाँ पुगेर ओर्लिने पत्तो थिएन । माइक्रोको झ्यालबाट बाहिर हेर्दै हिँडे । मुग्लिनबाट केही तल ओर्लिएँ । म ओर्लिएको स्थान मुग्लिनदेखि २० किलोमिटर पर होला । सडकको छेउमा गएँ । कार्टुन खोलातिरको झ्याङमा फालिदिएँ ।अब काठमाडौं र्फकनैपर्‍यो । एउटा मोटरसाइकल आइरहेको रहेछ । रोकेर लिप\mट मागेँ । र, मुग्लिनसम्म आएँ । पोखरातिरबाट आएको माइक्रो चढेर काठमाडौं आएँ । ख्यातिको परिवारलाई एसएमएस गरेर पैसा मागेँ ।

फिरौतीको लोभ
२७ जेठ
आज जसरी पनि टाउको फाल्नु थियो । प्लास्टिकमा पोको पारेर कार्टुनमा राखेर चामलको बोरामा टाउको हालेँ । कार्टुन बोकेर बालाजु बसपार्क पुगँे । रानीपौवा जाने गाडीमा चढेर मुड्कु चौकीनजिकै गाडीबाट ओर्लिएँ । मुड्कु चौकी नपुग्दै सडक-किनारदेखि तल जंगलमा बोराबाट टाउको निकालेर प\mयाँकिदिएँ ।धेरै राहत महसुस भयो । सबै लास फालियो । हल्का महसुस गर्दै कोठामा फर्किएँ । लास काट्न प्रयोग गरेको चुप्पीमा बोसो नगएकाले ग्यास गिजरको तातोपानीले चक्कु धोएँ । ख्यातिको जिउको बाँकी रहेको टुक्रा कपडा प्लास्टिकमा पोको पारी विजेश्वरी खोलामा लगी फ्याँकिदिएँ । ख्यातिको परिवारलाई एसएमएस गरेर पैसा माग्ने क्रम जारी थियो ।

व्यवस्थापन सकिएपछि
२८ जेठ
लास व्यवस्थापनको काम सकिएपछि ढुक्क भएर ख्यातिको परिवारसँग पैसा उठाउनतिर लागे । कहिले फोन गथें, कहिले एसएमएस । प्रायः हिन्दीमा कुराकानी गर्थें म । 'लडकी जिन्दा चाहिए तो पैसा दो' भन्थेँ । तर, कुरा मिलिरहेको थिएन ।

पक्राउ परिने डर थियो
२९ जेठ
एकै ठाउँमा बसेर फोन र एसएमएस गर्दा पक्राउ परिने डर बढ्यो । ठाउँ 'चेन्ज' गरी-गरी फोन र एसएमएस गरेँ । फिरौतीका लागि कुरा मिल्यो । उनीहरू दस लाख दिन तयार भए । तर, अब रकम कसरी लिने ? आफैँ लिन जाऊँ भने चिनिहाल्छन् । अर्को कोही थिएन । उनीहरूसँग कहिले भैरहवा र कहिले सुनौलीमा पैसा लिने कुरा गरे । पछि काँकडभिट्टामा पैसा लिने कुरामा सहमति भयो ।

सुरु भयो नाटक
३० जेठ
काँकडभिट्टामा रकम लिन जानुअगाडि अर्को नाटक रचेँ । ख्यातिको घरमा फोन गरेर आफ्नो एकजना आफन्तको छोरी पनि अपहरणमा परेको र सोही समूहले ख्यातिको अपहरण गरेको नाटक गरेर अपहरणकारीले 'तपाइंहरूको नम्बर दिएर ख्यातिका लागि तिर्ने फिरौती सँगै लिएर आउनू भनेको छ' भने । मैले आफ्नो नाम राजेन्द्र मानन्धर भएको बताएँ ।फेरि नाम फेरेर प्रमोद सिंह बनेँ । अनि ख्यातिलाई पुतलीसडकमा पुर्‍याउन आउने बिक्कीलाई काँकडभिट्टा पठाउनू भनेँ । मृतकका एक आफन्त एक्लै काँकडभिट्टा गएछन् । मैले पक्राउ परिने डरले रकम ल्याउँदा कुनै पनि बैंकको ट्याग नभएको र सिरियल नम्बर नमिलेको पैसा ल्याउनू भनेको थिएँ ।ती आफन्त रात्रिबस चढेर काँकडभिट्टा लागेपछि राजेन्द्र मानन्धर बनेर मैले फोन गरी 'भाइ म राजेन्द्र मानन्धर बोलेको, तपाइंको नम्बर मलाई प्रमोद सिंहले दिएको हो । उसले तपाईं र म काँकडभिट्टामा सँगै बस्नू भनेको छ' भनेँ ।

असफल पहिलो प्रयास
३१ जेठ
ती आफन्त बिहान काँकडभिट्टा पुगेछन् । उनले मलाई एसएमएस गरेर आफू आसाम होटलमा बसेको बताए । मैले काठमाडौंमा मेरिनालाई पहिला नै तीनवटा एसएमएस लेखेर छाडेको थिएँ । उनले मेरो योजनाअनुसार नै ती आफन्तको मोबाइलमा काठमाडौंबाट एसएमएस पठाइदिइन् ।मैले आसाम होटलनजिकैको एक पसलमा बसेर कोक खाएँ । त्यहीँबाट राजेन्द्र बनेर आसाम होटलमा बसेका ख्यातिका आफन्तलाई फोन गरेर सिलिगुढी बोलाएँ । ती आफन्तको हुलिया कस्तो छ, मलाई थाहा थिएन । होटलमा सोधखोज गर्दा पनि थाहा भएन । रेस्टुरेन्टमा बसेको एक व्यक्ति ख्यातिका आफन्त हुन् कि जस्तो लागेकाले उनको नजिक गएर घर सोधेँ । उसले आफ्नो घर काँकडभिट्टा बतायो ।

