नेपाली सिनेमामा अभिनय गरिँदैन, खेलिन्छ
नेपाली रजतपटका 'सदावहार’ नायक मानिने भुवन केसीका तीनदशक चलचित्रमा अभिनय र निर्माणमा बितेका छन् । सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका केसी चलचित्र क्षेत्रले राम्रै फड्को मारे पनि उल्लेख्य परिर्वतन हुन नसकेको बताउँछन् । नयाँ पत्रिकासँगको कुराकानीमा उनले नेपाली कलाको यो विधा हिन्दी सिनेको छायाँमा रहेको बताए । प्रस्तुत छ, केसीसँग वार्तालाप:
अहिले केमा व्यस्त हुनुहुन्छ ? भर्खरैसाथी म तिम्रोको सुटिङ सुरु भयो । रेकर्डिङ पनि भइरहेको छ । यो आमनेपाली चलचित्रभन्दा बिल्कुलै भिन्न छ र अन्य नेपाली चलचित्रजस्तो हिन्दीबाट प्रभावित भएका कहानी छैनन् । राष्ट्रियता र मौलिकता मिसिएको यो चलचित्रमा हिन्दी फिल्मको कुनै पनि गन्ध नेपाली दर्शकले पाउँदैनन् । के 'खेल्नु’ र 'अभिनय’ गर्नुको भिन्नतालाई हाम्रा नायकहरूले बुझेका होलान् ? धेरै सिनेमा खेल्नुको अर्थ हुन्न । थोरै खेल्नु र स्मृतिलायक बनाउन सक्नुचाहिँ अभिनय हो । आफ्नो भूमिकालाई ख्याल नगरीकन जति पनि र जस्तो पनि रोलमा स्तर नबढाईकन निरन्तर फिल्म गरिरहनुचाहिँ 'खेल्नु' हो । नेपाली सिनेमामा धेरैले अभिनय होइन खेल्ने गरेको पाइन्छ । थोरैले मात्र यो भिन्नता बुझेका छन् । नेपाली चलचित्रमा पनि अंगप्रदर्शन बढेको छ । अंगप्रदर्शनमात्रै हिरोइन 'हिट’ हुने र सिनेमा चलाउने तरिका हो ? कुनै पनि कलाकार 'हिट' हुन उसको आन्तरिक अभिनयको क्षमता जरुरी हुन्छ । अंगप्रदर्शनले क्षणिक आकर्षणमात्र दिनसक्छ । अंगप्रदर्शनले हिरोइन केही समय चलचित्रमा टिके पनि लामो समय टिक्न त अभिनय क्षमता नै चाहिन्छ । नेपाली हिरोइन किन यतिबिघ्न 'नग्न’ बनेका होलान् ? त्यो त हिरोइनको विचार हो । सकेसम्म कलाकारितामा लागेकाहरू क्षणिक समयका लागि 'नग्न' बने पनि त्यसले दूरगामी महत्त्व राख्दैन । अंगप्रदर्शनले मात्र टिक्न सकिन्न, तर 'भल्गर' देखिनुभएन । सुहाउँदो अंगप्रदर्शनलाई म नराम्रो रूपले लिन्न । तपाईंलाई के लाग्छ, चलचित्रमा नेपाली हिरोइनले कथाले मागेजति सबै दिएका हुन् ? मेरो चलचित्रमा अंगप्रदर्शनका 'भल्गर' दृश्य हुँदैनन् । अरू नायिकाले किन त्यसो गर्छन् म 'कमेन्ट' गर्दिनँ । कहिलेसम्म हो नायिकाहरूले सुन्दरताको आडमा सिनेमाको व्यापार गर्नेे ? तिनको आयु कति हुन्छ ? अभिनेता/अभिनेत्री सुन्दर हुनुपर्छ, तर नायिकालाई सुन्दरता मात्र पर्याप्त हुँदैन । सुन्दरता त 'पलाँसको फूल' मा पनि हुन्छ, तर सुगन्ध हुन्न । अभिनय क्षमता भएका नायिकाको आयु उनीहरू बाँचुन्जेल हुन्छ । राम्री र सेक्सी मात्र देखिने हिरोइनको आयु एकदेखि दुई