अब अरूका फिल्म खेल्दिना
नायिकाका अंग प्रदर्शन गर्नलायक छन् कि छैनन्, त्यो हेरेर मात्र गर्नुपर्छ । भद्दा र घिनलाग्दा अंग किन देखाउनुपर्यो ? त्यस्ता अंग लुकाए बेस हुन्छ । राम्रा अंगचाहिँ देखाए हुन्छ ।
फिल्म-संवाद मलाई यो कुरामा विश्वास लाग्दैन । हिरो उमेरले होइन, उसको भूमिका र आकर्षणले हुने हो । हलिउडमा ६० वर्ष नाघेपछि मात्र हिरो हुन्छन् । उता ५०-६० वर्ष नाघेपछि मात्रै हिरो तरुनो देखिन थाल्छ । हामी नेपाली आफ्नै उमेरलाई 'अन्डर एस्टिमेट' गर्छौं । हिरो हुन त परिपक्वता पो चाहिन्छ । संसारका केही मान्छेलाई मात्र भगवान्ले हिरो हुने गुण दिएको हुन्छ । र, त्यही मान्छे मात्र हिरो बन्न सक्छ ।
आफ्नै श्रीमती (सुस्मिता केसी) को अभिनयको कत्तिको तारिफ गर्नुहुन्छ ? म उनको राम्रोसँग तारिफ गर्छु । 'लोग्ने भएर तारिफ गरिस्' भन्नेहरू पनि होलान् । तर म साँच्चै भन्दै छु- उनी नेपालकी नम्बर एक, उत्कृष्ट र प्रतिभाशाली नायिका हुन् । अरू नायिकाको चलचित्र एक/दुई साता वा बढीमा पचास दिन टिक्छ । तर, सुस्मिताको चलचित्र कम्तीमा पनि सय दिन त टिकेकै छ । उनी भाग्यमानी छिन् । पर्दाको र पर्दाबाहिरको भुवन केसीमा समानता र भिन्नता के-के छन् ? म पनि अरूजस्तै सामान्य मान्छे हुँ । फिल्ममा अभिनय गर्नु मेरो सोख हो । आफ्नो जीवनको केही समय खर्चेर साढे दुई घन्टा दर्शकलाई पर्दामा सपनाको संसारमा घुमाउने मात्र हो । नत्र म अरू आममान्छे जस्तै हुँ । मेरो भूमिका फिल्ममा मात्र फरक हो । नेपाली चलचित्रको अहिलेको अवस्थाबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ? यसको विकासका केही सूत्रहरू छन् तपाईंसँग ? म एउटा सन्तुष्ट नायक हुँ । असन्तुष्ट हुनेहरू पनि छन् यो क्षेत्रमा । फिल्ममा टिकिरहनेहरू सन्तुष्ट नायक हुन् । म असन्तुष्ट भएको भए अरू नै क्षेत्र रोज्थेँ । मेरो बुबा सेनामा हुनुहुन्थ्यो । सेनामा गएको भए म जर्नेल भइसक्थेँ, पुलिसमा गएको भए 'चिफ' हुन्थेँ होला । तर, चलचित्रमा म टिकेको सन्तुष्ट भएकैले हो । चलचित्रको विकास गर्न पहिले यसका निर्माताहरू सक्षम हुनुपर्छ । देशको स्थितिले चलचित्र चलेन भन्ने निर्माताहरू छन् हामीकहाँ । यसो भन्नु गलत हो । चलचित्रले धेरैलाई सपना देखाएको छ । सबैको मिहिनेत बराबर भए न चलचित्रको विकास हुने हो । विश्व सिनेमामा नेपाली सिनेमा कहाँनिर छ ? अरूसँग दाँजिनुभन्दा विश्वमै नेपालको स्थिति कस्तो छ भनेर केलाउनुपर्छ । समग्र नेपालको स्थिति जस्तो छ, फिल्मको पनि त्यस्तै छ । हाम्रा चलचित्र अन्तर्राष्ट्रियस्तरका नहुनुको एउटै कारण पुँजीको अभाव हो । राष्ट्र गरिब भएपछि फिल्म पनि त्यत्तिकै गरिब हुने नै भयो । अरूको फिल्म खेल्दा र आफ्नै