Newsletter
Email:
Home | खेलकुद | हक्की टोलीलाई सम्झाउँदै शाहरुख

हक्की टोलीलाई सम्झाउँदै शाहरुख

Font size: Decrease font Enlarge font
image

नयाँदिल्ली/ बलिउडका स्टार नायक शाहरुख खानले भारतीय राष्ट्रिय पुरुष हक्की टोलीलाई संघसँग वार्ता गर्न आग्रह गरेका छन् । भारतीय हक्की संघद्वारा खेलाडीको तलबमा अनियमिता भएको आरोप लगाउँदै खेलाडी
त्यसको विरोधमा उत्रेका हुन् । नायक शाहरुखले दुवै पक्षबीच सल्लाह गरी समाधान निकाल्नसमेत सुझाब दिएका छन् ।
सन् २००७ को ब्ल्कवस्टर फिलिम चक डे इन्डियामा शाहरुखलेे मुख्य प्रशिक्षक कवीर खानकोे भूमिका निर्वाह गरेका थिए । फिल्म क्षेत्रमा आउनुअघि आफू पनि हक्की खेलाडी भएको उनले खुलासासमेत गरेका छन् ।
'बलिउडमा भविष्य बनाउनुअघि म हक्की खेलाडी थिएँ,' उनले भने, 'त्यसमा भविष्य नदेखेर फिल्मी क्षेत्र रोजेँ ।' सोही फिल्मबाट प्रेरित भएर राष्ट्रिय पुरुष हक्की टोलीलाई धैर्य अपनाउन शाहरुखले अनुरोध गरेका छन् । संघ र खेलाडीबीचको द्वन्द्वले कसैलाई फाइदा नपुग्ने उनको भनाइ छ । 'भारतीय हक्की टोलीप्रति दुखित छु,' शाहरुखले भने, 'राष्ट्रका लागि खेल्ने खेलाडीको यस्तो हालत देख्दा भित्री मन रोयो ।'
विवादका कारण हक्की टोलीले आसन्न विश्वकप हक्की प्रतियोगिताको अभ्याससमेत गरेको छैन । पुनामा प्रशिक्षण लिइरहेको हक्की टोलीले तलबको कारण देखाउँदै प्रशिक्षण बहिष्कार गरेको हो । 'हामीले क्याम्प बहिष्कार गरेका हौँ,' राष्ट्रिय टोलीका कप्तान राजपाल सिंहले भने, 'पहिला पैसा तिर्नुपर्छ, अनिमात्र क्याम्प सुरु हुन्छ ।'

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?