मसँग भारतीय सिम थियो । त्यसैबाट फोन गरेर राजेन्द्रको नाम लिएर ती आफन्तलाई 'डिलका लागि सिलिगुढी हुँदै दार्जिलिङ जानुपर्ने भयो' भने । मैले आसाम होटलमा आएर खोज्दा भेट भएन पनि भनेँ । उसले त ख्यातिको मोबाइलबाट प्रमोद सिंहले फोन नगरेसम्म आफू कतै नजाने बताए । मैले प्रमोद सिंहले भनेकाले म आएको भनेँ, तर उसले पत्याएन । पब्लिकबुथबाट काठमाडौंमा फोन गरेर प्रमोद बन्दै तपाईंको मान्छेलाई राजेन्द्रले जे भन्छ त्यही मान्नू भने । तर, ती आफन्त डराएछन् । उनी काँकडभिट्टाबाट विराटनगर हुँदै काठमाडौं भागे । योजना असफल भयो । म पनि बेलुकातिर नाइटबसमा काठमाडौं आएँ ।

बाटोमा भेटिए सहयोगी
१ असार
नौ बजेतिर नागढुंगा आइपुगेँ । उपत्यका बन्द पो रहेछ । अब हिँड्नुको विकल्प थिएन । बाटोमा हिँड्दै आउँदा प्रकाश गुरुङ नामको अन्दाजी २५ वर्षको व्यक्तिसँग चिनजान भयो । ऊ भारत खर्साङनिवासी रहेछ । मैले उसलाई फिरौती उठाउने काममा लगाउने योजना बनाएँ । मेरो एउटा सुटकेस रिसिभ गरिदिएबापत ५० हजार दिन्छु भनेको ऊ तत्काल सहमत भयो ।मेरिनासँग भेट नभएको धेरै भएको थियो । त्यसैले मध्याह्नतिर वनस्थलीनजिक ढुंगेधारामा उनलाई बोलाएँ । उनीसँग ख्यातिको सिमकार्ड थियो । त्यो लिएँ । आठ बजेतिर ख्यातिको सिम प्रयोग गरेर उनका आफन्तलाई फोन गरेँ र, ३ गते काँकडभिट्टामा आउनू भनेँ । कतै नआउने पो हुन् कि जस्तो लागेर- यो अन्तिम अवसर हो यसपटक गडबड भयो भने अर्को चान्स दिन्नँ भनेर धम्क्याएँ ।

काठमाडौं टु सिलिगुढी
२ असार
एक बजेतिर प्रकाशसँग भेट गरेँ । उसलाई भेटेर पैसा लिनेबारे सम्झाएँ । ख्यातिको आमालाई फोन गरेँ र, घरमा काम गर्ने केटा 'राम'लाई लिएर आउनू भने । अनि प्रकाशलाई लिएर पाँच बजेको टिकट काटेर काँकडभिट्टा हिँड्यौँ । उनीहरू पनि बेलुका नै बस चढेर काँकडभिट्टा हिँडेको जानकारी पाएँ ।

डिल फाइनल
३ असार
ख्यातिको आमा र राम बिहान काँकडभिट्टा पुगेर उही आसाम लजमा बसेका रहेछन् । हामी १० बजेतिर पुग्यौँ । प्रकाशलाई सुब्बा होटलमा राखेँ । म लुम्बिनी होटलमा बसेँ । आसाम होटलमा ख्यातिकी आमा छन् कि छैनन् भनेर बुझ्न गएँ । होटल पुगेको एक/डेढ घन्टापछि ख्यातिकी आमा चिया खान तल ओर्लिइन् । ख्यातिकी आमा टेबुलमा बसिरहेकी थिइन् । चिन्लान् कि भनेर मैले कालोटोपी र चस्मा लगाएको थिएँ । मैले घोप्टो परेर चाउमिन मागे । होटलमा चाउमिन छैन भनेपछि म बाहिरिएँ । केही समयपछि ख्यातिको मोबाइलबाट उनकोे आमालाई फोन गरेर हिन्दीमा किन बाहिर निस्केको भने । उनले म कोठामै छु भनिन् । ठीक छ खाना खाए हुन्छ भनेँ । मलाई होटलवरिपरि पुलिसहरू छन् कि जस्तो शंका लागेर होटल परिवर्तन गर्न भनेँ ।

ख्यातिकी आमाले अर्को होटलमा गएर फोन गरिन् । मैले सिलिगुढीमा आएर पैसा दिनू भने । मैले काम गर्ने केटालाई लजमा छाडेर एक्लै आउनू भने । १२ बजेतिर आमा पैसा लिएर एक्लै हिँडिन् । म पुग्नुअगाडि नै आमा हिँडिसकिछन् । मैले फोन गरेर किन नबसेको, काठमाडौं जानुस् उतै डिल हुन्छ भने ।ख्यातिको फोनबाट काठमाडांैमा रहेका ख्यातिका आफन्तलाई फोन गरेर दिउँसो तीन बजेतिर रामलाई काँकडभिट्टाको बसपार्क पठाउन भने । राम लजबाट बाहिर निस्केर सडकमा हिँडिरहेको थियो । मैले प्रकाशलाई फोन गरेर अप्सरा होटलमा बस्नू भने । हात हल्लाएर बोलाएँ र रामलाई लिएर सिलगुढी हिँडेँ ।

रामले डराएर मलाई नै पैसा दियो । राखभन्दा मानेन । अनि उसलाई लिएर सिलिगुढीतिर गएँ । सिलिगुढीको अप्सरा होटलमा प्रकाश बसेको थियो । ऊ बाहिर निस्केर पैसा लियो । त्यहाँ १५ मिनेट बसेपछि राम डरायो । ऊ काँकडभिट्टा जान्छु भनेर हिँड्यो । मेडिकल चोक आइपुगेपछि ऊ बेपत्ता भयो । म पनि काँकडभिट्टा फर्किएर लुम्बिनी होटलमा बसँे । ख्यातिकी आमालाई फोन गरेर पानीट्यांकीमा छोरी लिन बोलाएँ । तर, म गइनँ । उनी आएर दुई घन्टाजति बसेर हिँडिछन् ।

यसरी बाडियो फिरौती
४ असार
बिहानै ख्यातिकी आमाले फोन गरेर छोरी र राम खोइ भनेर सोधिन् । मैले दुवैजना मसँगै छन् भने । मेरी छोरी कहिले आउँछे भनेर सोध्दै थिइन् । मैले भोलि बिहान छाडिदिन्छु भनेँ र, विराटनगरको एयरपोर्टमा छोरी लिन आउनू भनेँ ।बिहानै प्रकाशलाई भेटे । उसले पैसा माग्यो । मैले अझै काम भएको छैन, त्यो काम गर्ने केटालाई खोज भने । ऊ रिक्सामा चढेर काम गर्ने केटालाई खोज्न गयो । तर, राम भेटिएन । उसले पटक-पटक पैसा मागेपछि ५० हजार दिएँ । पाँच बजेतिर काँकडभिट्टाबाट काठमाडौं आउने बसमा नाम फेरेर रामशरण मानन्धर र ठेगाना वीरगन्ज लेखाएर टिकट काटँे ।

