Newsletter
Email:
Home | खेलकुद | अन्ना टेलिभिजनतिर

अन्ना टेलिभिजनतिर

Font size: Decrease font Enlarge font
image

न्युयोर्क/ रसियन टेनिस सुन्दरी अन्ना कुर्निकोभा मोडलिङ व्यवसाय छाडेर टेलिभिजन प्रस्तोता बन्ने भएकी छिन् । २७ वषर्ीया कामुक पूर्वटेनिस खेलाडी अन्ना भर्खरै अमेरिकाको कार्टुन नेटवर्कसँग आबद्ध भएकी छिन् ।
अघिल्लो वर्ष थुप्रै बिकनी लगाएर मोडलिङ गरेकी उनलाई सो पेसा दिक्क लागेपछि फरक पहिचान बनाउने अभियानका रूपमा टेलिभिजन प्रस्तोता बनेको उनले खुलासा गरिन् । 'अघिल्लो वर्ष मैले बिकनी लगाएर धेरै फोटोसेसन र मोडलिङ गरेकी थिएँ,' उनले भनिन्, 'त्यसबाट दिक्क लागेरै यस क्षेत्रमा आएकी हुँ ।'
अन्नाले अमेरिकी कम्पनी कार्टुन नेटवर्कको माध्यमबाट बालकदेखि युवासम्मलाई खेलकुद विषयको जानकारी दिनेछिन् । मोडलिङ व्यवसायलाई छाडेर टेलिभिजनमा काम गर्दा आप\mनो आम्दानीमा असर नपर्ने उनको भनाइ छ । 'केही समयका लागि यस क्षेत्रमा आउँदा कमाइमा फरक पर्दैन,' उनले स्पष्ट पारिन् । 
'नेटवर्कको माध्यमबाट दर्शकलाई खेलकुदको बारेमा राम्रा-राम्रा कुरा सिकाउनेछु,' उनले भनिन्, 'टेनिस खेल्दाको अनुभवलाई दर्शकसमक्ष पुर्‍याउनेछु ।' कार्टुन नेटवर्क हेरेरै समय बर्बाद पारेका दर्शकका निमित्त पनि उनले एक विशेष कार्यक्रम निर्माण गरेकी हुन् । सो कार्यक्रमबाट ती व्यक्तिले आप\mनो बानीमा सुधार ल्याउने विश्वास उनको छ । 'मेरो कार्यक्रम हेरेपछि उनीहरूको दैनिक जीवन परिवर्तन हुनेछ,' उनले थपिन् । अन्नाले आफ्नो विशेष कार्यक्रम स्वास्थ्यसम्बन्धी केन्दि्रत भएको बताइन् । 'स्वास्थ्यको बारेमा ख्यालै नगर्ने दर्शकले कार्यक्रमबाट धेरै जानकारी हासिल गर्नेछन्,' उनले भनिन् । 

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?