बाह्र छोरा तेह्र नाति, बूढीको धोक्रो काँधैमाथि
६२ वर्षको बूढो र रोगी शरीरलाई दिनभरि नजोताए पूणिर्मा बस्नेतले भोकै बस्नुपर्छ । उनी बिरामी परेको दुई महिनाभन्दा बढी भइसक्यो, तर साँझदेखि बिहानसम्म होटलका जुठा भाँडा सफा गर्ने, खाना पकाउनेदेखि दाउरा बोक्नेसम्मको काम नगरी धर पाउँदिनन् उनी । शरीर अशक्त भए पनि साहुको डरले उनमा जाँगर चलाइदिन्छ । थला पर्दा एक ट्याब्लेट औषधि त परै जाओस्, सन्चो-बिसन्चो सोध्ने कोही छैन उनको । यस्तो अवस्थामा पनि हाड नघोटी दुई छाक खान पाउँदिन् उनी ।
दुई वर्षदेखि सल्यान, सल्लीबजारको राप्ती होटलमा काम गरिरहेकी छिन् पूणिर्मा । होटलमा दिनभर कडा परिश्रम गर्नुपर्छ । उनी मासिक पाँच सय तलब र साँझ-बिहानको खाना पाउँछिन् । 'शरीर गलिसक्यो, अब धेरै बाँच्दिनँ होला,' उनी भन्छिन् । घरपरिवार, सन्तान र सम्पत्ति नभएर उनीको यो अवस्था भएको होइन । आफ्नै परिवारले घरबाट निकालेपछि उनको यो अवस्था भएको हो । दुई छोरा, एक छोरी र श्रीमान्ले दुई वर्षअघि घरबाट निकाला गरेपछि दुई छाक टार्न र जीवित रहन होटलमा भाँडा माझ्दै आएकी छिन् उनी । सेताम्य कपाल फुलेकी उनका आधाभन्दा बढी दाँत झरिसकेका छन् ।
गहुँ काट्ने विषयलाई लिएर घरमा विवाद भएपछि उनलाई घर निकाला गरिएको हो । श्रीमान् गगन बस्नेतले सामान्य विवादमै दाहिने हातसमेत भाँचिदिएका थिए भने छोरा नन्द र शिवले चुल्ठोमा समाती घरबाट निकालेको उनले बताइन् । 'हात भाँची तीन दिनसम्म कोठामा थुने । अनि, कपाल समाती घरबाहिर निकालिदिए ।' घरनिकाला भएलगतै गाउँमै छिमेकीको घरमा उनले शरण लिएकी थिइन् । श्रीमान् र छोराले मार्ने धम्की दिएपछि 'गाउँमा पनि बस्न सकिनँ,' आँसु खसाल्दै उनले भनिन् । रुँदै राति नै गाउँ छोडी मितेरी नाता पर्ने मेहेलकुना, सुर्खेतस्थित दिदीको घरमा आश्रय लिइन् । एक वर्ष दिदीको घरमा बसेपछि उनी अहिले सल्लीबजारको राप्ती होटलमा बसिरहेकी छिन् । दुई वर्षअघि मर्म-२ न्युरेखोलाको घरबाट आफन्तले निकाला गरेदेखि भेट्नसम्म कोही नआएको बताउँछिन् उनी । उनी भन्छिन्, 'मलाई हेला गरी घरबाट निकाले पनि सबैको माया लाग्छ ।' परिवारले घृणा गरी घरबाट निकाले पनि उनलाई परिवारको माया भने पहिलेजत्तिकै लाग्दो रहेछ ।
घरनिकाला गर्दा श्रीमान्ले भाँचिदिएको हात अझसम्म निको भएको छैन । 'दाहिने हात चलाउन सक्दिनँ,' उनले भनिन् । छोरा र श्रीमान्ले घरनिकाला गरेपछि सहाराका लागि छोरीसँग उनले गुहार मागेकी थिइन् । तर, छिमेकी गाउँ परिकाँडामा विवाह गरिबसेकी छोरीले पनि वास्ता नगरेपछि उनी अहिले बेसहारा बनेकी छिन् । 'हातखुट्टा चलेसम्म साहुको भाँडा माझिखान्छु, हातखुट्टा चल्न छोडेपछि झुन्डेर मर्ने हो कि डुबेर मर्ने, थाहा छैन,' उनकले निराशा व्यक्त गरिन् ।



del.icio.us
Digg
desh ! duniya lai dekhauna thula thula choutara banauchan pitrpooja garchan tr aafne janam dine aama lai yo halat! pir n jarnu aama m chu ..mero ghar gorkha bakrang-7 ma parchh .
karunik real news. k garne? k bhanne?
I am very sad and i have lots of pity for Her. I promise i won't ever do such a loathing behave to my Momma. Can't we help her financially collecting money from all Nayapatrika News readers? And i really want some help from Nayapatrika for her so that like its name it will be really Naya i mean New.
tyo aama le maya garera usko family lai nasarape ni aansu le lagchha
Post your comment