निर्माणका काम गर्दाको के फरक पाउनुभो ? म एक/दुईवटा राम्रा ब्यानरमा मात्र सन्तुष्ट छु । अरूका ब्यानरमा खेल्दा पूर्णसन्तुष्ट हुन सक्दिनँ । मैले अब अरूका ब्यानरमा फिल्म खेल्दिनँ भनेर घोषणा पनि गरिसकेँ । म पैसाका लागि फिल्म कहिल्यै खेल्दिनँ । यहाँ साह्रै थोरै पैसामा फिल्म खेल्नेहरू पनि छन् । म आफ्नो ब्यानरको फिल्ममा मात्र खेल्छु । फिल्म म मेरै सन्तुष्टि र दर्शकको सन्तुष्टिको लागि बनाउँछु । म त फिल्मको संख्या होइन, गुणस्तरमा ध्यान दिन्छु । चलचित्रको सफलताको मापन कुन आधारमा गर्ने ? चलचित्रको सफलताको मापन दर्शकले गर्ने हो । स्कुल, कलेजमा पढ्दा सरहरूले नम्बर दिएजस्तै दर्शकले पनि हामीलाई हाम्रो भूमिका र प्रस्तुति हेरेर नम्बर दिन्छन् । त्यही हो हाम्रो गुणस्तरीयताको मापन । जति दर्शकले फिल्म हेर्यो, चलचित्रले जति धेरैको मन जित्यो, त्यही हो गुणस्तरीयता । जब गुणस्तर हुन्छ, तब न चल्छ चलचित्र । सबैभन्दा राम्रा र नराम्रा नेपाली फिल्मको नाम लिनुस् न ? नेपाली राम्रा सिनेमा धेरै छैनन् । केही राम्रा चलचित्रहरू कुसुमेरुमाल, कन्यादान, चिनो, तिलहरी, दक्षिणा, लाहुरे, करोडपति, तँ त साह्रै बिगि्रस् नि बद्री, दर्पणछाया, कान्छी, देउता हुन् । अरू केही राम्रा चलचित्रको नाम छुटे होलान् । बाँकी सबै चलचित्र नराम्रा हुन् । नराम्रा त थुप्रै छन् । तपाइंलाई मन पर्ने हिरो/हिरोइन ? मलाई सबैभन्दा मन पर्ने हिरो म आफैं हो । त्यसपछि हरिवंश आचार्य मन पर्छ । हिरोइनमा राम्रो अभिनय गर्ने गौरी मल्ल हुन् । झरना बज्राचार्य सेक्सी देखिन्छिन् र करिश्मा मानन्धर साह्रै राम्री । तर, यी तीनै गुण एउटै नायिकामा छैन । तपाइंको 'म तिमीविना मरिहाल्छु' मा सेनालाई हेपियो भन्छन् नि ? हैन, हामीले नेपाली सेनाको गौरव र पौरख पो देखाएका हौँ । अन्तर्राष्ट्रियजगत्मा चलचित्रले देखाएको उत्साह र क्षमता प्रशंसायोग्य छ । सेनाको गरिमायम योगदानको कदर गरिएको पो हो त । चलचित्र हिट हुन नायिकाको अंगप्रदर्शन कत्तिको जरुरी छ ? चलचित्रमा अंगप्रदर्शन गर्दा हुन्छ, फरक पर्दैन । तर, सीमित दायरामा अंगप्रदर्शन गर्नुपर्छ । नायिकाका अंगप्रदर्शन गर्नलायक छन् कि छैनन्, त्यो हेरेर मात्र गर्नुपर्छ । भद्दा र घिनलाग्दा अंग किन देखाउनुपर्यो ? त्यस्ता अंग लुकाए बेस हुन्छ । राम्रा अंगचाहिँ देखाए हुन्छ । विदेशी विषय र प्रस्तुति चोरेर बनाइएका चलचित्रले नेपाली मौलिकतालाई कहाँ पुर्याउला ? त्यस्तो भन्न मिल्दैन । संसारभरिका चलचित्रका विषयवस्तु फरक-फरक हुन्छन् भन्ने हुँदैन । नत्र प्रेमचलचित्रहरू रोमियो-जुलिएट, महाभारत, सीतारामकै कथा हुन्छन् । त्यही प|mेममा चलचित्र बन्ने हो । एकअर्कासँग मिल्दोजुल्दो मात्र हो चलचित्रका कथा । चोरेको भन्न मिल्दैन ।
