कट्टु चोर पक्राउ
जर्मन प्रहरीले कट्टु र स्विमिङ कस्टम चोरलाई पक्राउ गरेको छ । थप तीनजोर कट्टु चोर्न खोज्दा प्रहरीले चोरलाई पक्राउ गरेको हो । चोरले यसअघि एक हजार कट्टु र एक सय स्विमिङ कस्टम चोरेको थियो ।
गेलहाउसन गाउँको स्पोर्टस् हलबाट सो चोर तीनजोर कट्टु चोर्न खोज्दै थियो । प्रहरीले ४६ वर्षे कट्टु चोरलाई पक्राउ गर्यो । चोरका घरमा खानतलासी गर्दा प्रहरीले एक हजार कट्टु र एक सय स्विमिङ कस्टम फेला पारेको हो । 'सबै कट्टु प्रयोग भएजस्ता देखिन्थे । तर, ती सबै राम्रोसँग धोएर दराजमा राखिएका अवस्थामा थिए,' प्रहरी प्रवक्ता भन्छन् । यति धेरै संख्यामा कट्टु कहाँबाट आए भन्नेसम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । कट्टुचोर भने आफूले इन्टरनेटमार्फत कट्टु किनेको दाबी गरिरहेको छ । चवालीस लाखको चिठ्ठा जित्ने जेलमा एक क्यानेडियन नागरिकले सोमबार ४४ लाख ४० हजार डलरको चिठ्ठा जिते । यति धेरै रकमको चिठ्ठा जितेको खुसी मनाउनै पाएनन् उनले । किनभने, उनी जेल परेका छन् । टोरन्टोबाहिरको सहर ब्रामटनमा बस्ने बेरी सेललाई प्रहरीले चिठ्ठाको रकम गोजीमा हाल्नेबित्तिकै पक्राउ गरेको थियो । कारण, उनी अदालतमा अनुपस्थित थिए । २००३ मा उनीविरुद्ध चोरी तथा गैरकानुनी वस्तु राखेको आरोपमा मुद्दा दायर भएको थियो । चिठ्ठा जितेपछि ४४ लाख ४० हजारको चेक लिएको तस्बिर खिचाउँदै थिए, उनी । ठीक त्यहीबेला प्रहरी आए र हथकडी लगाएर उनलाई थानामा पुर्याए । श्रीमान्को अस्तुबाट पेन्टिङ बेलायतकी एक महिलाले आफ्ना श्रीमान्को अस्तुबाट पेन्टिङ गरेकी छिन् । श्रीमान्सँग बिताएको अन्तिम पललाई उनले चित्रमा उतारेकी हुन् । बि्रटेनको वेस्ट मिडल्यान्डसकी फिल्किन्स र उनका श्रीमान् जर्ज अन्तिमपटक २००८ को जुनमा स्पेन घुम्न गएका थिए । तर, स्पेनबाट र्फकेको दुई सातापछि नै श्रीमान् बिरामी भए । ६ साता त उनले अस्पतालमै बिताए । तर, उनको पेटको अल्सर निको भएन र गत सेप्टेम्बरमा उनको मृत्यु भयो । कलाकार भाल थोम्सनको अस्तु-पेन्टिङका सम्बन्धमा पढेपछि फिल्किन्सले पनि आफ्ना श्रीमान्को अस्तुबाट पेटिङ तयार गर्ने विचार गरिन् । 'पेन्टिङ हेरेपछि म श्रीमान्सँगै छु जस्तो लाग्छ,' उनी भन्छिन् ।



del.icio.us
Digg
Post your comment