खेलाडी छनोट
विराटनगर/ ढाकामा हुने एघारौँ दक्षिण एसियाली खेलकुद -साग) का लागि मोरङबाट प्रारम्भिक कराँते खेलाडी छनोट भएका छन् । मोरङ जिल्ला खेलकुद विकास समिति र मोरङ कराँते संघको संयुक्त आयोजनामा आइतबार पुरुषतर्फ ५५ केजी तौल-समूहमा प्रदीप पोखरेल, ६० केजीमा रामबहादुर लिम्बू, ६७ केजीमा अरुण राई र ७५ केजीमा सिद्दिकी ताजबब्बर छनोट भएका हुन् । त्यसैगरी महिलातर्फ ५५ केजीमा रत्नकला योङहाङ, ६१ केजीमा सरस्वती राजवंशी छनोटमा परे । पुरुष एकल कातामा मोहन श्रेष्ठ र महिला एकल कातामा डोल्मा लामा तथा पुरुष गु्रप कातामा आमोद राय, नवराज पोखरेल, प्रदीप मेहता, अमरेश राय र महिला ग्रुप कातामा मेनुका ठाकुर, सुजाता मगर र ललिता बस्नेतले छनोट चरणलाई पार गरे । खेलाडीले सप्तरीको फत्तेपुरमा २६ असोजदेखि पूर्वाञ्चलस्तरीय क्षेत्रीय छनोट प्रतियोगितामा सहभागिता जनाउने कोसी अञ्चल कराँते कमिटीका अध्यक्ष विनोद राउतले बताए ।



del.icio.us
Digg
Post your comment