फिलोपाउसिसलाई छाडिन् प्रेमिकाले
सिड्नी/ अस्ट्रेलियाली टेनिस खेलाडी मार्क फिलोपाउसिसको अत्यधिक खर्चालु स्वभावका कारण उनकी पूर्वप्रेमिकाले उनीसँगका सम्पूर्ण सम्बन्ध तोडेको बताएकी छिन् । झन्डै पाँच महिना फिलोपाउसिससँग बिताएकी चियरलिडर एमान्डा सालिनाजले उनको अत्यधिक खर्चालु स्वभाव, काममा ध्यान नदिने बानी तथा प्रेमलाई हलुकासँग लिने प्रवृत्तिका कारण आफू अलग भएको बताइन् । 'उनी भविष्यका बारेमा गम्भीर छैनन््,' सालिनाजले भनिन् । टेनिसीकी बासिन्दा २८ वषर्ीया सालिनाजले केहीअघि लास भेगासका समुद्री तटमा फिलोपाउसिसले नचाहिने रूपमा अति नै खर्च गरेको पनि खुलासा गरिन् । साथै ३२ वषीय फिलोपाउसिस अहिले कमजोर आर्थिक अवस्थाबाट गुजि्ररहेको तथा लुगा धुलाउने पैसासमेतको अभावमा रहने गरेको पनि उनले बताइन् । साथै, उनले फिलोपाउसिसले खेलको अभ्यासमा भन्दा फिल्म हेर्न रुचाउने गरेको पनि बताइन् ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment