Newsletter
Email:
Home | सप्तरंग | छोराछोरीसँग खुला यौन छलफल गर्नुस् !

छोराछोरीसँग खुला यौन छलफल गर्नुस् !

Font size: Decrease font Enlarge font
image

यौनका विषयमा कुरा गर्न सजिलो छैन । यस विषयमा खुला रूपमा कुरा गर्न सबै लजाउँछन्, डराउँछन् । आमाबाबु पनि छोराछोरीसँग यौनका विषयमा छलफल सुरु गर्न धक मान्छन् । सन्तान पनि बाबुआमाबाट यौनबारेमा बोलिएको सुन्न चाहँदैनन् । त्यसैले महत्त्वपूर्ण भए पनि यो विषय कहिल्यै परिवारमा छलफलको विषय बन्दैन । त्यसैले किशोरकिशोरी असुरक्ष्ाित यौनसम्पर्कबाट हुने एचआइभी एड्स र विभिन्न यौन रोगका सिकार भइरहेका छन् । अहिले विश्वमा 'टिनएज प्रेग्नेन्सी' -किशोरी गर्भधारण) विकराल समस्याका रूपमा देखापरेको छ ।
एक अनुसन्धानका अनुसार अमेरिकामा अभिभावकले आफ्ना सन्तानलाई सुरक्षित यौनसम्पर्क, गर्भनिरोधक, एचआइभी तथा विभिन्न सरुवा यौनरोगका बारेमा भन्नुअघि नै ४० प्रतिशत किशोरकिशोरीले यौनसम्पर्क गरिसक्छन् । यो तथ्यांक अत्यन्त चिन्ताजनक भएको विज्ञहरू बताउँछन् । सन्तानसँग सुरक्ष्ाित यौनका बारेमा छलफल गर्ने अभिभावकका किशोरकिशोरीले सुरक्षित यौनसम्पर्क गर्ने र यौनसम्बन्ध राख्न केही ढिलाइ गर्ने गरेको पनि अनुसन्धानले देखाएको छ ।  
'अनुसन्धानले पत्ता लगाएको तथ्य कुनै अनौठो छैन,' डा. मार्क स्युस्टर भन्छन् । उनी बोस्टनस्थित बालअस्पतालको जनरल पेडियाटि्रस्ट विभागका प्रमुख हुन् । यो अनुसन्धान पेडियाटि्रस्ट जनरलमा प्रकाशित छ । अनुसन्धानले अभिभावकलाई आफ्ना छोराछोरीसँग यौनका बारेमा छिटोभन्दा छिटो छलफल गर्न घच्घचाउने विश्वास मार्कले लिएका छन् । 
अनुसन्धान टोलीले एक सय ४१ परिवारको अध्ययन गरेको थियो । अभिभावक र उनीहरूका १३ वर्षदेखि १७ वर्ष उमेरका छोराछोरीले यौन र यौनिकतासँग सम्बन्धित २४ विषयका प्र्रश्नको उत्तर दिएका थिए । अध्ययनमा कसरी महिला गर्भवती हुन्छन्, किशोरावस्थामा हुने शारीरिक परिवर्तनदेखि लिएर कन्डम तथा गर्भनिरोधकका विभिन्न साधन कसरी प्रयोग गर्ने र समलैंगिकता के हो भन्ने विषयमा पनि प्रश्न गरिएको थियो ।
अनुसन्धानकर्ताले अभिभावक र किशोरकिशोरीले पहिलोपटक यौनको विषयमा छलफलका गरेको बारेमा दुवैलाई छुट्टाछुट्टै प्रश्न गरेका थिए । त्यसपछि किशोरकिशोरीको विभिन्न यौनव्यवहारका बारेमा जानकारी लिइएको थियो ।  विशेषगरी हात समात्ने वा चुम्बन, हस्तमैथुन वा ओरलसेक्स र यौनसम्पर्कका बारेमा किशोरकिशोरीसँग प्रश्न सोधिएको थियो ।
किशोरकिशोरीका परिवारको पनि चारपटक सर्वे गरिएको थियो । अध्ययनको सुरुमा, त्यसपछि तीन, ६ र १२ महिनामा सर्वे गरिएको थियो । आफ्ना किशोरकिशोरी सन्तानले ओरलसेक्स वा हस्तमैथुनमा क्रियाशील भइसक्दा पनि आधाभन्दा बढी अभिभावकले यौनबारेमा सन्तानसँग कुरा नगरेको बताएका छन् । ४८ प्रतिशत किशोरीले गर्भनिरोधकको प्रभावकारिता बारेमा अभिभावकसँग कुरा नगरेको बताए । कसैले यौनसम्पर्कका लागि राखेको प्रस्ताव अस्वीकार गर्ने बारेमा अभिभावकसँग कुरा नगरेको ४० प्रतिशत किशोरीले बताएका छन् ।