झुक्याइरहेँ परिवारलाई
५ असार
बिहानै ख्यातिकी आमाले आफू एयरपोर्टमा छु भनेर फोन गरिन् । बाटोमा गाडी बिगि्रएकाले ढिलो हुने भयो, भारतीय नम्बर प्लेटको गाडीमा आइरहेका छौँ भनेर ढाँटेँ । मैले नाम ढाँटेर प्रमोद सिंह भन्दै एयरपोर्ट आइपुग्न तीन घन्टाजति लाग्ने एसएमएस पठाएँ । एक बजेतिर काठमाडौं आइपुगेँ । कोठामा पुगेर नुहाएँ । कोठाको ल्यान्डलाइन फोनबाट सोल्टी क्यासिनोको कर्मचारीलाई बालाजु चोकमा पैसा लिन आउनू भनँे । ख्यातिको परिवारसँग लिएको रकमबाट ९४ हजार ऋण तिरेँ ।

यसरी पर्‍यो फन्दामा
६ असार
बिहानै उठेर पशुपतिनाथ दर्शन गर्न गएँ । छोरीले इकु फिल्म हेर्नुपर्‍यो भनिरहेकी थिई । पशुपति दर्शन सकेर फिल्मको टिकट लिन गोपीकृष्ण हलमा गएर इकुको दुईवटा टिकट काटे । टिकट बोकेर म ससुराली गएँ । त्यस्तै, साढे नौ बजेतिर सोह्रखुट्टेमा रहेको पान पसलमा पान खान गएँ । पान खाएर फर्कंदै थिएँ, ट्राफिक प्रहरीले रोक्यो र लाइसेन्स माग्यो । मैले लाइसेन्स झिकेर देखाउनासाथ केही व्यक्तिले पक्राउ गरे । ती प्रहरी रहेछन् ।
(भियुक्त वीरेनले प्रहरीसमक्ष दिएको बयानको आधारमा यो डायरी तयार पारिएको हो ।)

केपी ढुंगाना

Subscribe to comments feed Comments (348 posted):

kiran on 24/06/2010 04:20:51
avatar
yo khatelai kita fashi dinuparcha natra jelmukta garnuparcha animatra thik huncha hamro nepal ko kanun nai thik 6ena k garne
Thumbs Up Thumbs Down
0
prem ks on 22/06/2010 06:43:41
avatar
tyo khate kukur lai fasi diyara marnu par6 taki Arko kukur najanmiyos testo kam garne
Thumbs Up Thumbs Down
1
prakash ghimire on 17/05/2010 07:31:52
avatar
biren lai fasi dina par6
Thumbs Up Thumbs Down
2
Tejendra on 16/05/2010 17:53:40
avatar
hardik condolance sathai chir shanti ko kamana garda 6u.(biren ta dog lai vagawan le narga ma pathai diun. tero aatma le santi kahile pani na pawas.ta papi ko pran pani bahut behal vayara jawos.ta lai fasi dinu partho.)
Thumbs Up Thumbs Down
-1
jiblal bhusal arghakhanchi on 20/04/2010 17:33:31
avatar
ख्याती तीम़ो अ।त्माले सधै शान्ती पाअोस के गनेँ तीम़ो जीन्दगी यसरी नै यो को हातवाट मनँ लेखेको रहेछ अकोँ जुनिमा फेरी तीमि तेही अपराधी लाई मानेँगरि जन्म लीनु है
Thumbs Up Thumbs Down
-3
rose on 14/04/2010 05:57:59
avatar
merina ra biren dubai hatyara hun dubailai fasiko sajaya public place ma hunu parchha yedi bhayana bhane tyo biren ra merina chutiya ghatiya jail bata niski matra na maile janeko chhu kasari tadpai tadpai marnu parchha pakh just wait that day is not for fro you guys this is my promiss
Thumbs Up Thumbs Down
2
Sagar on 13/04/2010 07:23:41
avatar
Tudi khel ma lagera yo Hatya garne lai Jhundayera tukra tukra parera tadpayera marnu parchha ani Yesto Ghatana feri hudaina
Thumbs Up Thumbs Down
1
nagendra on 10/04/2010 10:08:12
avatar
yasta aparadi lai phasi dinu ramro. manche marne lai nepal ma pani phasi dine kanoon hunu parcha.
Thumbs Up Thumbs Down
2
morcha on 06/04/2010 23:45:23
avatar
biren ta jelbata chhute pani talai khoji khoji tyasirinai mari dinchhu.
Thumbs Up Thumbs Down
4
YAGYA RAJ CHAMLAGAIN on 05/04/2010 23:44:32
avatar
very sad news.I request to all nepali sisters and brothers do not beleive 100 % to your friend.Give the in right information to your parents about your location and friends.Do not go to firends room alone.You can go to your friends house and room but with your parents.Otherwise do not beleive to hi hello friends.