वर्ष वा दुईदेखि चारवटा सिनेमासम्म मात्र हुन्छ । हामीकहाँ हिरोइनको भूमिका कमजोर हुनुका कारण ? हामीकहाँ प्रतिभाशाली नायिका पनि छन् । गौरी मल्ल र मिथिला शर्माको भूमिका फिल्ममा कमजोर हुँदैन । हिरोइनको भूमिका कमजोर हुनुका कारण निर्देशकको कमजोरी हो । आफ्नै काममा विश्वास नभएर निर्देशकले फिल्मैपिच्छे हिरोइन फेर्छन् । त्यसपछि न हिरोइनको काम देखिन्छ न आफ्नै काम देखिन्छ । उनीहरू हिरोइनलाई बाँदरजस्तो खेलाइरहन्छन् । कुन नेपाली हिरोइन अब्बल लाग्छ तपाईंलाई ? एउटै हिरोइनमा एक/एक उत्कृष्ट तारिकामा हुनुपर्ने सबै गुण नहुन सक्छन् । एक सफल नायिकामा सुहाउँदो शरीर, अभिनय कला र नृत्य कलाजस्ता आधारभूत गुण हुनैपर्छ । तर, ती सबै गुण भएका एउटै हिरोइन मैले देखेको छैन । अभिनयमा गौरी मल्ल, सौन्दर्यमा करिश्मा मानन्धर र कामुकतामा झरना बज्राचार्य माथि छन् । आफ्नी श्रीमती भएर भनेको होइन, सुष्मिता केसी पनि राम्रो अभिनय गर्छिन् । उनी 'भर्सटाइल एक्टर' हुन् । के रहेछ त 'मायानगरी' ? कसैकसैको पैसा कमाउने सपना हुन्छ, कसैको कुर्सी जोड्ने । मेरो सपना थियो, मलाई आफ्नै देशका जनताले चिनून् । म मेरै सपनाको बाटो हिँडे यो नगरीमा । मायानगरी सबैभन्दा राम्रो नगरी हो । जहाँ कुनै कुर्सीका लागि एक-अर्कामा छिनाझप्टी र झूटो भाषणको आश्वासन दिइन्न । पैसा कमाउन प्राणत्याग पनि गरिँदैन । सपनाको रमाइलो संसारमा सम्पूर्ण दर्शकलाई डोर्याइन्छ मात्र । मान्छेका दुःख बिसाउने राम्रो चौतारी रहेछ 'मायानगरी' । लाग्छ, नेपाली फिल्ममा सधैं उस्तै अपत्यारिला कथानक हुन्छन् । तिनबाट के पायो त समाजले ? फिल्मको कथा भनेको एकछिनका लागि सपनाको संसारमा लैजाने मात्र हो । अपत्यारिला कथा त विश्वलाई नै सपना देखाउने अंग्रेजी फिल्ममा पनि हुन्छन् । एकैछिन फिल्म हेर्दा सबैले त्यसलाई आफ्नै कथा ठान्छन् । मैले अरू निर्माताको फिल्म हेरेको छैन । नयाँ कलाकार कोही चिनेको पनि छैन । हिट चलचित्रमात्र हेर्छु । दर्शकले पनि चलचित्रका कथा पत्याउनेखाले र आफ्नै जीवनका कथा हुन् कि होइनन् त्यो थाहा पाएरमात्रै हेर्नुपर्छ । सकारात्मक सन्देश दिने, राष्ट्रियता र मौलिकता बोकेका कथाले समाजलाई सहिबाटो देखाएका पनि छन् । फिल्म हेरुन्जेलका लागि मात्र हो । आँखाको तिरिमिरी । एउटा झिलिक्कजस्तो मात्र होइन र ? त्यस्तो होइन । धेरै सन्देश हुन्छन् फिल्ममा । समाजलाई राम्रो सन्देश दिनु फिल्मको काम हो । तर, फिल्ममा आँखाको तिरिमिरी पनि हुनुपर्छ । सन्देशमात्र दिए त्यो वृत्तचित्र बन्छ । तर, हाम्रोमा बन्ने धेरै फिल्म आँखाको तिरिमिरीजस्तो मात्र हुन्छन् । नेपाली सिनेमाले