अनुसन्धानका अनुसार ७० प्रतिशत किशोरले कसरी कन्डम वा गर्भनिरोधक पद्धति प्रयोग गर्ने बारेमा अभिभावकसँग छलफल गरेका छैनन् । तर, ५० प्रतिशत अभिभावकले आफ्ना किशोर छोरासँग कन्डम प्रयोग गर्ने वा गर्भनिरोधक बारेमा छलफल गरेको बताएका छन् । अभिभावक र किशोरकिशोरीको जवाफमा देखिएको यस भिन्नताले अभिभावक र किशोरकिशोरीले यौन विषयमा गर्ने छलफलमा समस्या भएको स्पष्ट देखाउँछ ।
'धेरै अभिभावकलाई लाग्छ- उनीहरूले छोराछोरीसँग यौनका बारेमा कुरा गरेको ठान्छन् । तर, छोरीछोरीले यसबारे केही बुझ्दैनन्,' न्युयोर्कको मोर्गन स्ट्यान्ली चिल्डे्रन्स हस्पिटलका डा. केरेन सोरेन भन्छिन्, 'यौनका कुरा गर्दा अप्ठ्यारो महसुस गर्ने भएकाले अधिकांशजस्तो अभिभावक अस्पष्ट तरिकाले छोराछोरीसँग यसबारेमा कुरा गर्छन् । तर, छोराछोरीले भने अभिभावकले यौनका बारेमा भनेको
केही बुझ्दैनन् ।'
छोराछोरीसँग यौनका बारेमा कुरा गर्न अप्ठ्यारो हुने सोरेन स्विकार्छिन् । उनका तीन किशोरकिशोरी सन्तान छन् । 'यौनका बारेमा कुरा गर्दा छोराछोरीले तपाईंलाई मूर्ख कुरा गरेको ठान्छन्,' आफ्नो अनुभव सुनाउँदै उनी भन्छिन्, 'तर, छोरछोरीसँग यौनका बारेमा कुरा गर्नु अत्यन्त जरुरी र महत्त्वपूर्ण छ । यसले आफ्ना सन्तानलाई यौनका बारेमा जागरुक बनाउँछ । उनीहरूले यौनजन्य रोगबाट सुरक्षित हुन्छन् । किशोरावस्थामै गर्भवती हुने जोखिम घट्छ ।'
यस अनुसन्धानले अभिभावकलाई आफ्ना छोराछोरीसँग यौनका बारेमा छिट्टै छलफल गर्नुपर्ने सल्लाह दिएको छ । अभिभावकले एकैपटकमा सबै कुरा भन्नुपर्छ भन्ने होइन । अभिभावकले एकपटकमा सबै कुरा भन्नुभन्दा बिस्तारै-बिस्तारै यौनका बारेमा भन्नुपर्ने सल्लाह अनुसन्धानकर्ताको छ । आमाबाबुले छोराछोरीको उमेरअनुसार सानैदेखि यौनका विषयमा छलफल गर्नुपर्ने विज्ञ बताउँछन् । बच्चाको
उमेर बढ्दै जाँदा यस विषयलाई थप गहन बनाउनुपर्ने उनीहरूको तर्क छ । 
'१२ वर्षको बच्चाले यौनलाई हेर्ने दृष्टिकोण १५ वा १८ वर्षका किशोरकिशोरीको भन्दा अत्यन्त भिन्न हुन्छ,' सोरेन भन्छिन्,  '१० देखि १३ वर्षका बच्चालाई यौन विषय घीनलाग्दो लाग्छ । त्यसैले उनीहरूलाई गर्भनिरोधकका विभिन्न तरिकाका बारेमा सम्झाउनुको कुनै अर्थ हुँदैन ।' त्यसैले उमेर र बच्चाको जिज्ञासाअनुसार यौनका बारेमा छलफल गर्दै जानुपर्छ ।
यौन विषयमा छोराछोरीसँग छलफल गर्न मिल्ने अवस्थाको सधैँ सदुपयोग गर्न पनि विज्ञ सल्लाह दिन्छन् । जस्तै, टेलिभिजनमा यौनका कार्यक्रम हेर्दा, स्कुलमा यौन शिक्षाका बारेमा पढाउँदा वा चिकित्सकको जाँदाको अवसरलाई प्रयोग गरेर यौनका बारेमा छोराछोरीलाई भन्नुपर्ने डा.मार्क बताउँछन् ।
'छोराछोरीसँग यौनका बारेमा छलफल सुरु गर्न अप्ठ्यारो लाग्ने पहिलो चरण पार गरेपछि यसबारे छलफल गर्न सजिलो हुन्छ,' मार्क भन्छन्, 'त्यसैले यस सम्बन्धमा कुरा सुरु गर्ने प्रत्येक मौका प्रयोग गर्नुस् । सुरुसुरुमा हुने असहजपन बिस्तारै हटाउँदै जानुस् । आफ्ना सन्तानको उज्ज्वल भविष्यका लागि यौन शिक्षा अत्यन्त महत्त्वपूर्ण छ ।'
-एजेन्सीको सहयोगमा