YESTO HATYARA LAI K BHANNU GALI GARNE SABDA CHHAINA.TARA NEPAL SARKAR LAI ANURODH K CHHA BHANE NAYA SAMBIDHAN MA YESTA APARADHI LAI DEATH PENALTI ARTHAT MIRTYU DANDA TYO PANI SARBAJANIK STHAL MA DINU PARCHHA KINAKI SABAI LE YO DRISHYA DEKHEMA DAR RA TRAS HUNCHHA APAHARANKARI RA HATYARA LAI.CHINA RA INDIA MA DEATH PENALTY MIRTYU DANDA CHHA YES PRAKAR KO APARADH MA TARA HAMRO DESH MA 20 BARSA JAIL TYO PANI DIN RA RAT JODER 1 DIN KO 2 DIN PARINCHHA ARTHAT JAMMA 10 BARSA YO KARAN LE PANI BHARAT RA CHINA KO JASTAI KANOON APAHARANKARI RA HATYARA KO BIRUDDHA MA PASS HUNU PARCHHA YERS PRAKAR KA GHATANA HUNA BAT BACHNA KA LAGI.
Thumbs Up Thumbs Down
0
KcJames/Dubai on 29/03/2010 19:40:47
avatar
Yo news padhera kati dukh lagyo malai nai thaha 6aina ki ma k-padhiraheko6u,pahile pahile hami padhne gartheu ki Nepal jasto pabitra des ani Deuta haruko Des vanera tra tehi Deuta ko Desma pani yesta Ra6es janmada rahe6an Ani Ahile tyo Ra6es kaha6 Teslai ta Jhundaera Dhunga le hani hani marnu parne public thauma,Nepal ko yehi fitalo Kanoon le feri Arko ApRadhiko Janma Hun6,Sarei Dukh Lagne kura ho,maile ye vanda agadi Khyati ko news matra suneko Thiye tra aj yo 16dine diary padhera yesto lagyo-K ma tyo desko Nagrik Ho ra?Thukka Apradhi tero Janma Sara Nepali ko lagi bojh vais Kukur,Tero jastai Namle chinine aru man6e lai dekhda pani sanka garne batawaran banais- teslai ta jail ma khana hoina sajay ko rup ma Man6eko GUUUUUUUUUUUUUUUUU diu parne jati din jiudo rahan6,6i6i6i6ii6i
Thumbs Up Thumbs Down
1
prakash poudel on 25/03/2010 16:46:18
avatar
ख्याती तीम़ो अ।त्माले सधै शान्ती पाअोस के गनेँ तीम़ो जीन्दगी यसरी नै यो कुकुर को हातवाट मनँ लेखेको रहेछ अकोँ जुनिमा फेरी तीमि तेही अपराधी लाई मानेँगरि जन्म लीनु है ।,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
Thumbs Up Thumbs Down
-1
rohan karki on 23/03/2010 15:18:41
avatar
ops he is a****.tara kehi hudaena hamro desh ko bikau kanun le uslae chodi dincha ek din ani u pheri testae gari hincha so kill him
Thumbs Up Thumbs Down
0
Dead soul of kancha on 21/03/2010 07:11:50
avatar
Yasto hatyaralai blade le chirdai noon,khorsani pisera lagaunu par6.feri ausadhi gardai yo prakriya dorayaune yaslai tadpai tadpai geudo laas banauda pani yastalai sajaye kam hun6.yastalai charam yatana diyera marnu par6 ani tyasko video sarbajanic garnu par6 jasle garda yasto aparadh garna sochnai nasakos.
Thumbs Up Thumbs Down
0
Ramesh Acharya on 18/03/2010 17:14:56
avatar
'हार्दिक श्रदन्जली ख्याती तिमीलाई तिम्रो आत्माको चिर शान्तिको कामना'
Thumbs Up Thumbs Down
0
pasanng lama on 13/03/2010 01:39:11
avatar
He hatyara,Biren talai ek din janatale marchhan marchhan. gunda ta jel bata niske pachhi bachdainas 1>2>3 aparadhi tera chhora,chhori chhaina? He prabhu yo duniyama ta jasto aparadhiko janma kahilepani nahos.NANU KHYATI TIMILAI HARDIK SARDDANJALI ANI CHIR SANTIKO KAMANA >NANU BHAGAWANKO KAKHAMA RAMRO SANGA BASNU HAI *******
Thumbs Up Thumbs Down
0
dbdt on 07/03/2010 19:17:20
avatar
A makune chor.............fasi dine kanun banaa ajaii bata ............. bhatuwa chor harera pani mantri bhako chhas ......k sunchhas sarbasadharan ko boli.........sale kukur.........
Thumbs Up Thumbs Down
0
hari on 02/03/2010 11:03:58
avatar
मेरीना र विरेन दुवै अपराधि हुन् पैसाका लालचिहरु म के भनन चाहन्छु भने नेपाल बाट क्यासिनोमा प्रतिबन्ध लगाउनु पर्छ किन मने अधिकासं क्यासिनो हरु सबै भारतिय ४ारा खोलिएका र नेपालि विगार्ने खालका छन्
Thumbs Up Thumbs Down
0
sharada sherpa on 22/02/2010 14:51:10
avatar
biren shresthan ra merina lae high punishment garnako lagi yo patrikale help garchahloa bhanne hope cha.
Thumbs Up Thumbs Down
0
bijju sharma on 22/02/2010 10:41:31
avatar
yo biren lai pani khyati lai jastai tukra tukra parnu parchha. yasa lai jhundayara marnu par6a.
Thumbs Up Thumbs Down
0
rkb on 19/02/2010 22:16:11
avatar
yestalai ta kada bhanda kada sajaye dinu parcha.hatyara
Thumbs Up Thumbs Down
0
deepa on 17/02/2010 05:15:31
avatar
just killed that bastered in tudikhel by public...............we all miss u khyatii
Thumbs Up Thumbs Down
0
dipendra khati on 23/01/2010 15:33:20