समाज परिवर्तन गर्ने हिरोचाहिँ वास्तविक हो कि पर्दाको ? पर्दाको हिरोको आफ्नै संसार छ । समाज परिवर्तन गर्ने हिरो पनि वास्तविक हिरो हो । ती दुवै वास्तविक हिरो हुन् । तर, समाज परिवर्तनको नाममा भाषण मात्र गर्नेचाहिँ हिरो होइनन् । तपाईं हिट हिरो कि फ्लप ? मैले आफूलाई कस्तो छु भन्ने होइन । त्यो मूल्यांकन त दर्शकले गर्ने हो । तर, नेपाली फिल्मको मार्गदर्शन गर्ने हिरो मै हँु । तेन्जिङ शेर्पाले हिमाल चढेर झन्डा गाडे र अरूले पनि पछि चढे । बाटो देखाएको तेन्जङले हो । यसैगरी नेपाली फिल्ममा पनि झन्डा गाड्ने मै हुँ । के फिल्म नखेल्नेबित्तिकै फ्लप हिरो हुन्छ र ? म आफूलाई फ्लप हिरो मान्दिनँ । तपाईंले जस्तो फिल्म बनाए पनि चल्छ भनिन्छ नि ? मेरा फिल्म अरूभन्दा निकै फरक हुन्छन् । गुणस्तर पनि हुन्छ, त्यसैले चलेका हुन् । नेपाली धेरै फिल्मको राम्रो गुणस्तर छैन र 'नेपालका फिल्म राम्रा हुँदैनन्' भनिएको हो । तपाईं निकै केटी घुमाउने हिरो हो ? अझै पनि पट्याउनुहुन्छ युवतीहरू ? मसँग युवती पट्टिन्छन् भन्ने छैन । फिल्मको नायक भएका कारण मेरा धेरै फ्यानहरू छन् । फिल्म चल्न धेरै फ्यानहरू चाहिन्छ नै । मेरा फ्यान केटा र केटी दुवै छन् । केटी बढी फ्यान हुन सक्छन्, मलाई के लाग्छ भने केटाभन्दा केटी नै बढी मेरा फ्यान छन् । केटी पट्टिएका होइनन् ।
जुँगा किन पालेको नि ? म फिल्ममा नायक भएर आउँदाको सुरुमै मैले जुँगा पालेर आएँ र त्यही जुँगा धेरै दर्शकले मन पराए । एकपटक दर्शकले मन पराएको कुरा कसरी छाड्नु ? मेरो जुँगा मेरो परिचय बन्यो । तपाईं 'स्क्यान्डल' गर्नुहुन्छ भनिन्छ नि ? मैले फिल्म खेल्नेबित्तिकै 'स्क्यान्डल' हुन्छ, 'स्क्यान्डल' बनाएको होइन । मिडियामा पत्रकारलाई अन्तर्वार्ता दिएपछि बंग्याएर छाप्छन् र त्यसपछि 'स्क्यान्डल' हुन्छ । मैले जानेर कहिल्यै 'स्क्यान्डल' गरेको छैन । हिरोइनसँगको तपाईंको निकटतालाई सेक्ससँग दाँजिन्छ नि ? त्यो मान्छेको आफ्नो-आफ्नो दृष्टिकोण हो । म निर्दोष छु । अरूको हेराइलाई मैले टीकाटिप्पणी गर्नु राम्रो हुँदैन । प्रस्तुति : दीपक सापकोटा
भुवन केसीसँग



del.icio.us
Digg
अमेरिकी भ्रमणमा रहनु भएका चलचित्र नायक भुवन के. सी.संग गरिएको खसखस
http://www.khasskhass.com/audio/upoadBKC.mp3
Do you know Mr. Nawin
Film is hero is a fake hero. No one calls Hero in Western world except in Nepal and India. People who plays in movies are actors. They are not Hero. heros are those who bring a real change in our societies. we should never confuse between film hero nad real hero.
Post your comment