Subscribe to comments feed Comments (7 posted):

Ranjan on 09/12/2009 17:25:38
avatar
ani practical pani garer dekhaune ta aphno bacha harulai? I know that it is important but at the same time we need to be careful otherwise it will be like Namrata's condition. Khub condom ko advertise gareko thiyo ni
Thumbs Up Thumbs Down
-1
Sharma TP on 09/12/2009 08:45:12
avatar
Dear Editor
This is very good and useful information for all teenagers and their parents as well. How can it be transferred to all the teenagers who doesnt have internet and newspaper access. Do you have any plan in the future ?
Thanks
Thumbs Up Thumbs Down
1
s kumar shasi on 09/12/2009 08:39:06
avatar
it's not to bad milayera sikauda ramro nai hune chha for future knowladgement ko lagi .
Thumbs Up Thumbs Down
0
bhim bohara on 09/12/2009 07:08:27
avatar
yona sambandha rok vaner rokine chij hoina. kinaki yo manab jibanko ati aabasyek ho,yona samparka bare gharma jasari aru sar-sallaha ka kurakani hun6na tyesari nai yeslai pani bistrita rupma ghar pariwarma chhalfal huna aabasyek 6.
Thumbs Up Thumbs Down
0
krishna shrestha on 09/12/2009 05:40:40
avatar
ADARNIYA SAMPADAK JYU
NAMASKAR,MA TAPAI KO NAYA PATRIKA KO DAINIK PATHAK HU KINA KUNAI ATI RAMRO LEKH HARU LAI HERNA SAKIDAINA JUN MAHATWA KA SATH RAKHIYEKO HUN6 K ENET MA MUKHYA SAMACHAR HARU DEKHAAUNE GARI DAINA RA?JAWAF KO PRATIKSHA MA DHANYABAD
Thumbs Up Thumbs Down
0
chintu shrestha on 09/12/2009 02:43:30
avatar
In the context of Nepal it is not easy to educate children about sex because we are guided by the Hindu Religion and according to our religion, sex is taken as a taboo.
But initiation should should be made prior to get any devastating problem with our children so clear criteria should be formed when, how and from whom to disseminate sex education to our children.Any misunderstanding may lead to pshychological problem to our children. Before educating them parents need to be clear to what extent education should be provided.
Thumbs Up Thumbs Down
0
manu on 08/12/2009 18:20:45
avatar
youn samparka jasari pani teenage awastha ma abhibhawak sang luki chhipi sex gar6an,tesaile rokera rokinna.chhora chhori lai safely period (surachhit kal )ko special jankari dinu ka sathai condom ko pani khule aam le kura ko sujhab dida jhan ramro hunthyo ki??????
Thumbs Up Thumbs Down
0
total: 7 | displaying: 1 - 7

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?