avatar
khyati timro aatma ko chir santi ko kamana biran lai kada bhanda kada karbahi hos morne belama pani pani khana na payos
Thumbs Up Thumbs Down
1
sahara on 22/01/2010 13:02:24
avatar
sari ramro kam gara chas ni...............
Thumbs Up Thumbs Down
0
amrit and ratna from congo on 21/01/2010 22:02:35
avatar
paisa matrai thulo samjhanne danab ko beabahar le garda nirdosh manish le jan gumaunu parda aaphanta haru ko pida ma hami le pani nayea ko khoji ma sahayog garnu manab ko natale tesi basna nasakinebhayo.
Thumbs Up Thumbs Down
1
बालकृष्ण घिमिर, कुवेत on 21/01/2010 17:42:39
avatar
हार्दिक श्रदान्जली ख्याती तिमीलाई,तिमी यो पापी दुनियाँ बाट टाढा त भएउ तर तिम्रो आत्माले हामीहरुको साथ कहिलेही छाडनि छैन।
ख्याती हत्या कान्ड को मुख्य अपराधी अझै जेलमा बसी दैनिकी लेखी रहेको छ । बिडम्बना देशको यस्ता अपराधीहरुलाई मृत्‍यु दन्ड दिने
कानुन छैन । नेता भनाउदाहरु लाई कुनै चिन्ता छैन कानुन बनाउनमा,उनिहरुको चिन्ता भनेको सत्ता प्राप्ती र प्राप्त भएको सत्ताको सम्रक्षेण
गर्न कुर्सिको लडाईं बस । य देश भडुवा नेताहरु हो एक पटक सोचत ख्यातिलाई तिम्रा सन्तानको रुपमा,तिमिहरुको सप्ठाराको लाघी नौ नौ
पटक संबिधान सम्सोधन गरी सक्यौ तर जघन्ने अपराधीहरुलाई मृत्‍यु दन्ड दिनी कानुन बनाउन छ सय एक जना मध्य एक जनाले पनि
आझ सम्म सम्सद मा आवाज उठाएका छौ ?
ख्याती तिम्रो आत्माको शान्तिका लागि हत्यारा लाई तेही चुप्पी,तेही प्रिज प्रयोग गरी सोही अवस्तामा पुराउन नेपाली जनता आतुर छन।
Thumbs Up Thumbs Down
1
debendra prasad silwal on 16/01/2010 19:22:16
avatar
kun sabdha le bharsna garu, jasto ponismant pani kam hunchha to papi ko lagi
Thumbs Up Thumbs Down
1
renuka smirti rai on 09/01/2010 04:27:38
avatar
yedi aba kasaile rajniti gr6 vane desma yesto chora ra chori desle rajniti garne janma diun kasai le birnn jasto vut ko janna lai nirmul paros r suntali dhami jasti mahila ko jiwan feri diun .
sardanjali 6 unili r suntai didi tapai bolna ra abaj uthauna nabirsanu hai . sath ma parbati didi jastai hami pani hajaru 6au .
Thumbs Up Thumbs Down
1
Dipendra BDR Malla on 07/01/2010 09:03:27
avatar
अल्पायुमै कुख्यात अपराधीको शिकार बन्न पुगेको तिम्रो कोमल आत्माको चिर शान्तिको कामना गर्दछु ।
अपराध गर्ने अपराधीलाई जुनसुकै हालतमा पनि दण्डित गनुपर्छ त्यसमा पनि बिरेन जस्तो शब्दमा बर्णन गर्नृ नमिल्ने नामुद हत्यारालाई ख्याति जस्तै लाउालाउा खाउाखाउा भन्ने उमेरका किशोरीहरुको अगाडि त्यही ख्यातिको हत्यामा प्रयोग गरिएमो धारिलो छुप्पीले चिर्दै नुनचुक हालेर झुलाएर मार्नु नै पर्छ अन्यथा ख्यातिका मृत आाखा जिबन्त बनेर स्वर्गलोक बाट हत्याराले कहिले दण्ड पाउाछ भनी चियाईरहनेछ । यो प्रक्रिया यदि कानुन सम्मत छैन भने नेपाल सरकारले अबिलम्ब त्यस्तो कानुन बनाई अब कुनैपनि नेपाली छोराछोरीहरुले ख्यातिको जस्तो नियती भोग्नु नपरोस् ।
Thumbs Up Thumbs Down
2
gayatri on 05/01/2010 20:53:37
avatar
biren talai ta jiudo kina rakheko hola fasi dinu parne tiyo ta jasto le bhacne adikar pani 6ena yo dartima
Thumbs Up Thumbs Down
2
basu on 01/01/2010 21:52:43
avatar
Teslai ta chala kadera nun chuk ra khursani lagaudai tadpaudai marnu parcha. ani arru kasaile yesto garne kossis gardainan
Thumbs Up Thumbs Down
1
on 27/12/2009 05:30:38
avatar
marne manchhe malai dinus m karbahi garchhu.malai thaha 6 nepalko kanunle kehi punishment dina sakdain.
Thumbs Up Thumbs Down
2
on 24/12/2009 13:35:47
avatar
saala kutta harima ke aulad
Thumbs Up Thumbs Down
1
hds on 23/12/2009 14:31:21
avatar
sharba partham khiyati ko aatma ko chir shanti ko kamna shathae unika ba aama lae bhaguwan le shahan shakne shakti diun. yasto garne lai shamuhik fashi ko shajaya hunu par6 ratn park maliyar
Thumbs Up Thumbs Down
1
Rajesh on 19/12/2009 08:17:21
avatar
हार्दिक श्रदन्जली ख्याती तिमीलाई तिम्रो आत्माको चिर शान्तिको कामना'
Thumbs Up Thumbs Down
1
deeya chettri [usa] on 17/12/2009 20:18:30
avatar
kina hamro desh ma matri yesto hunchha ....jaba manchhe ma manabta hunna taba usle je pani garchha ani nepal ko kaanun.....neta le marti janun??
yup biren needed to be hang in open aren wher evry nepali can see....n may this kind of crime will not be repeated again,,,,,
Pray to god tat may urs soul rest peace in heaven ever n alyz,,,[KHATTI]Wwe will be missing u dear,,,,symphati to her desperate family,,,,
