Newsletter
Email:
Home | खेलकुद | फेरि हारिन् इभानोभिक

फेरि हारिन् इभानोभिक

Font size: Decrease font Enlarge font
image

स्टानफोर्ड/ मारियोन बार्टोली, मारिया सारापोभा तथा भिक्टोरिया एजारेन्का बैंक अफ द बेस्ट क्लासिक टेनिस प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । तर, वरियताप्राप्त अर्की खेलाडी साहर पिरलाई भने बिहीबार भाग्यले साथ दिएन । चौथो वरियताकी बार्टोलीले भने संकटग्रस्त पूर्वनम्बर एक अना इभानोभिकलाई ६-३ र ६-४ ले सहजै हराइन् । पछिल्लो १३ खेलमा बार्टोली त्यो १०आँै जित पनि बन्यो 

'त्यो साह्रै रोमाञ्चक खेल थियो,बार्टोलीले भनिन्, ँमैले युएस ओपनका लागि राम्रो तयारी गर्न पाएकी छु । यस्ता जितले आत्मविश्वास बढाउँछ जीवनको चार भिडन्तमा बार्टोलीले पहिलोपटक इभानोभिकलाई हराएकी हुन् 

ँमैले योभन्दा अगाडि अनासँग खेल्दा उनी उचाइतर्फ बढ्दै थिइन्,बार्टोलीले भनिन्, ँअन्ततः मैले उनलाई हराएँ । यो जितले मेरो आत्मविश्वास बढाएको छ 

पाँचाँै वरियताप्राप्त पूर्वनम्बर एक मारिया सारापोभाले भने बेलारुसकी ओल्गा गोभोत्र्सेभालाई ६-३ र ६-३ ले तथा आठौँ वरियाताकी एजारेन्काले मेलानी ओडिनलाई ६-३ र ६-१ ले हराइन् । उता, पिरलाई भने मारिया किरिलेन्कोले ६-४ र ६-३ ले हराएकी हुन् 

ँखेलको सुरुवात सुस्त रह्यो, तर त्यसपछि मैले राम्रो खेलेँ,सारापोभाले भनिन्, ँमैले सकेसम्म मौका गुमाइनँ पिर सो प्रतियोगिताबाट बाहिरिने पहिलो वरियताप्राप्त खेलाडी बनिन् 

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?