Newsletter
Email:
Home | खेलकुद | यौनपुनस्र्थापना केन्द्रमा उडदम्पतीको भेट

यौनपुनस्र्थापना केन्द्रमा उडदम्पतीको भेट

Font size: Decrease font Enlarge font
image

ओरिल्यान्ड/ एलिन नोड्रेगि्रन यौनपुनस्र्थापना केन्द्रमा उपचार गराइरहेका आप\mना श्रीमान् टाइगर उडलाई भेट्न गएकी छिन् । आप\mनो दाम्पत्य-जीवनलाई उडसँगै निरन्तरता दिन अघिल्लो साता उनी सो केन्द्र पुगेकी एजेन्सीहरूले जनाएका छन् । परस्त्रीसँग यौनसम्पर्क राख्ने लतबाट छुटकारा पाउन नम्बर एक गल्फर उड केही सातादेखि यौनपुनस्र्थापना केन्द्रमा उपचार गराइरहेका छन् ।
उडले आफूसँग पछिल्लो महिना यौनसम्पर्क गरेको राचेलले सार्वजनिक गरेपछि उडको दाम्पत्य-जीवनमा मनमुटाव आएको थियो । श्रीमतीलाई डिभोर्स दिएपछि उडले आफूसित विवाह गर्ने वचन दिएको राचेलले दाबी गरेकी थिइन् । राचेलको यो भनाइ सार्वजनिक भएलगत्तै एलिनले श्रीमान्सँग सम्बन्धविच्छेद गर्ने चेतावनी दिएकी थिइन् ।
उडले दाम्पत्यजीवन तथा परिवारको भविष्य पुनर्विचार गर्दै आक्रोशमा आएर कुनै पनि निर्णय नगर्न श्रीमती एलिनसँग आग्रह गरेका थिए । त्यसपछि
आफ्नो बानी सुधारका लागि उड यौनपुनस्र्थापना केन्द्रमा उपचार गर्न आएका हुन् ।
सम्बन्धविच्छेद थाँती राख्दै मंगलबार एलिन सो यौनपुनस्र्थापना केन्द्रमा उडको हालचाल बुझ्न आएको पिपुल म्यागेजिन तथा राडाओन लाइनले दाबी गरेका छन् । दुवै मिडियाका अनुसार सो केन्द्रमा एलिनले पाँच दिन बिताइन् । अमेरिकाको हाटिबर्ग सहरमा रहेको यौनपुनस्र्थापना केन्द्रमा उडलाई भेट्नुअघि एलिन अमेरिकी फुटबल स्टार बे्रट फर्भेरको घरमा बसेकी थिइन् ।
आफू सानै उमेरकी हुँदा उनका बाबु-आमाले पनि सम्बन्ध-विच्छेद गरेका थिए । त्यसपछि एलिन लामो समय एक्लो भइन् । सम्बन्ध-विच्छेदले सन्तानमाथि नराम्रो असर पर्ने बताउँदै एलिनले भनिन्, 'बाबु-आमाबीच सम्बन्ध टुटेपछि सन्तानले निकै पीडा पाउँछन्, यसैले मैले पनि हाल श्रीमान्सँग सम्बन्ध-विच्छेद नगर्ने सोच बनाएकी छु ।'
उनीहरूका दुई वर्षकी छोरी साम तथा एक वर्षका छोरा चार्लिन छन् । आफूहरूबीच डिभोर्स भए आफ्ना दुई सन्तानले आफूले जस्तै पीडा सहनुपर्ने एलिनले बताइन् ।
'मेरो बाल्यावस्था जस्तै छोराछोरीले भोग्नु नपरोस्,' एलिनले थपिन् । सो केन्द्रमा पाँच दिनको बसाइपछि एलिनले आप\mनो दाम्पत्यजीवन उडसित नै हुनसक्ने आधार भएको बताएकी छिन् ।
श्रीमान्को व्यवहारमा परिवर्तन आए एलिन छिट्टै नै उडसँग बस्ने पिपुल म्यागेजिनले उल्लेख गरेको छ । 'उनी -एलिन) लाई विश्वास छ कि उड पुरानै बाटैमा र्फकनेछन्,' म्यागेजिनमा उल्लेख छ ।
यसैगरी, उड पनि परिवारप्रति उत्तरदायी हुने र आफ्नो श्रीमतीलाई पुरानै माया दिन तत्पर भएको पिपुल्स म्यागेजिनको दाबी छ । 'परिवारप्रति उत्तरदायी हुन उड सचेत भइसकेका छन्,' पिपुल्स म्यागजिनमा उल्लेख छ, 'व्यवहारमा परिवर्तन गरी परिवारमा शान्त भएर बस्ने इच्छा उडले देखाएका छन् र श्रीमती एलिनबाट पनि यसमा सहयोग पाउने उनलाई विश्वास छ ।'
यौनपुनस्र्थापना केन्द्रको योजनाअनुसार पहिलो सातामा उडलाई मानसिक रूपमा सबल बनाइनेछ । मन बलियो भएपछि थप उपचार गरिने केन्द्रले
जनाएको छ ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?