Thumbs Up Thumbs Down
0
sonu on 16/12/2009 03:55:24
avatar
tyo papilai fasi dinu paryo nepalko kanunle k herera baseko 6 testo hatya garda pani?tyo papilai pani jasari khatiko hatya vayo tesari nai tesko hatya hun u par6.
Thumbs Up Thumbs Down
0
Dinesh Dangol "Suprem" on 14/12/2009 13:05:33
avatar
हाम्रो देश नेपालको जस्तो फितलो कानून भाको देश कहाँ होला र जहा खुलम खुल्ला अपराध गरिरहेको हुन्छ तर सरकारमा बसनेहरु तेस्लाई टुलुटुलु हेरेर बसिरहेको हुन्छ तर कानुनको कठाघरमा उभ्यायर कारबाही गर्न सक्दैन भने कस्लाई के को डर हुन्छ र हुनत हाम्रो देशको कानून नै यस्तै छ "नेपालको कानून दैबले जनून भन्छन" ठूला बड़ा र धनि मानीहरुको लागी यो कानून केही पनि होइन उनिहरु त बोली र पैसाको आड्मा बाचेको मान्छे उनीहरुलाई पैसा र बोली छऊन्जेल कानुनको केहिनी वास्ता नै हुदैन र केही कारबाही पनि हुदैन भई हालेछ भने पनि केही समयको लागी देखाओटी रुपमा मात्र हुन्छ तेहि पनि ढाक्छोप गर्नको लागी नत्र भने यो सरकारले यस्ता अपराधीहरुलाई कारबाही गर्ने हो भने किन दिनका दिन यस्ता अपराध बड़ीरहन्छ यस्ता आपराध त ९५% निर्मूल हुन्थे होलन नि नत्र भने किन यस्तो कायरता पूर्ण तरिकाले ख्याति श्रेष्ठ को हत्या गर्थ्यो होला र यदि कानुनको डर भाको भय, मान्छे कानुनसंग होइन कानून चाही मान्छे संग डराइराहेको छ त्यसैले कानुनलाई बालियों बनाइराखनु पर्छ ख्याति श्रेष्ठको हत्यारा बिरेन जस्ता अन्य हत्यारा र आपराधीहरुलाई जेलम छिपाई राखने होइन यस्ता अपराधिहरुलाई त फासिको सजाय हुनुपर्छ
Thumbs Up Thumbs Down
0
om bahadur on 13/12/2009 10:38:54
avatar
papi gadha lai faci deya pani huncha
hai nepali daju bhai haru
om from dubai (abudhabi)
Thumbs Up Thumbs Down
0
Om Basnet on 13/12/2009 09:59:03
avatar
he needed to bee hanged until death in Tudikhel.
Thumbs Up Thumbs Down
1
Gyani maharjan on 12/12/2009 20:56:22
avatar
sale birendra shalai giudai dori le badhrera publick areyama rakhera sarirako part2 katera khun ko badla khun garera disa ra khuwara rakhunu parchha aani matra hatira haru daraunchha pharai yasto ghantana dohirandaina ra khyati ko aatma le santi paunchha natra sarkarma basne lai dhikar garchha.
Thumbs Up Thumbs Down
0
anil karki on 12/12/2009 16:04:25
avatar
tasta chhorali murti dunu parcha
Thumbs Up Thumbs Down
0
ashok on 12/12/2009 13:34:20
avatar
KILLED HIM..............TAS LI PANE TASRAE RE NAI TUKRA2 GRA KATARA MARNU PAR6...JASARAI MARO.........................
Thumbs Up Thumbs Down
0
pitamber on 06/12/2009 16:43:17
avatar
Court le Biren lai public lai karbai ko jimma dine phaisala garnu parne tara teso bhayana Aba Biren apardhi lai sarbajannik sthal ma tadpai tadpai phasi dinu purcha ra sarkar le yesto apardhi lai phasi ko sajay huni Baybastha constitution ma rakhnu parcha ta ki future ma apardhi yesto aparadha garna sooch pani garna nasakos.
Thumbs Up Thumbs Down
0
ganesh kirati on 04/12/2009 06:41:56
avatar
ta biren ta manchhe hoinas talai ta samajle mar bhanyo bhane ma tanlai yasari katera marthe tanlai! abodh nanilai maris tyasko aatmale talai kahile pani maf garne chhaina!! yo nepalko kanun nai tsto chha ra po sarai ris uthchha kina yasto aparadhilai fasi ko sajaya hunna
Thumbs Up Thumbs Down
0
jiban on 03/12/2009 09:39:27
avatar
mare hun6 bekuf papi lai
Thumbs Up Thumbs Down
1
bikash on 30/11/2009 05:47:36
avatar
'हार्दिक श्रदन्जली ख्याती तिमीलाई तिम्रो आत्माको चिर शान्तिको कामना'
Thumbs Up Thumbs Down
1
kshitiz on 24/11/2009 13:04:44
avatar
He should be hanged among the public.
Thumbs Up Thumbs Down
1
kiran subedi on 18/11/2009 06:10:42
avatar
हार्दिक श्रदन्जली ख्याती तिमीलाई तिम्रो आत्माको चिर शान्तिको कामना'
Thumbs Up Thumbs Down
-1
kilarniiiii on 13/11/2009 15:59:16
avatar
birain ta lai marcha sabaila boru jail mai basnu surcha cha taro alia ta marnu jasto l;agha ka gharnu bhanara matra ka huncha . ani merina timro meditation ta ta timi nai garnu tuhka 86%area ka kam tasko ruauna sama ruhau ama bua lai
Thumbs Up Thumbs Down
0
gorkhali on 11/11/2009 11:18:40
avatar
yesko euta euta anga ek ek din garera katera fyaknu parchha...mula jaanwar!
Thumbs Up Thumbs Down
0
rupesh on 11/11/2009 07:00:06
avatar