समाजलाई के सपना देखायो ? केही सिनेमाले समाजलाई धेरै सपना देखाएको छ । बलिदान फिल्मले समाजको आँखा खोल्यो । भानुभक्तले भानुभक्तको जीवन नै पर्दामा देखाइदियो । मेरै करोडपति फिल्मले पनि समाजमा निकै राम्रो सपना दिएको छ । त्यस फिल्मले गरिबले पनि मिहेनत गर्दा केही दुःख भए पनि अन्त्यमा सफलता मिल्छ भन्ने सपना दिएको छ । नेपाली फिल्म कहिलेसम्म आँसुले भिजिरहने ? फिल्मबाट कहिले हट्ला यो रोनाधोना ? हामी नेपाली दाजुभाइको कर्ममै आँसु रहेछ । हामीलाई सुख कहिल्यै भएन । त्यो आँसुलाई मल्हम लगाउने काम, आँसुलाई गहबाट र्झन नदिने काम नेताको हो । हाम्रो जिउनुमै आँसु र दुःख लेखिएको हुनाले फिल्ममा पनि त्यही आँसु नै देखाइएको हो । जहिलेसम्म हाम्रो थाप्लोबाट दुःख हट्छ, त्यसबेला नेपाली फिल्मबाट रोनाधोना पनि हट्छ । फिल्ममा ८० प्रतिशत आँसु र २० प्रतिशत हाँसो हुनुले नेपाली समाजको बिम्ब देखाउँछ, हो ? त्यो बिम्ब होइन । सत्य हो । हाम्रो पोल्टामै आँसु हुनाले त्यसो भएको हो । त्यसपछि त कथामा पनि आँसु हुनु स्वाभाविकै भयो । हामीकहाँ थोरै छन् खुसी मान्छे, ती पनि धूर्त र चलाखमात्रै । सम्पूर्ण नेपाली रुवाइसँगै जन्मिन्छन् र जिन्दगीभरि रोएरै मर्छन् । जीवनमा आँसुमात्र छैन, बिजुली चम्केजसरी हाँसो पनि छ, फिल्मले किन मान्छेमात्र रुवाउँछ ? त्यति थोरै हाँसो पनि दुःखलाई एकछिनका लागि लुकाएर हाँसेका हुन् । एकछिनका लागि दुःख बिसाउन मिल्छ । आँसु नै हाम्रो परिचय हुनाले नेपाली फिल्मले पनि आँसुमात्रै देखाएर मान्छे रुवाउँछ । कतै जीवनको यथार्थ र फिल्मको कथा मिलेको पाउनुभो कि ? मैले नेपाली फिल्ममा सफल पुलिस, डाक्टर, मोटर मेकानिक, किसानलगायत धेरैको भूमिका निर्वाह गरेको छु । अहिलेसम्म फिल्ममा निर्वाह गरेको कुनै पनि भूमिका आफ्नै जीवनमा मिलेको छैन । अहिलेको नयाँ साथी म तिम्रो फिल्ममा चलचित्रकर्मीकै कथा छ । यस फिल्ममा भने आफ्नै जीवनका केही घटना मिलेका छन् । जवानीमा तपाईं धेरै फिल्म खेल्नुहुन्थ्यो, पहिले र अहिलेको गतिमा के अन्तर छ ? मान्छे बूढो हुँदै जाँदा आफ्ना सिर्जना पनि कम हुँदै जाने हो ? त्यतिबेला म अन्जान थिएँ । अहिलेजस्तो बुद्धि पलाएको भए म सयवटा फिल्मको हिरो बन्दिनथेँ सायद । अहिले सोच्दा, मैले खेलेमध्ये आठ/दसवटा फिल्म किन अभिनय गरेँ हुँला भन्ने लाग्छ । अब उत्कृष्ट फिल्ममात्र खेल्छु । कोही पनि मान्छे सधैँ जवान रहँदैन । सबै एक दिन बूढो हुन्छन् । तर, प्रतिभा कहिल्यै बूढो हुँदैन । प्रतिभा त कसी लगाएको सुनजस्तो हुन्छ । आफ्नो प्रतिभा पैसाका लागि जस्तो पायो त्यस्तै फिल्ममा देखाउँदिन । नायक हुने