char dobato ma rakhera sabaile le thukdai ek lati ra ek jhapad hanera jiu vari maha dalera jhingai jhinga vako thau ma rakhera tadpai tadpai marnu parchha
Thumbs Up Thumbs Down
0
usha on 09/11/2009 10:33:53
avatar
aru kehi hoena tyo danka, chor , bhate, Paji, Swantha lai ta tukra tukra parera
tadpae tadpae marnu par6.
Thumbs Up Thumbs Down
0
on 08/11/2009 13:53:45
avatar
tyasto hatyara lai ta kin bachan diyako goli haber mari dinu parne ni
Thumbs Up Thumbs Down
0
koyel on 07/11/2009 13:52:22
avatar
i want to kikk him...
nothing else...
Thumbs Up Thumbs Down
0
beware nayapatrika on 03/11/2009 09:51:26
avatar
yo birendra ko diary ta pakkai hoin... yasari jhukyaune kosis garnu bhaneko afno khutta ma afai le bancharo hannu ho... hosiyar
Thumbs Up Thumbs Down
-1
Duryodhan on 01/11/2009 07:42:05
avatar
Yo gadha lai ta turuntai goli hanera marnu par6a. Natra yesta dherai janmauna sakne sambhavana hun6a.
Thumbs Up Thumbs Down
1
ranjan on 30/10/2009 23:16:24
avatar
tell to this better to die right know whats the hell how can he take on life he have to die
tell to our goverment left to him in way beet all nepalis guys give to him die he can think headak filling how hard or suft
u all have to tell thi
he can't live ????
Thumbs Up Thumbs Down
0
govinda on 30/10/2009 07:37:00
avatar
yes lai marnu hudaina na life bhari yes lai yatana diyara raknu parcha ki pida kasto huncha bahnera ra next life ma pani testo kam garne soch narakhos.
Thumbs Up Thumbs Down
0
sudip tamang lama on 27/10/2009 20:12:26
avatar
biren lai katyera noon chuk charkana parchaaa ho teslai pani marna parchaaa
Thumbs Up Thumbs Down
0
kumar shrestha on 25/10/2009 16:32:22
avatar
yasto apradi lai ta jnai sajaye diye pani kam nai hun6. yas lai pani bich bajar ma leyaer tukra tukra parer marnu par6.
Thumbs Up Thumbs Down
0
gap on 21/10/2009 05:41:52
avatar
yo ta manchhe nai hoina pasu hi gada.
Thumbs Up Thumbs Down
-1
surath on 13/10/2009 09:30:48
avatar
sae biren tali ta goli hanera marnu parne kukur rahechea.kukur ko pani k kura garnu. biren li taa hang garnu parcha
Thumbs Up Thumbs Down
-1
surath on 13/10/2009 09:30:48
avatar
biren tali ta goli hanera marnu parne kukur rahechea.kukur ko pani k kura garnu. biren li taa hang garnu parcha
Thumbs Up Thumbs Down
-1
sidhu on 12/10/2009 20:22:00
avatar
Yaslai ta Gadima dorile badhera ghisarera nepal ko big city ma purai ghumaunu par6 yasko kunai sasirko anga narahane gari.yasari marda matra khyatiko atmale santi pau6.
Thumbs Up Thumbs Down
-1
sanjaysagar on 12/10/2009 07:49:14
avatar
malai thaha cha nepal ma fasi ko panish chaina bhanera tara yauta kura yad rakha sale biren talai kanunle janma kaid diyacha bhane thik cha natra ta jun dina jail bata bahira aauchas tes din tero aantim din hune cha ma pani talai khulla public place ma marne chu...................it is my promise..
Thumbs Up Thumbs Down
1
Vedprakash Timilsaina. on 08/10/2009 08:08:25
avatar
BIREN LAI MATRAI PHASI DINU PRA CHHA . VEDPRAKASH
Thumbs Up Thumbs Down
0
Biren kirati on 07/10/2009 12:10:31
avatar
बिरेन त जस्तो पशु कुन चाँही अंअको कोख बाट जन्मेकोथीइस सले डाँका त सले लाई सार्वजनिक ठाउँ
Thumbs Up Thumbs Down
-1
shreedhar bhabuk on 07/10/2009 07:49:31
avatar
biren lai kada punishment dinuparchha
Thumbs Up Thumbs Down
-1
munamadan on 07/10/2009 03:23:45
avatar
gadha ko bachha batase ama babu ko kunai thegana nabhaye ko ani sadak chap k bhanera gali garu biren kutta lai tara mero life ma maile bhet bhane jasari khyati lai hatya garera kateko thiyo tyo bhanda lakhau guna tyesko hatya tero hatya maile garne chhu.tero tukra parera galli ka kukur haru ko pet bharne chhu.ani matra khyati ko atma ko chir santi milne chha.
Thumbs Up Thumbs Down
0
Jagati Shahi on 02/10/2009 19:09:52
avatar
tero kal pani tesari nai janu paros aru kashai ko hat bata papi mora.
Thumbs Up Thumbs Down
1
DINESH on 02/10/2009 06:03:21
avatar
BIRAN LAI PANE SABI PUBLIC KO MAGHA MA PHASHE DENU PARCHHA.CHHALA TARERA NUN LAGAUNU PARCHH
Thumbs Up Thumbs Down
1
sivapanta on 26/09/2009 12:23:31
avatar
'हार्दिक श्रदन्जली ख्याती तिमीलाई तिम्रो आत्माको चिर शान्तिको कामना'

यस्ता पापीलाई त जसरी त्यसले ख्यातिलाई मारेको छ टुक्रा टुक्रा पारेर त्यसरी नै त्यसलाई पनि सार्वजनिक ठाउँमा लागेर सबै जनता मिलेर त्यसको अंग-अंग छुट्याएर मार्नु पर्छ यसलाई तेतिकै जेल चलान गर्नु हुँदैन जेलमा त घुस, सार्वजनिक विदा,विविध खालका नियम उपनियम बनाएर ३।४ वर्षमा उम्किहाल्छ नि त्यो पशु त्यसैले त्यसलाई सार्वजनिक ठाउँमा लगेरनै मार्नु पर्छ| हत्यारा अपहरणकारी जस्तालाई मृत्यु दण्डको सजाय स्पष्ट संग ऐन कानूनमा उल्लेख र नतोके सम्म यी यस्ता घटनाहरु कहिल्यै कमी हुने संभावाना देखिंदैन,तसर्थ मृत्यु दण्ड को ब्यबस्था कानुनमा तुरुन्त उल्लेख गरी कारबाही अगाडी बढाउनु पर्छ, अपराधी ले जस्तो प्रकारले अपराध गरेको छ त्यस्तै प्रकारको सजाय अपराधीलाई दिनु पर्दछ|
Thumbs Up Thumbs Down
0
paras on 22/09/2009 15:33:22
avatar
make small small part of his body. starting from nail of leg. pin le ghuchun u parcha yo **** lae tha..............
Thumbs Up Thumbs Down
1
resham lama on 22/09/2009 11:35:12
avatar
yesta manche lai ta umar kaid ko dajaya hoina !!!!!!!!!
Hami public le testa manche lai tudi khel ma lagera pole banayara pole ma ghundayera tauko tala parera tala bata aago lagaunu parcha ani sabai basera hernu parcha jasle garda aarko manche pani yesto kam garna bata tada nai hosh!!
so public should be more serious for this case!!!!!!!!!!
Thumbs Up Thumbs Down
1
nepali janta on 22/09/2009 05:30:36
avatar
to jayan mara chor lai k garnu par6 to public lai matra taha6 ek tali hamro jimma lagaunu hos ani taha hun6 ? tes ka 2 eyes phutaune , jasare hat khuta kateko6 tsko paine tehai halat parnu par6 , tes lai sedai marne hoina jeudai murda banaunu par6
Thumbs Up Thumbs Down
1
kapil on 22/09/2009 03:08:06
avatar
i wanna kill this bastard,,,,
ale le nuun, khursani lagayera marnu par6...
yesto manchhe lai bachna dinu hudaina..
just kill that person
Thumbs Up Thumbs Down
1
nepalki chhori on 22/09/2009 01:43:23
avatar
tyo biren bhanne ko ta name sune pani darlagchha.ho nepal sarkar janatako bahumat j hunchha tehi garnu yesko sajaye. phasi dine kanun nabhaye yeslai thau thauma katetra nun chuk dalera tadpai tadpai aajiban kalkotharima mareko kukurko masu didai rakhnu parchha.
Thumbs Up Thumbs Down
0
Nepali on 21/09/2009 08:42:53
avatar
Nepal Sarkar k Herera baseko chha.
Thumbs Up Thumbs Down
1
suman sharma siwakoti on 20/09/2009 13:36:56
avatar
sabai jilla ek oata feomes chauttara banaunu parcha ra khayti ka hatyara jasta lai thehi chauttara ma jhundaera sabai janta haru je ek ek ota stone hannu parcha
Thumbs Up Thumbs Down
0
shyam on 20/09/2009 09:10:35
avatar
yo Biren bhanne pashu lai faasi bhayena bhane, yesle aparadhi harulai ajhai faaida pugchha, kinaki aba kunai pani sano thulo aparadhi le apaharan gareko bhanne bittikai jati paisa pani dina badhya hunechhan, tyo traash jana manas ma pasi sakyo, tehi bhayera yo krur aparadhi lai faasi huna parchha
Thumbs Up Thumbs Down
1
on 18/09/2009 08:12:10
avatar
a harami, papi, khuni biren tero choriharuko r tero santanko pani
asari nai hatya hola tyo absthama
t kukur, rachhas ko mritu bhaisakeko
6 bhane ta thikai 6 hoina bhana ta gada,
danab kahti ko pariwar le jastai pir r
bedana saher basnu parla.
khati timilai hardik saddanjali tatha
timro aatmale santi paos.
Thumbs Up Thumbs Down
0
Ganesh!! on 17/09/2009 16:31:20
avatar
How come he is still alive??this is not the job of goverment to punish him!!let Khaty parent's and let us to punish him!he should be kill bt not in easy way!!just don't wait,Kill him Kill him be cause every humen want him to be kill!!
Thumbs Up Thumbs Down
0
tulasa thapa on 17/09/2009 10:33:41
avatar
ya biren timi lai pani bhagabanle kasari manche ko rup dinubhayako hola ? ta jasto papi lai ta tero chori sarahako khati lai ta maris bhane tero 2 chori le pani talai radle nai hanera marun hai talai marni belama pani ghiti ghti bhai kalle pani chados kukurtalai
Thumbs Up Thumbs Down
0
shrijana on 17/09/2009 07:18:44
avatar
yesto manchhelai ta public place ma tadpai tadpai phasi hunuparchha,,,tara bidambana hamro nepal ma yesto sajaya nai chhina,,ma nepal sarkarsanga apil gar6u abako sambidhanma yesta krur atyra lai phasi ko sajaya pani rakhiyos..O! God k herera baseko?????????????
Thumbs Up Thumbs Down
0
baburam on 16/09/2009 22:07:05
avatar
बीरेन तलाई भगवाने सत्यनाश गरुन । तलाई पनी मर्ने बेलामा तेरो टाउको मा तेरा छोरीहरुले फलामे छडले हानेर तेरो प्राण पखेरु एडउन ताकी ख्यातीको आत्माले सान्ति पायोस् ।
Thumbs Up Thumbs Down
1
kamal pandey on 15/09/2009 17:43:00
avatar
I think shoud be kill him that is best idia for rual
Thumbs Up Thumbs Down
0
bishnu on 15/09/2009 03:42:51
avatar
The government must be hang(kill) him not to send the jell
Thumbs Up Thumbs Down
0
kamal on 15/09/2009 03:07:39
avatar
yesko pani hat khutta katera borama halara bagmatima phalnu parcha ghati ceri ceri marnu parcha.
Thumbs Up Thumbs Down
0
HOM on 14/09/2009 00:27:43
avatar
khayti timile duniyalai naya marga prashashta garyo. timi mareki chhainau. timi hijo auta amai chhori thiyau aja timi duniyaka chhori banyau. tara biren jasta hatyaraharulai sarkarle kina chhut dinchhan? kina ? kahako sasan ho?
birenlai ta muslimle jastai allaha akhbar vandai tarwarle reti reti marnu parchha,
Thumbs Up Thumbs Down
0
samir basnet on 12/09/2009 09:11:53
avatar
k sochirako vaneko kill that bastard
Thumbs Up Thumbs Down
0
bibek manna on 11/09/2009 13:04:33
avatar
just shot him.
Thumbs Up Thumbs Down
1
mahendra kc baglung balewa on 06/09/2009 08:23:21
avatar
khyati ko hatyara biren lai 10 tukra pari ratna park ma partek biruwa ma jhundaunu parchha balla sabai lai thaha hos ki kidnap hatya kasto chij ho vanera
Thumbs Up Thumbs Down
1
Sanjeev singh on 05/09/2009 12:30:43
avatar
he should be hang in front of people.
Thumbs Up Thumbs Down
0
kris on 05/09/2009 07:53:44
avatar
Taile pani 20 wota jati amjit pisera kha kurau khattam..
Thumbs Up Thumbs Down
1
Dibas Dahal on 05/09/2009 03:22:55
avatar
pakh? ta jel bata niskiyapachhi taile jasari khyati lai peace banayara mareko this tyasari nai talai pani marnuparccha.
Thumbs Up Thumbs Down
1
rajan on 04/09/2009 00:07:08
avatar
f****** बीरेन तलाई भगवाने सत्यनाश गरुन । तलाई पनी मर्ने बेलामा तेरो टाउको मा तेरा छोरीहरुले फलामे छडले हानेर तेरो प्राण पखेरु एडउन ताकी ख्यातीको आत्माले सान्ति पायोस् ।

भगवान ले तेरो सर्बनास गरुन ।
7
Thumbs Up Thumbs Down
1
kanta giri on 02/09/2009 08:45:08
avatar
thukka biren ta papi hos.ta sadhai hell ma basnu paros. sorry khyati we heartly condolence on your untimely and cruel demise.
Thumbs Up Thumbs Down
2
savage on 01/09/2009 13:50:28
avatar
Ooo man this is unimaginable work the guy has done he must be kept alive for 2 yrs and till that day his every part of the body should be tortured
First he should be burnt but not till death then one by one day his body parts should be ripped off through his body and must be hanged inftront of him so that he can cry for his death but can't die.

I want to express my heartfelt condeoence to the bereved family for losing her lovable member. RIP in heaven khawati.
May ur soul get peace
Thumbs Up Thumbs Down
2
suraj on 01/09/2009 13:48:05
avatar
he needed to bee hanged until death in Tudikhel.
Thumbs Up Thumbs Down
1
1 2 3 4 next total: 348 | displaying: 1 - 100

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
3.23
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?