उमेर कति हो ? कहिलेसम्म बन्ने ? राम्रो अभिनय गर्ने मान्छे जिन्दगीभरिको नायक हो । उसको उमेर हुँदैन । दर्शकले रुचाएसम्म ऊ सधैँ नायक बनिरहन सक्छ । तपाईंहरू मनोरञ्जनको खेती गर्नुहुन्छ । मान्छेलाई बाँच्ने चिन्ता छ, खानेकुराको चिन्ता छ, यो काठमाडौं के-के को राजधानी हो ? काठमाडौं धुलो, मैलो, फोहोर र ट्राफिक जामको राजधानी हो । यो गरिबी, दुःख, बेरोजगार र अनेक सपनाको पनि राजधानी हो । मान्छेलाई बचाउने हाम्रो चिन्ता होइन । हामीले त फिल्ममा मान्छेको दुःखमात्र देखाइदिने हो । फिल्ममा देखाइएको सपनाले समाज राम्रो होस् भन्नेमात्र हाम्रो चाहना हो । काठमाडौं र अरू सहरमा पैसा र हिरोको महत्त्वमा के फरक होला ? गरिब मान्छे हुम्ला, जुम्लामा भन्दा काठमाडौंमै बढी छन् । अरू सहरमा आफ्नै पसिनाले पैसा कमाउने धेरै छन् । यहाँ आफ्नै मिहेनतले पैसा कमाउने औँलामा गन्न सकिन्छ । काठमाडौंमा धूर्त धेरै छन्, बाहिर इमानदार । जो हिरो ट्यालेन्ट छ, ऊ काठमाडौंबाहिर होस् कि यहाँ, जनताको मनमै बसेको हुन्छ । काठमाडौंका घरबाट आकाश देख्न पनि मुस्किल छ । भीड र ट्राफिक जामले काठमाडौंलाई निलेको छ । लामो ट्राफिक जाम बोकेको काठमाडौं देख्दा कस्तो लाग्छ ? कुर्सीमा बस्नेका लागि कहिल्यै ट्राफिक जाम हुँदैन । उनीहरूका लागि अघिपछि स्कर्टिङ हुन्छ । यो जाम देख्दा साह्रै दिक्क लाग्छ । काठमाडौं छोडेर कतै टाढा जाउँजस्तो लाग्छ । spkt.deepak@gmail.com



del.icio.us
Digg
yo manchhe hero kasari banyo?? dhanyavad deu na TULSI Ghimire lai jasle aafno blockbuster film ma ta jasto baiguni lai liyo,, tehi bhayera ta sanga aaja samjhine layak kehi film chha, natra ta **** lai kasle po ganthyo ra,,, TARA jaba aafule kamayera film banaune sakne bhayo tyo bela khai timile TULSI Ghimire samjheko?? third class Director harulai linako satta aafule produce gareko film TULSI Ghimire lai liyeko bhaye ta aajako bhanda dherai mathi hunthis,,
hami aafai Nepal banauna sakchhau bhanne kisim ko bichar ko bikash gara... tyastai film banau ra janata lai jagau.... ki kaso bhuwan dai ......
hollywood ma pani role play garne pani bhaninchha..acting garne kum bhaninchha jabaki uniharu kalakarita ma abbal chhan..abhinaya gare pani khelepani mehenat ra lagaab ka sath gare ramro hune ho.natra khelne word rakhdaima tyasto hune bhaneko ta desh ma bikash chahi nagarne jhanda paribartan garne bhanne jasto kura bhayo..
Post your comment